Wednesday, May 13

राष्टिय साक्षरता अभियान कार्यक्रम २०६५ ले धेरै कुरा सिकायो

माघ १ गतेदेखि शुरु भएको राष्ट्रिय साक्षरता अभियानको कापि कलम समात्न नजान्ने यहाँका अधिकांश महिलाले आफ्नो बारेमा समान्य जानकारी लेख्न सिकेका छन् । साक्षरता कक्षामा सहभागि हुनुभन्दा अगाडी हात कांपेर बल्लतल्ल नामलेख्नेहरुलाई यो अभियानले खरर्र लेख्न र करर्र पढ्न सक्ने बनाएको छ । ५९ वर्षको उमेरमा जानकी भट्ट सिद्धपुर कापिकलम बोकि साक्षरता कक्षामा पढ्न जान्छिन । बृद्ध उमेरमा आफ्नो नाम लेख्न र अंक चिनेर सानोतिनो हिसाव गर्न जानेकोमा मख्ख छिन् । साक्षरता कक्षा दिनको २ घण्टा पढाउनुपर्ने नियम भएतापनि अशिक्षित र घरायसि काममा मात्र सिमित महिलाहरुलाई सामाजिक धारमा उभ्याउन दिनको ५÷६ घण्टा पढाउन पनि तयार छन् बैतडीका स्वयमसेवक । यहाँका निरक्षरहरुले यो साक्षरता अभियानवाट धेरै कुरा सिक्ने आशा गरेका छन् । साक्षरता कक्षाहरुमा पुरुषको सहभागिता फाट्टफुट्टमात्र देखिन्छ । आर्थिक अवस्था न्युन भएका र विभिन्न कारणवस औपचारिक शिक्षावाट विाचत १५ देखि २० वर्षसम्मका अविवाहित केटि पनि साक्षरता कक्षामा सहभागि छन् । आर्थिक अवस्था कमजोर भएका कारण पहिले पढ्न नसकेकी खिन्नु ढोली १५ गिरेगडा-६ पनि नियमित कक्षामा ूबच्चावेलामा आमालाई चोरेर स्कुल गए तर उहाँले म स्कुल गएको कुरा थाहापाउनुभएपछि मलाई मरणासन्न पिटनु भयो । उनले आँखावाट बरर्र आँशु झार्दै भनिन - अहिले पनि आमा वाबासंग दिल्ली जानुभाछ मैले नै पुरै घर सम्हालेकी छु ।ू खिन्नु भविश्यमा गएर केहि न केहि गर्ने प्रतिभा देखिन्थ्यो । उनि सवैभन्दा बढि जान्ने सहभागि भएको स्वयमसेवक जयन्ति लुहारले बताइन् । त्यसैगरी स-सना २ ओटा बच्चा बोकेर कल्पना साउँद २२ भुमिराज-३ पनि साक्षरता कक्षामा ठिक समयमा पुग्छिन । ूकिहंकतै बैठकमा जाँदा उपस्थितिमा औंठाछाप लगाउनुपथ्र्यो । पहिला पहिला मलाई साह्रै अप्ठेरो लाग्यो साक्षरता कक्षामा आउनथालेपछि नाम लेख्न सिकेकी छु अहिले मैले औंठाछाप लगाउनु बन्द गरिसकेकि छु ।ू कल्पना भन्छिन । घरको काम छिट्टै भ्याएर पढ्न जान्छिन लक्ष्मि कुँवर १६ कुवाकोट- ७ एसएलसी पास गर्ने धोको बोकेर पढ्न जान्छिन । उनले कक्षा ५ मा पढ्ने विद्यार्थीको जत्तिकै सिकिसकेकी छिन । अर्को वर्ष ५ कक्षाको परीक्षा दिई पछि नियमित स्कुल जाने योजना बनाएकि छिन् । यो साक्षरता अभियानबाट १५ देखि ४० वर्षसम्मका निरक्षरहरुले धेरै कुरा सिकिसकेको स्थानिय निरक्षकहरु वताउँछन् । यद्वपी कुनै कुनै कक्षाकेन्द्रहरुमा सहभागिहरु समयमा नआइदिने त्यसैगरी गा।वि।स। सचिवहरु गा।वि।स।नआउनाले फारमहरु भर्न गाह्रो भईहरेको पनि गुनासो स्वयमसेवकहरुको छ ।

No comments:

Post a Comment