Wednesday, May 13

रक्सीको कारण......॥

बैतडीका गतिविधिलाई नियालेर ति गतिविधिहरुलाई मेरो मष्तिष्कको तराजुमा जोखेर हेर्दा राम्रा पक्षको तौल कम र नराम्रा पक्षको तौल वढी हुन आउँछ । म यस लेखमा शिक्षकका केहि कुराहरु उल्लेख गर्दैछु । जुन शिक्षकको पेशा विपरित हो । मैले वाध्य भएर केही शिक्षकहरुका नराम्रा पक्षहरु उल्लेख गर्नुपरेको छ । ताकि आगामी दिनहरुमा यि घटनाहरु नदोहोरिउन । त्यसै गरि विद्यार्थी र अन्य वर्गका कुरापनि यो लेखमा उल्लेख गर्दैछु । भनिन्छ यदि डाक्टरको हातवाट उपचारका क्रममा भएको सानो गल्तिले एकजना÷दुई जनाको ज्यान जान सक्छ तर शिक्षकका हातवाट भएको गल्तिले अनगिन्ती मानिसहरुको ज्यान जानसक्छ । र_िक्स सेवन गरेर गाउँघरमा हल्लाखल्ला मच्चाएको कारण प्रहरीले केहि शिक्षकलाई प्रहरिको थुनामा राख्यो यो घटना बैतडीको कुनै एक ठाउँको हो । एक दुईचोटी भएको गल्तिलाई भुलमान्न सकिन्छ तर पटक पटक शिक्षकवाट यस्ता गल्तिहरु हुनुभनेको सवैको लागि अपाच्य कुरा हो । सर्वसाधारणहरुले र_िक्स सेवन गर्नु त यहाँको लागि सामान्य कुरा हो तर शिक्षकले र_िक्स सेवन गरि हल्लाखल्ला गरि समाजमा विकृति ल्याउनु शिक्षकवर्गको शुद्ध पेशामाथि नै दाग लाग्नु हो । शिक्षकका यस्ता प्रवृत्तिले विद्यार्थीमा नकारात्मक असर पर्न गएको छ । यस्ता शिक्षकहरुले विद्यार्थीलाई के शिक्षा देलान भनि सजिलै पत्ता लगाउन सकिन्छ । यि शिक्षकले पढाएका विद्यार्थी पनि के कम । र_िक्सको नशामा रिसिवि भएका मान्छेहरुलाई मार्नभनि भरेको काठे बन्दुक लिएर जान्छन त्यसै गरि साम्ाान्य मानेहरुलाई र_िक्सको प्रसंगमा जोडेर हेर्ने हो भने तिनिहरुको त कुरै वेग्लै छ । र_िक्स निशेधित क्षेत्र वनाउन गठन गरिएको र_िक्स नियन्त्रण टोलीका प्रमुखहरुले नै र_िक्स ओसारपसार र सेवन गरि हल्ला गर्ने गरेपछि र_िक्स नियन्त्रण होला भनेर कल्पना गर्नुपनि व्यर्थ हो । यसको नकारात्मक असर बालवालिका र महिला माथि परेको छ । वाटोमा एक्लै महिला हिडनु जस्तो वातावरण छैन घरभित्रकै कुरा गर्ने हो भने पनि महिलाहरु पिडित छन् । महिलाले जहिले पनि आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निराहार ब्रत वस्छिन । आफ्नो बच्चाको लागि पेटमै हुदाखेरी चिल्लो पिरो चिसो खानेकुरा खाइनन् । के आमालाई त्यस्ता खानेकुरा खान मन लाग्दैन थियो होला त उसले बच्चा विरामी हुन्छ भनेर यस्ता खानेकुराहरु खाइनन् तर जब छोरा र श्रीमान दुवै र_िक्सको नशामा घरमा हल्ला गर्छन । तब आमा डराएर एक कुनामा काँप्दै बसेकि हुन्छिन। के यहि हो उसले आफ्नो श्रीमानको दिर्घायुको कामनाको लागि गरेको तपस्याको फल के यहि हो उसको छोराले खाएको दुधको मोल अव्यवस्थित तरिकाले र_िक्स सेवन स्वयमको स्वास्थ्यको लागि हानिकारक हुनु वा साथै यसले मानिस स्वयम र घरपरिवारका व्यक्तित्वमा इज्जतमा दाग लाग्छ । समाजमा विकृति फैलाउनुका साथै पारिवारिक वातावरण सधै तनावपूर्ण हुन्छ । त्यसैले समयमै होसु पुर् याई आफ्नो व्यक्तित्व र बालवालिकाको लागि साथै समाजका खातिर र_िक्स विकि्र वितरण र सेवन गर्न बन्द गरौं ।

No comments:

Post a Comment