Saturday, May 16

अिहंसाबादी बनौं

कान्तिपर दैनिकमा प्रकाशित अिहंसाबादी बनौं बैतडी जिल्लाको तल्लो स्वराड अर्थात ककाडी भन्ने गाउँमा उदयदेव मन्दिर अवस्थित छ । सातवटा राठहरुको सा´ा यो मन्दिर विशेष गरी ठकुरी र महताहरुको कुल देवता हो ।
असोज र चैत्रको दशैंमा यो मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । उदयदेव कुलदेवता भएका मानिसहरु बैतडीको विभिन्न कुना र काप्चामा बसोवास गर्दछन् साथै भारतको ´ुलाघाट पिथौरागढमा पनि यो कुल देवता भएका मानिसहरुको वसोवास छ ।
जो जहाँ बसे पनि पर्वका बेला भाकल गरिराखेका रांगा र श्वसीको बली दिन भक्तालुहरु यो मन्दिरमा आइपुग्छन् । केही वर्षदेखि माओवादीले यो मन्दिरमा बलि गर्न रोक लगाएका थिए जसको कारण यो मन्दिरमा पुजापाठ पनि बन्द भएको थियो । तर ३ वर्षको अन्तरालपछि २०६३ चैत्रदेखि यो मन्दिरमा पुनः पुजापाठ शुरु भएको छ । यसपालि देशमा शान्ति छाएकोले परदेशिएका सबै दशैं मनाउन घर आएका छन् ।
देशमा छाएको शान्तिसँगै मैले पनि आफ्नो कुल देवताको दर्शन गर्ने मौका पाएँ । तीन वर्ष अगाडी दर्शन गएकी थिए त्यतिवेला र अहिलेको तुलना गर्दा मन्दिर पुगुन्जेलसम्म धेरै सुधार भएको पाएँ । मेरो गाउँबाट मन्दिर जान जंगलको बाटो भएर हिड्नु पर्छ जंगलमा काँडाहरुले घोच्थ्यो बाटो साँघुरो थियो । मेरो बाबाले मलाई बोकेर मन्दिरसम्म पुर् याउनु भएको मलाई राम्रोसँग सम्´ना छ । मन्दिर पुग्न दुई दिन लाग्थ्यो त्यसैले बाटोमा राती बास बस्नुपथ्र्यो बस्नको लागि कोठा पनि पाइदैनथ्यो तर यसपाली मलाई िहंड्न कुनै पनि अप्ठयारोको सामाना गर्नुपरेन काँडाको तल्लो दहीमा राति बास बस्यौं कोठा पनि राम्रै दिनुभएकोमा माओवादीहरुलाई धन्यवाद नदिई बस्न सक्दिन ।
सप्तमीको दिन घरबाट हिडेका हामीहरु अष्टमीको दिन साँ´ पाँच बजे ककाडी मन्दिर पुग्यौं । मन्दिरको परिक्रमा गरिसकेपछि ब्राहमणबाट टीका लगाई आराम गर्न बस्यौं उदयदेव मन्दिरको विभिन्न दिशाबाट भक्तालुहरु राँगा र सखीलाई िसंगारेर बाजागाजा र ´ण्डाध्वजाका साथ आउँदै थिए जुन हेर्न एकदमै रमाइलो लागिरहेको थियो ।
सबै राँगा र खसीलाई पाँच पटक मन्दिरको परिक्रमा गराई बाँधिइदै थियो । यस्तो क्रम अष्टमीको राती लगभग बाह्र बजेसम्म रहयो । नवमीको दिन विहानै सबै भक्तालुहरु नुहाई धुवाई फलफुल र अगरबत्ती हातमा राखी मन्दिरको दर्शन गरिरहेका थिए । मैले मन्दिरको पुरै अवलोकन गरें । टन्टलापुर घाम लागिरहेको थियो । राँगा र कयौं खसीहरु मैले देखें । तिनीहरुका आँखाबाट आँशुका धारा बगिरहेको थियो । मलाई लाग्छ तिनीहरुलाई पनि थाहा थियो होला कि हाम्रो हत्या हुँदैछ भनेर ।
सबैभन्दा पहिले खौल मा बाधिएको राँगालाई त्यहाँको प्रमुख साउन जातिले काट्ने चलन छ परम्परागत रीति अनुसार पहिलो राँगो काटिसके पछि एक एक गर्दै सबै राँगाहरुको र खसीहरुको विभत्स किसिमले हत्या गरियो ।
यी हजारौं निरिह प्राणिहरुको हत्याले मेरो मनमा ठूलो चोट थप्यो । एकछिनलाई मेरो आँखा रसाए र मैले त्यहाँका एकजना मुखियालाई प्रश्न सोधें - अङ्कल आस्थाका प्रतिक भगवानको पुजा त फुलगुच्छाले पो गर्ने हो बाले नदिई हुँदैन उहाँले भन्नुभयो - ूपरम्परादेखि चलिआएको रीतिरिवाज हो हामी यसलाई कसरी तोड्न सक्छौं नानीू।
त्यतिबेला मेरो मनमा केही प्रश्नहरु लगातार उब्जिरहे मैलो मनमनै सोचें यदि माओवादीहरुले बलिप्रथा रोक्नुपर्छ भनेपछि त तपाईहरु परम्परा सबै भुल्नुहुन्थ्यो होला तर ……।sे गर्नु मैले केही भन्न सकिन । केवल यति मात्रै सोचिरहें कि मन्दिर देवालय भनेका त सफा सुग्घर सुगन्धमय फुलधुपको वासना र चराचुरुङ्गीको चिरविराहटले भरिपुर्ण पो हुनुपर्छ । ३ वर्षपछि आस्था विश्वास राखेर श्रदा भक्तिले भगवानको दर्शन गर्न म त्यहाँ पुगेकी थिए भगवानको दर्शन गरियो तर घर फर्किदा अगरबत्तिको सुगन्ध साथमा लिएर फर्कनुको सट्टा रगतको आहल टेक्दै घर फर्के । पवित्र मन्दिरलाई रक्तकुण्डमा परिणत भएको देख्दा हामी भक्तालुहरु पापका भागी बनेको जस्तो भान भयो मलाई । हामी सबैले अिहंसावादी बनी बलिप्रथा बन्द गर्न सक्यौं भने निरिह प्राणीको हत्यामा कमी आउँथ्यो कि

चन्द गीता गिरेगडा-७ बदुरकोट बैतडी

No comments:

Post a Comment