Wednesday, May 13

सौचालय विहिन विद्यालय

सौचालय विहिन विद्यालय भन्दा सवैलाई पत्यार नलाग्ला । बैतडी जिल्लाका अधिकांश विद्यालयहरुमा शौचालय छैनन् । भएका शौचालय पनि पानीको अभावमा प्रयोग विहीन वनेका छन् । कुनै कुनै स्कुलका छात्रछात्राहरु छाडीहरु भित्र शौच गर्छन् भने झाडी नभएका अर्थात् घना वस्ति भएका ठाउँका स्कुलका छात्रछात्राहरु खुला सौच गर्न बाध्य छन । उदाहरणको लागी वगलेखान नानीगाड धिर्मडा रन्तोली बलार तितावै आम्चौर लगायत अन्य थुप्रै स्कुलहरु शौचालय विहिन छन । सदरमुकामदेखि लगभग ४कोश टाढा नागार्जुन गा।वि।स। मा अवस्थित बगलेखानको कुरा गरौ । वि।सं। २०४२ फाल्गुन १२ गते स्थापना भएको यो स्कुल यसै वर्षदेखि उच्च मा।वि। वनेको छ । हाल यहाँ ११सम्मकोपढाई हुन्छ । पढाई राम्रो हुने भएका कारण दशरथचन्द नगरपालीका ग्वाल्लेख गिरेगडा महारुद्र नागार्जुन रोडीदेवल लगायत अन्य गा।वि।स। का विद्यार्थ यहाँ पढ्न आउँछन् । विभीन्न किसिमका खेलकुद लगायत अन्य कार्यक्रम पनि यहाँ हुदै आएका छन् । खेल्नको लागी चउरको पनि राम्रो व्यवस्था छ । यद्यपि पानी र शौचालय नहुदा चारवर्ष अगाडी निर्माण गरिएको छ कोठाको पक्की शौचालय पानी नहुँदा प्रयोग विहिन छ । विगत २२ वर्षदेखि सवै झाडी भित्र गएर सौच गर्न बाध्य छन् । विषेश गरि सौचालय नहुदा छात्राहरु वढि मर्कामा परेका छन् । बगलेखानमा अध्ययनरत छात्राछात्राहरु आफ्नो दुःखेसो यसरी पोख्छन्- ूविहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमा वस्नुपर्छ सौचालय नगई ६ घण्टा बस्न सकिदैन । सौच गर्न झाडी खोज्न डाँडाकाँडा दौडनु पर्छ झाडीभित्र पस्दा काँडाहरुले कपडा च्यातिन्छन् झाडीभित्र पनि कसैले देख्ने पो होकि भन्ने डर शौचालय भित्र जाने हो भने पानी छैन ।ू२ वर्ष अगाडी एस।एल।सी पास गरी घरमै वसेकी हीरा पन्त सोहि विद्यालय उच्च मा।वि। वनेपछि अहिले एघारमा पढ्दै छिन् । उनको गुनासो यस्तो छ -ूपहिले यहँ सौचालय नहुँदा ५ वर्ष झाडिभित्र सौच गरियो बल्ल शौचालय निर्माण भएको थियो त पानी छैन भएका झडी पनि स्थानीय बासीन्दाले दाउराका लागी सखाप पारीसकेका छन । अव हामीले सौच गर्न कहाँ जाने हामी जवान छौ खुला ठाउँमा दिशापिसाप गर्नु आफ्नै लागी लाजमर्दो कुरा हो ।ूत्यसैगरी नागार्जुन गा।वि।स। को अर्को स्कुलतिर लागौ । कक्षा १ देखि कक्षा ५ सम्म पढाइ हुने यो स्कुलको नाम नानी गाड प्रा।वि। हो ।यो स्कुलमा करिव ५ वर्ष अगाडी सौचालय निर्माण गरियो पानीको पनि राम्रै तकेहि महिनादेखि यहाँ पानीको अभव छ पानी नभकोले शौचालयभित्र छिर्नजस्तो छैन स्कुलका नानीहरु जहाँपायो त्यहि दिशापिसाप गरिदिन्छन । यो स्कुल बाटोको नजिकै रहेको हुनाले यताउति जाँदा नाक थुनेर हिड्नु पर्ने बटुवाहरुको वाध्यता छ । यस्तै गिरेगा गा।वि।स को धिर्मडाको प्रा।वि। स्कुलमा शौचालय नै छैन नानीहरु जथाभावी दिशापिसाप गरिदिन्छन यहाँ त विद्यार्थीमात्रै होइन शिक्षककर्मचारीहरुपनि जथाभावी दिशा पिसाव गर्छन बाटोमा हिड्ने मान्छेले यिनीहरुको दिशापिसापको गन्धले नाक थुनेर हिड्नुपर्ने वाध्यता त थियो नै दिशा गर्नेलाई हैन देख्नेलाई लाज हुन्छ भनेझै बटुवाहरु लाजले आखाँ वन्द गरेर हिडनुपर्छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । त्यसैगरि तल्लो स्वराडका कतिपय विद्यालयहरुमा पक्की सौचालय छन तर पानीको अभाव छ भने कतिपय स्कुलहरुमा शौचालय नै छैनन् । छोरा छोरीलाई स्कुल पढाउनुपर्छ भन्ने घरपरिवारको सोचाईले विद्यायमा अध्ययन गर्ने छात्रछात्राहरुको सङख्या बढेको छ । एस।एल।सी पास गरि घरमा बसेकाहरुपनि उच्च मा।वि।बनेपछि अहिले पढ्न विद्यालय जान थालेका छन् तर स्कुलमा आधारभुत आवश्यकताभित्र पर्ने पानी छैन । दिशा पिसाव गर्न सौचालय छैन जसको कारण विद्यार्थी ठुलो मर्कामा परेका छन । खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यताले उनीहरु आफु लज्जित भएको महसुश गर्छन । सरकारले बैतड जिल्लामा प्रा।वि। उच्च मा।वि। लगायत त्रि।वि।द्धारा सम्वन्धन प्राप्त कलेज त खोलीदिएको छ यद्यपि शिषा भौतिक सुविधाको पुर्ती गरेको छैन । अहिलेको समयमा हेर्ने हो भने सौचालयपनि अनिवार्य अवश्यकता वनिसकेको छ । विभिन्न देशहरुमा सौचालयलाई दिशापिशाप गर्ने ठाउँका रुपमा मात्र नलिई विश्राम गर्ने स्थलका रुपमा पनि लिन थालिएको छ । महात्मा गान्धि आफ्नो डेढ घण्टाको समय सौचालयमा विताउथे त्यस्तै नेपालकै कुरा गर्ने हो भने गणेशमान िसंह शौचालयमा गई केहि सिर्जना गर्थे । सौचालय कति आवस्यक छ भन्ने कुरा यसबाट थाहा हुन्छ । शैचालय सम्वन्धि विभिन्न सम्मेलन हुन्छन् हालसालै भारतको दिल्लीमा शौचालयको सम्मेलन भयो तत्पश्चात काठमाण्डौका अस्तब्यस्त शैचालयको वारेमा कान्छिपुर दैनिक मार्फत पढ्न पाइयो । यो समस्या शहरको मात्रै होइन गाउँघरका शौचालयको अवस्था काठमाण्डौका शौचालयको भन्दा पनि दयनिय छ । बैतडीमा स्कुल जस्ता शैक्षिक क्षेत्र सौचालय विहिन छन् भने अन्य सार्वजानिक ठाउँको अवस्था कस्तो होला त्यहाँका जनताको घरको स्थिति कस्तो होला सौचालय नहुदा सबैले जथाभावी दिशापिशाप गर्नाले सवैलाई नकारात्मक असर परिरहेको छ । झडापखाला आँउ हैजा टाइफाइड र मलेरीयाजस्ता रोग फैलिएका छन् । शौचालय नहुदा हामी असभ्य ठहरीएका छौ बैतडीमा शौचालय नहुँदाको समस्याप्रति राज्यको ध्यानकार्षण गराउन चाहन्छु सार्वजनीक घरघरमा शौचालय र पानीकोव्ालाई दिए राम्रो हुन्थ्यो यो समस्याप्रति राज्य र विभिन्न संघसस्थाले ध्यान दिने हो कि

No comments:

Post a Comment