Wednesday, May 13

एड्स भन्दा पनि ख्ातरनाक रोग भैसीहरुमा

वि।सं। २०५४ सालतिर बैतडी जिल्लको नागार्जुन र गिरेगाडा गा।वि।स। मा भैसीहरुमा देखा परेको खरि खोच्या रोग अहिले लगभग ३० ओटा गा।वि।स।मा फैलीएको छ । ग्वाल्लेक गिरेगडा नागाार्जुन रोडीदेवल आम्चौर पाजेश्वर कुलाउ शर्माली महाकाली उदयदेव विसालपुर मेलौली महारुद्र सलेना दुर्गास्थान दुर्गाभवानी गुरुखोंला लगायतका थुप्रै गा।वि।स।मा यो रोगको प्रकोप छ । यो रोगबाट विशेष गरेर गर्भवति भैसीहरु बढि संक्रमित छन् । यो रोग लागीसकेपछि भैसीका खुट्टा खिइएर धुलो निस्कने दिशा गर्न छोड्ने खुट्टा बाङगो हुने घुसं र पानी खान छोड्ने आखामा कचिरा देखापर्ने दुध मिठो नहुने पशु दुब्लाउदै जाने हुने ब्याउन नसक्ने जस्ता लषन् ।१० बर्ष देखी देखा परेको यो रोग मानीसमा लाग्ने एड्स रोग जस्तै सावित भएको छ । एड्स लागेपछि मान्छे ७÷८ बर्ष त बाच्छ एड्स भन्दा पनि बढि खतरनाक यो खरी रोग भैसीहरुमा लागे पछि २ बर्ष भन्दा बढि बाच्दैन ।खरि रोगका कारण बर्षेनी ३० देखी ४० ओटा सम्म भैसीको मुत्यु हुने गरेको छ ।ूगाउँहरुमा पशुसम्वन्धी कुनै सेवा साचालन नभएकाले भैसीहरुको मुत्युमा तीब्रता आएको बताउनुहुन्छ गिरेगडा निवासी धन बहादुर चन्दू माघ महिनादेखी असारसम्म यो रोगले भैसीहरुलाई बढि आक्रमण गर्दछ । यो समयमा भैसीहरुलाई एकदमै पिडा हुन्छ । यो रोग फैलीएको १० बर्ष बितीसक्दा सम्म पनि समस्या ज्युँका त्युँ छ । नागार्जुन गा।वि।स। निवासी भागिरथ पन्त भन्नु हुन्छ ू१ बर्षमा ३ ओटा भैसी खरि रोग बाट मरिसकेका छन् २५÷२५ हजार हालेर किनेका तिनओटै भैसीको मृत्यु भएपछि १५ हजारमा अर्को भैसी त्याएको छु यसमा पनि २ महिनादेखी त्यहि रोगका लषन देखा पर्न थालेका छन ।ू औषधी पनि धेरै गरिसके औषधीले कुनै असर नगरेको उहा अगाडी थप्नुहुन्छ । त्यसैगरि सोहि गा।वि।स। का मणिराम पन्तको पीडा पनि कम्ति छैन उहाँ रुदै आफ्नो दखेसो पोख्नुहुन्छ ूभैसीको दुध र घ्यु बेचेर नुनतेल किन्थे भैसीहरुमा खरिरोग लागेपछि पैसा आउनु त टाढाको कुरा हो बदलामा छ ओटा भैसीमरेपछि ठुलो धनरासी नष्ट भएको छ भैसी किन्दा किन्दा थाकीसकेको छु अब किन्दीन ।ूसदरमुकामदेखी टाढा रहेका थी गा।वि।स।हरुमा बाटोधाटो पनि राम्रो छैन घास काट्न भिरपाखामा जानुपर्छ । जसोतसो गरी पालनपोषण गरिएका भैसीहरुमा यो रोगले आक्रमण गरेपछि किसानहरु मर्कामा परेका छन् । आर्थीक स्थिती न्यन भएका यहाँका किसानहरु भैसीलाई यो रोगले सताउदा कुनै पनि काम गर्न जागरै नलाग्ने बताउछन् ।एक बर्षसम्म हरियो घाँस र अन्नै अन्नमा बच्चाजस्तै पालन पोषण गरेर पालेको भैसी खरी रोगले ग्रसीत हुदा ब्याउन नसकेर मरे पछि बदुरकोट निवासी सेतु देवी चन्द रुदै भन्नुहुन्छ ूयो भैसी २५ हजारमा ल्याएकी थिए केहि खान नपाई भैसीको मृत्यु भयो यसको मृत्युले मलाई स्तम्ध पारेको छ ।ू हुन पनि हो जसरी शिषकले बर्षभरि आफ्नो विद्यार्थीहरुलाई पढाएको हुन्छ यदि अन्तीम परिषामा फेलभए भने बर्षभरीको मेहनत खेर गएको शि गर्छन त्यसैगरि आम्दानीको अन्य कुनै स्रोत नभएका ग्रामीण समुदायका किसानहरुको निम्ती भैसीहरुमा हालेको लगानी डुब्नु पनि भाग्य नै खोसीए सरह हुन्छ ।यो रोगले भैसी नै निर्मुल हुने सम्भावन निम्त्याएको बताउनुहुन्छ पाचेस्वर गावीसका यज्ञराज भट्ट । यहाँका गाउँहरुमा स्वास्थ्यचौकी मात्र छन् । जहाँ स्वास्थ्यकर्मी मनपरीले स्वास्थ्यचौकी आउछन् भने पशुसेवाका लागी कदम चाल्नु टाढाको कुरा हो । यो रोग फैलीएको १० बर्ष वितिसक्दा पनि सम्वन्धित निकायले वेवास्था गरेको छ । बसे्रनी एक डेढलाखको पुँजी खेर गईरईरहेको छ ।यि किसानहरुको पिडामाथी कसैको ध्यान गएको छैन । आजै देखी यो रोग प्रति सम्वन्धित निकायले खोजगरि लागे भने पिडीत किसानहरुमा गुमेको खुसी फर्कन सक्छ लाखौको धनरासी बचत हुनसक्छ मेरो यो लेखमाथी पशुस्वास्थ्यसेवा विभागको आँखा परोस् ।गीता चन्दगिरेगडा-७ बदुरकोट बैतडी

No comments:

Post a Comment