ूहे भगवान १० बर्ष अगाडी देखी तेरो पुजा गर्दै आएकि छु । तैले मेरो मागेको सबैथोक पुरा गरेको छस् तर एउटा कुरा म कदापी चाहन्थिन त्यो किन मलाई दिइस् म तलाई भन्दै आएकी थिए कि भगवान ! मेरो कुनै केटा संग लभ नपरोस् म आफ्नो पढाई पुरा गरुँ आफ्नो खुट्टामा उभिउँ अनि मेरो घरमा मेरो हात माग्न कोहि आओस् भनेर माग्ने गर्थे मेरो इच्छा विपरीत तैले किन गरिस् ू यी कुरा मैले भनेको होइन दुई बर्ष अगाडी आर आर क्याम्पस वी।ए। तृतीय बर्षमा अध्ययनरत एकजना दिदीले भनेकी थिइन् । चट्ट जिउडाल मिलेकी मीठो स्वभावकी उनी २०६२÷१०÷०१ गते पशुपति मन्दिरमा आफ्नो टाउको ठोक्दै भगवानलाई गाली गरीरहेकी थिइन् केहि समय उनका आस्चर्यजनक कि्रयाकलाप हेर्न सिमीत थिएं म तर उनीअति नै रुन कराउन थाले पछि मन भरि आँट बटुल्दै उनको छेउमा गएर सोधेकी थिए- ूदिदी तपाईलाई के भयो किन यसरी ………… मात्रै के भनेकी थिए उनी मलाई अंगालो मार्दै रोएकी थिइन् । अपरिचित त्यो पनि म भन्दा ठूली युवतीले एक्कासी अंगालो मार्दा अलि अप्ठयारो महसुस गरेकी थिएं । जे भएपनि वास्तविकता थाहा पाउनु जरुरी ठानेर उनलाई ब्यागबाट पानी झिकेर पानी पिउन दिएकी थिए केहिवेरपछि उनले सबै कुरा मलाई भनेकी थिइन् । मिनभवन क्याम्पस एम।वि। एस। प्रथम बर्षमा अध्ययनरत मगर जातको केटालाई मनपराउने रहिछन् उनी । आफुभन्दा माथिल्लो कक्षामा पढ्ने केटा भएको हुनाले मन पराउने कुरा भन्न नसकेकी रहिछन् । उतातिर केटाले पनि यिनलाई असाध्यै मनपराउने रहेछ तर केटी ब्राह्मण जातकी भएकाले केटाले पनि भन्न नसकेको रहेछ । विस्तार विस्तारै यि दुईको भेट बाक्लो हुन थाले पछि केटीको घरमा यो कुरा थाहा पाएका रहेछन् । आमाबाबुले घरबाट अर्कै केटा खोजेछन् र छोरीलाई हामी भन्दा निचजातको केटासंग प्रेम गरिछस् त्यसलाई छोडीदे हामीले खोजेको केटासंग विहेगर भनेर समयसमयमा दवाब दिईरहेका रहेछन् । आफुले मन पराएको केटालाई छोडेर अर्काको रोजाइको केटाप्रति जिवन समर्पण गर्नुपर्ने डरले उनी मन्दिरमा भगवानलाई गाली गर्दै रोएकी रहीछन् । २०६२ सालको यो घटना त्यहि टुङगीएको थियो । प्रेमको घटनालाई लिएर रुँदै गरेकी एकजना अपरिचीत युवतीलाई पानी दिएर सान्त पारि मन्दिरमै छोडेर म केहि दुःख गुठो पारेर घरतीर फर्केकी थिए । तर अचम्म र खुसीको कुरा के छ भने यसपाली माघ १ गते मंगलबार विहान ७ः३० बजे पशुपति मन्दिरमा पुगकी थिए म । जुन युवतीलाई दुइ बर्ष अगाडी ठीक त्यसै दिन त्यहि समयमा रुदै गरेको अवस्थामा फेला पारेकी थिएँ त्यहि युवतीलाई त्यो दिन हेर्दाखेरी जिउडाल मिलेको होनहार युवकसीत भगवानको दर्शन गरिरहेका देखे साथै काखमा सानो बच्चा पनि । साहै्र हर्षित भएँ सोधीहाले - ूतपाई परार साल यहि मन्दिरमा रुदैू ………। उनले जवाफ फर्काइहालीन् । ूहो बैनी म त्यहि केटि हो । उहाँ मेरो श्रीमान जसलाई मन पराउथे त्यहि केटा उहाँ कसरी विहे भयो मैले प्रस्न गरे उनले तुरुन्त उत्तर फर्काइन ूमेरो घरमा विहेको दबाव आउन थालेपछि मैले उहासँंग विहेको प्रस्ताव राखे उहाले मेरो प्रस्ताव सहजै स्वीकार्नु भयो । उहाँको घरमा कुरा गर् यौं मेरो घरमा नमानेपनि उहाँको घरमा मान्नुभयो र हामी दुइटैको सहमती अनुसार पोहोर साल दशैमा भागेर पोखरा गयौ त्यहाको विन्दवासीनी मन्दिरमा बिहे गर् यौू । मैले फेरी सोधे-अनि तपाईको माइती घरमा के भयो उत्तर दिइन के हुनुनी हाम्रो विहेको कुरा थाहा पाएपछि केहि महिना गाली गरे फोन गरेर आमाबाबुले मलाई हातखुट्टा काट्ने मार्ने धम्की दिए माइतमा आउनै दिएनन् तर हामी दुईटैलाई यसपालीको दशंैमा घरमा बोलाएर टिकाटालो लगाई केहि दाइजो दिएर पठाए । अहिले सबै खुसी छन् । उहाँ बैकमा काम गर्नुहुन्छ म होटलमा । उनी निकै मख्ख थिइन हुस्दै मैले भने काखमा बोकेको चैं के नी बच्चालाई चुम्वन गर्दै हाम्रो प्रेमको चीनारी गुडीया उनले भनिन् । सांच्ची गुडीयाजस्तै थिइन ति नानी । ुउपहारु नाम राखेका रहेछन् नानीको । सफल दाम्पत्य जीवनको शुभकामना िदंदै म उहाँहरुबाट छुट्टीए ।२०६२ माघ १ गते र २०६४ माघ १ गतेको एकै जनाको घटनालाई झलझली सम्झदै यो लेख लेख्न हतारो गरेकी हुँ । जात नमिले पनि मनमिलेर विहे गरेर सफल दाम्पत्य जीवन बिताईरहेका एक दाम्पतिको उदारहण हो यो । तर यस्ता कयौं घटनाहरु छन् केटाकेटीको जात नमिलेर हजारौं विहे भाँडीएका छन् । केटा र केटीको मनमिले पनि उनीहरुको विहेको अगाडी पर्खाल बनेर आएको छ जात । कतिपयजात मिले नमिले पनि प्रेम गर्नेहरु भावनामा डुबेर उत्सुकता र उत्तेजनाले भरिएको दिमागलाई कन्ट्रोल गर्न नसकेर केहिछिनको आवेगमै आएर बिहेगर्ने निर्णय गर्छन् । र घरवाट बिहे गरिदिएनन् भने भागेर विहे गर्छन । यसरी भागेर विहे गर्दा केटा र केटीले परिवारवाट भाग्नेले गालीगलखानुपर्ने हुन्छ भने कतिपय आफुले मन पराएको संग विहे नहुँदा आत्महत्या गर्दछन् । आफ्ना भविस्यका सपना एकछिनमै खरानी बनाउछन् । त्यसैगरी जात नमिलेरै विहे नगरेका कयौं पागल भएका घटना पनि हामी सुन्दै र देख्दै आएका छौं । जसको कारण आफुसंग भएको संभावना र समाजलाई गर्ने योगदान चक्नाचुर परिरहेछन् भगवानले दिएको चम्कीलो अपहार ्रजीवनु अन्धकारमा डुवाइरहेछन् । जीवन निरश बनाईरहेछन् पढाई ओरालो लागाइरहेका छन् । घरबाट खोजेका जातमिल्ने केटा÷केटीसंग विहे गर्नुर्पभन्ने आमा बाबुको दवावले छिट्टै र भागेर विहे गर्ने प्रबृत्ती बढेको पाइन्छ । साथै केटा या केटीको घरमा मा कुरा राख्दा हाम्रो रोजाईकोकेटा÷केटी संग विहे गर्नुपर्छ भन्छन। अन्तरजातीय बिहे गरेर जाँदा समाजमा वदनामका पात्र वनाउछन आफ्ना छोरा÷छोरीहरुलाई पछि फेरी तिनै आमाबुवा बुहारी भित्र्याउने र ज्वाई स्वीकार्ने काम गर्छन् ।मैले आमाबाबुलाई दोष दिएको जस्तो लाग्ला तर मैले भन्न खोजेको यति मात्र हो कि जब कुनै केटा वा केटी सही तरीकाले आफ्नो अन्य कार्य सँगसँगै प्रेमलाई पनि अगाडी बढाईरहेका छन् भने किन उनीहरुको इच्छा विपरीत चल्ने यदि उनीहरु प्रेममा गलत बाटोमा हिडीरहेका छन भने वरु सम्झाउनुहोस् । आमाबाबुले भनेको नमान्ने छोराछोरी कोही पनि हुदैनन् । उनीहरुलाई आफ्नै खुट्टामा उभीनु पर्छ भन्ने मानसीकता उत्पन्न हुने वातावरण सृजना गरीदिनुहोस् । प्रेममा उचीत ब्यवस्थापन भएन भने उनीहरुको जीवन तनावपुर्ण हुनसक्छ फलस्वरुप उनीहरु कुनै कामगर्न सक्दैनन् ।उमेर नपुग्दै विवाहको लागी दवाव दिनुभन्दा आफ्ना छोरा÷छोरीलाई यक्तित्ब निर्माण गर्न दबाव दिनुहोस् । फलानाका छोरा÷छोरीले भागेर विहे गरे बाउ-आमाले बुहारी भित्र्याएनन् अर्थात ज्वाई स्वीकारेनन् भन्ने जस्ता नकारात्मक असरपर्ने खालका समाचार सार्बजनीक हुन नदिनु नै उचित होला । साथै हामी पनि आफ्नो भबिश्यलाई ध्यानमा राखी पहिला निर्माण गरौं । समाजबाट भागेर होइन समाजसँग मिलेर विहे गर् यौ भने समाजमा सकारात्मक असर पर्ने छ । समाजले हामीलाई घृणा होइन स्वागत गर्ने छ ।
Wednesday, May 13
Subscribe to:
Post Comments (Atom)
gud
ReplyDelete