Tuesday, May 26

यातायातको विग्रदो स्थिति

हाम्रो दुर्दशा

भनिन्छ कथा चाहे दन्त्य होस चाहे यथार्थपरक जब सुन्ािन्छ त्यो काल्पनिक र अवास्तविक लाग्छ हो कथा साच्चेै यस्तै लाग्छ तर जब कथाका तथ्य भेटीन्छन् जनमानसले विस्वास गरिहाल्छ तब कथा अकाल्पनिक र वास्ताविक लाग्छ ।

हामीहरुलाई कसैले दोस्रो विश्वयुद्धको कुरा गर्नुभयो भने हामी उहाँहरुको कुरामा विश्वास गर्दैनौ बरु तथ्य खोज्न इतिहास खोतल्छौ जब दोस्रो विश्व युद्धको कुरा इतिहासमा पाउछैा अनि विश्वास गर्छौ ।

आजभोली सडक दुर्घटनामा मृत्यु शिर्षकका समाचारहरु साचार माध्यमबाट नाआएको दिनै छैन । यी दुर्घटनाका बारेमा जान्न हामी न त इतिहास खोतल्छौ न त तथ्य नै किनकी यी घटनाहरु प्रत्यक्ष रुपमा देखीरहेका छौ र भोगी रहेका छौ ।

कहिले बस ट्रक मोटरसाइकल जस्ता सवारी साधनको ठक्करबाट त कहिले यि सवारी साधनले किचेर मानिसको मृत्यु भएको र घाइते भएका समाचारहरु हाम्रा सामु ताजा छन् भने कैयौ यस्ता घटनाहरु घटिरहेको छन जुन कागजमा लेखेर अटाउदैनन् जुन मिडियामा नआएका होलान । सडक साँगुरा हुनु सवारी चालकको लापरवाहि सवारी साधनमा भएको खराबी र सवारहरुको चाप बढी भएको कारण यस्ता घटना घट्ने गरेकेा पाइन्छ । साँगुरो सडकको कारण भएको दुर्घटनालाई यहाँ लेख्न चाहन्छु जुन मिडीयामा आएको थिएन ।

यसै जेष्ठ १९ गते शनिवारको कुरा हो म महेन्द्रनगरवाट बैतडी जाँदै थिए । हामी विहानको चिसो हावा खाँदै प्राकृतिक छटाले भरिपुर्ण डोटी जिल्लाको अठासी भन्ने ठाँउमा पुग्यौ त्यहाँदेखे म चढेको बस रोकियो यात्रु सबै बाहिर ओर्लीयौ । विहानको ९ः१५ वजेको थियो । साँगुरो सडक भएकाले ट्न नसक्दा कान्लामा ठोक्किएर सो दुर्घटना भएको रहेछ । सो यात्रु मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको मैले थाहा पाए र मैले प्रत्यदर्शीसँग सो घटनाको बारेमा सोधे मृतक सोहीा खलासी ३० वर्षीय ओम बहादुर सीजाली हुनु हुदोरहेछ साथै १० वर्षीया पासाङ लामा र अन्य दुई जना यात्रु सामान्य घाइते भएका थिए । सडक साँगुरो भएकोले अन्य वसहरुपनि ठप्प थिए पछि अरुहरु वसका यात्रीहरुको सहयोगमा उचाली यातायात सुचारु त भयो तर घटनामा परेका यात्रीहरुकेा र सो ार गरियो या गरिएन थाहा भएन । म चढेको वस गुडयो लगभग तिन घण्टापछि डडेल्धुरा पुगे त्यहाँ पुगेपछि १८ गते जिप दुर्घटना भएको रहेछ सो दुर्घटनामा परि ५ जना घाइते भएका रहेछन ।

यी दुवै घटना मिडीयामा आएनन् उहाँहरुले ाउनु भयो अथवा पाउनु भएन दोषीलाई कारवाही भयो या भएन कुनै पत्तो भएन । यी घटना ओझेलमा परे ।

त्यसैगरी यहि असोज १६ गते विहीवारको कुरा हो मैले टा्न्सक्रीप्ट बनाउन किर्तिपुरवाट भक्तपुरमा जानु पर्ने थियो रत्नपार्कको गाडी कुरेर नयाँ वजार चोकमा बसेकी थिए लगभग सवा १ घण्टा बस कुरे तर जस्तो पनि बस आउँथे सबै भरिभराउ आउथे साथै यात्रुहरु ढोकामा उभीएर आउदै थिए अन्तमा कुनै उपाय नपाएपछि एउटा माइक्रो आयो त्यसको नजिकै गए म आउनुस् दिदी बल्खुमा सिट खाली हुन्छ भन्दै खलासी ले मलाई माइक्रो भीत्र धकेल्यो । म पनि उभिएर जान तम्तयार भए वस गुडयो त्रि।वि। को तिनकुने नपुग्दै २ मिनेट नजादै माइक्रोको ढोका जोडले मेरो टाउकोमा बज्रीन पुग्यो मेरा हात वस बाट छुटे मेरो भएको पोलीबै लथालीङग भए । म सडकमा लडे र मैले उभीन कोसीस गरे तर म फनफनी घुम्न थाले म जोरले कराउन थाले पछि के भयो मलाई केहि थाहा भएन । बल्खु पुगेपछि आफुलार्इै पानीले भिजेकी पाँए मेरा सामानहरु एकजना यात्रु दाजुले समाउनु भएको थियो माइक्रोका डाईभरले मलाई मेडिकलमा गई औषधी खान आग्रह गर्नुभयो मैले आफुलाई केहि नभएको जस्तो लागेर मेडीकल जान मानीन पछि मैले मेरो जनिकै बस्नु भएकी दिदीलाई म भिजेको र मेरा सामान अरुले समाउनुको कारण सोधे म बेहोस भएकाले मलाई होसमा ल्याउन पानीले भिजाउनु भएको रहेछ उहाँहरुले । उहाँहरुको भनाई अनुसार यदि म भुईमा लडने बेला मलाई मदत गर्न उहाँहरु सफल नहुनुभएको भए मेरो टाउको फुट्ने सम्भावना थियो अरे म खुब रोए अनि खलासीलाई सोधे ढोका कसरी बन्द भएको हो उहाँले भन्नुभयो-पछाडीबाट कसैले बन्द गरेको अरे । मैले खलासीलाई माइक्रो नं। सोध्दै भाडा तिरेर रत्नपार्कमा ओर्लीए ।

१ हप्ता भित्र बनाउनु पर्ने थियो भक्तपुर गएर बनाएर ल्याइदिने मान्छे कोहि नभएकाले म रुदै भक्तपुर गए भक्तपुरको काम सकाएर किर्तिपुर फर्के । कोठामा पुगेपछि थाहा पाँए मेरो दायाँ हात र दायाँ खुट्टामा चोट लागेको रहेछ । साथै दायाँ छातीको भित्रपट्टी चोट लागेको रहेछ जुन अहिले पनि दख्छ। मेरो अमुल्य जिवन बचाइदिनु भएका अपरिचित दिदी र दाजुहरुलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।

कुकुरको पुच्छरमा १२ वर्ष लौरो बाँधे पनि बाङ्गै भनेझै नेपालको यातायातको स्थितीमा कुनै सुधार आएको छैन । दिन प्रतिदिन यस्ता घटनाहरुमा बृद्धी भईरहेको छ जसको कारण कैयौको अकालमै ज्यान गईरहेको छ भने कैयौ घाइते भई जीवन पाएर पानी मृत्य भए सरहको जीवन बिताउन वाध्य भएका छन । हाम्रो जीवन अमुल्य छ त्यसैले अमुल्य जीवनको सुरक्षा गरौ ।

यस्ता दुर्घटना हुन नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । यातायात सम्वन्धी कडा नियम बनाउनै पर्छ नीयम विपरीत चल्नेलाई कडा भन्दाकडा कारवाही गरिनु पर्छ ।साँगुरा सडकहरु फराकिला बनाइनु अत्यन्तै आवश्यक छ । अनुमति पत्रबिना सवारी चलाउनु हुनेहरुलाई पैसा खाएर त्यतीकै नछोडीयोस् टा्फिक संकेतप्रहरीलाई इसारा गर्न सजिलोका लागी प्रयोग नगरीयोस् ।

चन्द गीता

गिरेगडा-७ बदुरकोट बैतडी ।

br>

No comments:

Post a Comment