Sunday, May 24

प्रहरी दाजु लाई पत्र

प्रहरी दाजु लाई पत्र
आदरणीय दाजु गगन दर्शन ढोग !

सर्बप्रथम मेहनत र कडापरिश्रमका बाबजुद असै हुनुभएकोमा हार्दीक बधाईज्ञापन गर्दछु । सहपरिवार यहाँ कुसलै छौं दाजु । हजुरको स्वास्थ्य लागी दाजु हजुरप्रहरी हुनुभएपछि ूछोरा विग्रे पुलीस छोरी विग्रेनस्र भन्नेू भनाइलाई झलझली सम्झदै यो पत्र कोरीरहेकी छु । २०६३ बैसाख १२ गते मोरङ्गको बेलबारी स्थित बेसक्याम्पका ११ जना कर्मचारीले स्थानीय सपनाको बलात्कार पछि हत्या गरेका थिए । गाउँमा श्रीमती सहित ४÷५ छोराछोरीका बुवाभइसकेकाहरु अर्को विहे गरिरहेका छन् । पहिली श्रीमती र छोराछोरीलाई अन्धकारको भुमरीमा घचेटेर अन्यौनमा पारीरहेका छन केहि प्रहरीहरु ।

प्रहरीद्धारा बलात्कार घुसपैठारी चन्दा असुली हत्यािहंसा जस्ता समाचार हाम्रा आँखा सामु ताजा छन् । कुनै कुनै टेलीसृफ्ला चलचीत्र र गाइजात्राका गीतहरुमा प्रहरीलाई सानो बनाउन खोजीएको हुन्छ । कुनै घटना घट्दा प्रहरीलाइै घट्नास्थलमा ढिलो पुगेको देखाइन्छ । यस्ता यस्ता समाचार देख्दा र टेलीभीजनमा दृश्यदेख्दा उल्लीखीत भनाई सत्य पो हो कि भन्ने शंका लागीरहेको छ ।

सबैसँग रगतको नाता नभएपनि नेपाल आमाकी सुपुत्री भएका नाताले हजुरलगाएत नेपालआमाले जन्माएका लाखौं नेपाली प्रहरी सपुत हरुलाई बहिनी बनेर केहि भन्न चाहेकी छु । प्रहरी भनेका राष्टका हुन देश र जनताको र अन्य अपराधको निर्मुल पार्नु पिडीतहरुलाई न्याय दिलाउनु नै प्रहरीको कामकर्तब्य हो । त्यसैले दाजुहरु अनुसासनको दायराधित्र रहेर काम गर्नुहोला असत्यको बाटो सदाकालागी त्यागीदिनुहोला । पैसाको लोभ र लालचमा फसेर कसैको दवावमा आएर कुनै पनि काम नगर्नुलोला । दर्जाबढाउन गर्ने नहुने काम पनि यदाकदा भएको सुन्छु जनताको सेवा गर्नु हजुरहरुको काम हो दर्जा आफै बढ्छ ।

केहि प्रहरीका पशुजन्य ब्यवहार र घृणाीत कार्यले ूछोरा विग्रे पुलीसू भन्ने भनाईमा तेल थपेको छ । प्रहरी पोष्टकै बदनाम भइरहेको छ । प्रहरी पोष्टको बलात्कार भइरहेका छ । त्यसैले ूछोरा विग्रे पुलीसू भन्ने भनाइलाई उल्ट्याउनुहोस् । नेपालमा भइरहेका हत्यािहंसा लुटपाट बलात्कार भ्रष्टाचार चोरीडकैती रोक्नुहोस् देखाई दिनुहोस् आफ्नो पोशाकको शक्ति ।

अन्तमा दुःख कष्ट आँधी तुफान बाढिपहिरो असिना भिडन्तलाई पचाएर पाउनुभएको पोशाक पद र फुलीको बदनाम हुन नदिनुहोस् विद्या बुद्धि परिश्रम साहस इमान्दारीता र निस्पष भएर काम गर्नुहेला विजय हजुरहरुकै हुनेछ । यहि आग्रहका साथ विदा हुन्छ । हजुरी बहिनी !

गीता चन्द

गिरेगडा - बदुरकोट बैतडी<
स्नातक प्रथम बर्ष

No comments:

Post a Comment