कलेजको पहिलो दिन
फयाकल्टि सोध्दा अक्क न बक्क
ठुल्दादासँग २०६१÷५÷१९ गते फर्म लिन मंगल उच्च मा।वि। गएकै दिनदेखि मेरो उच्च शिषा शुरु भएको थियो । त्यो पहिलो दिदादाले मलाई कषाकोठामा परयाइदिनभएको थियो । सुदुरपश्चिमको बैतडी जिल्लाबाट आएकी थिएँ लामो कुर्तासलवार लगाएकी थिएँ विस्तारै कषमा प्रवेश गरें । सबै नौला अनुहारछात्रा छात्र सबै पाइन्ट सर्ट टाई छालाको जुत्तामा चिटिक्क परेका सबै मलाई अचम्म मानेर हेरिरहें ।
काठमाडौं आएको दुई दिन मात्रै भएको थियो सुदुरपश्चिमेली भएकाले नेपाली बोल्न फिटिक्कै नआउने सबै परिचय गरौंन भनी हात अगाडी सार्थे ूघर बैतडी नाम गीताू यत्ति मात्रै भन्थें । कलेजमा पढाई भएको थुप्रो भइसकेको रहेछ । पहिलो पिरियड के हो भन्ने पनि थाहा थिएन अंग्रेजीमा पढाउने गुरुहरुले पनि त्यसैले पनि हुनसक्छ मैले के को पढाई भैरहेछ भनेर थाहा नपाएको ।
विहानको आठ ८ः०० बज्यो अरु विद्यार्थीहरु खाजा खान क्यान्टिनतिर लागे । म एक्लै टोलाएर बसिरहें । १५ मिनेटपछि सबै विद्यार्थीहरु आ-आफ्नो केठातिरातिर फर्के म पनि जुनकोठामा दादाले जानु भन्नुभएको थियो त्यसैकोठाभित्र गएँ । यद्यपि त्यो केठामा के को पढाई हुन्छ भन्ने पनि थहा थिएन । त्यो केाठामा पढाई हुन्छ भनेर सोधुँ भने पनि कसरी आफूलाई नेपाली बोल्न आउँदैन जे पर्ला पर्ला भनेर बेाचमा चुपचाप बसिरहें कोठाभित्र गुरुको प्रवेश भयो उहाँले मलाई मेरो परिचय भन्न लगाउनु भयो । टक्क उभिएर भनें - ूमेरो नाम गीता चन्द हो मेरो घर बैतडी जिल्लामा पर्छू अरु पनि धेरै कुरा भन्न मन लागीरहेको थियो तर के गर्ने पुरानै कुरा ः- नेपाली बोल्न आउँदैनथ्यो ।
म चुपचाप लागेको देखेर गरुले भन्नुभयो ूजर्नालिजम् पढ्ने मान्छेले त बाठो पो हुनुपर्छ ू उहाँले जर्नालिजम् भनेको सुन्दा म अक्मक्क परे जर्नालिजम् भन्या के हो पढाई सुरु भयो । आमसाचार भनेको यस्तो हो उस्तो हो भन्दै हुनुहुन्थ्यो सरले सरले पढाउनुभएको केहि बुझिन । सर बाहिर निस्कनुभएपछि एकजना मसँगै बसेकी छात्रा सुसन ले मलाई सोधिन् - तिमी कुन फ्याकेल्टीको हो भगवानसँग गुहार मागे हे भगवान फ्याकेल्टी भनेको के हो उसले लगातार प्रश्न गरिन् - कमस्र आट्स एजिुकेसन के हो म झनै फसादमा परे । विद्याकसम् केहि उत्तर नदिएपछि सुसन र उसका साथीहरु मुखामुख गरेको देख्दा आँफै लाज्जीत भए आफैले आफैलाई धिक्कारे आफैलाई पाखे भने ।
सोचे साथीहरुसँग त बोल्न सकिरहेकी छैन म के पढुँला पाँचौ पिरीयड गणितको रहेछ त्यसै कोठाभित्र बसिरहे । गणित पढ्ने विद्यार्थी र गुरुको कोठा भित्र प्रवेश भयो । सिम्पल पार्टसियल फ्रेक्सनको पढाई भइरहेको रहेछ । धन्य हो यो सरले चाँहि मेरो परिचय सोध्नु भएन । गुरुले अंग्रेजीमा पढाउँदै जानुभयो । सत्य सत्य धरोधर्म त्यो च्यप्टरको यस क् पनि वुझिन किनकी ९-१० मा ऐच्छिक गणित नपढेकाले पाचौँ पपिरियडको समाप्तीसँगै हाम्रो छुट्टी भयो । सवै छात्रछात्रा घरतिर लागे । म पनि आफ्नो डेरातिर लागे । बाटोभरी एउटै बारेमा सोचीरहें । नेपाली सिक्छु ।
म एस।एल।सी। पास हुँदा मेरो परिवार लगायत मेरो टोलका सवै खुसी हुनुभएको थियो । यद्यपी उच्चशिका लागि गाउनहुँदा हामी केहि खुःखी थियौ । गाउँ वाहिर गएर पढ्न साह्रै गार् हो थियो किनकी छोरीलाई पढाउन बाहिर पठाउनुहुदैन भन्ने गलत विचार गाउँलेहरुले मेरा आमाबाबाको दिमागमा भरिदिएका थिए । सानैदेखि पढाईमा अत्यन्तै रुचि भएकाले घरमै बसेर भएपनि पढ्ने इच्छा आमाबाबा सामराखेपछि भारतबाट बाबाले किताब किनेर ल्याईदिनुभयो । २ महिना घरमै बसेर पढंे । मेरो घर भारतको नजिकै भएकाले हिन्दी पढ्न बुझ्न लेख्न गाह्रो भएन । त्यतिबेला नेपाल द्धन्दात्मक परिस्थितिमा थियो । जसको कारण घरमा बसेर पनि पढ्न पाइएन गाउँलेहरु विहे गरिदेउ छोरीलाई पढाए पनि नपढाएपनि आखिर अर्काको घर जाने न हो भनेर बाबाका कान भर्थे । तर मेरा आमाबाबा गाउँलेहरुको कुरामा असहमत हुनुहुन्थ्यो । घरमा बसेर पढ्ने वातावरण एकाएक विग्रेपछि मैले काठमाडौका लागि २०६१।५।१४ गते घर छाडे घरकी कान्छी छोरी आमाबाबाबाट कहिल्यै टाढा नगएकी एक्कासी घर छोड्दा मेरो मुटु नै चुँडीएजस्तो भएको थियो । मेरा हातखुट्टा अपाङ्गका जस्ता भएका थिए । आमासँग सदरमुकाम गडी आएकी थिए । एक रात सदरमुकामै वितायौं । उज्यालो भयो ७ बजेको गाडीमा म काठमाडौ का लागि चढें । रुदै गरेको मेरी आमालाई सदसमुकाम मै छोडेर आए । कहिल्यै वसमा यात्रा नगरेको हुनाले बाटोभरि बान्ता भएर मेरो लामो दुरिको यात्रा दुःखद रहेको थियो । १७ गते विहान ११ बजे नयाँ वसपार्क पुगे । चिल्लो वसपार्क म त स्वर्ग पुगे जस्तै लाग्यो । वित्यास पनि लाग्यो । अव कहाँ जाने मेरो दादा कीर्तिपुरमा वस्नुहुन्थ्यो । उहाँसँगै बस्न काठमाडौ आएकी थिए । उहाँलाई फोन गरेर बोलाउनु पर्ने थियो फोन गर्न कहाँ जाने सडक क्रस गर्न पनि आउँदैनथ्यो । के गर्ने कता जाने म दोधारमा परे तर दादा मलाई लिन वसपार्क आउनुभएको रहेछ । मैले उहाँलाई देख्ने वित्तिकै खुसिले गदगद भए । म दादासँगै उहाँको डेरामा गए । उहाँले मलाई गणित र पत्रकारीता पढ्नुपर्छ भन्नुभयो । तर अरुहरु पत्रकारीता नपढ भन्थे यो विषय गार् हो छ यसमा बाठो मान्छेको मात्र काम छ तिमी यो पढ्न सक्तिनौ भन्थे कताकता डर लाग्थ्यो म के पढ्दैछु मेरो भविस्य उज्यालोको सट्टा अन्धकारमा डुब्ने पो हो कि आफैलाई प्रस्न गर्थे । पत्रकारीता भनेको के हो थाहै थिएन तर पनि मैले हिम्मत गरे ूसोंचे यदि पत्रकारिता गाह्रो छ भने जसरी भएपनि पत्रकारिता नै पढ्छु । केहि दिनपछि सबैकुराको आइडिया आइहाल्ला । ू मेरो मातृभाषा डोटेली भएकाले नेपाली बोल्न पनि आउँदैनथ्यो तर नेपाली भाषा सिक्न मलाई ७ दिनपनि लागेन ४ दिनमै म फर्र नेपाली वोल्न थाले ।
नढांटी भन्ने हो भने ८ महिनासम्म कलेज जाने र घर फर्कनेमा मात्रै सिमीत थिए । पत्रपत्रीका पढ्ने बानी नै थिएन किनकी गाउँमा भित्तामा टाँस्न भारतवाट अमर-उजाला भन्ने पुराना पत्रिका ल्याउँथ्यो त्यो बाहेक अन्य कुनै पत्रिका देखिकै थिएन । ८ महिनाको काठमाडौ बसाईपछि पत्रपत्रिका पढ्ने बानी बसाले । कीर्तिपुरमा बसाई भएकाले स्थानीय पत्रिकामा प्रशिषार्थी भएर समात्रार पठाउन थाले मेरा सबै समाचार छापीन्थे । विस्तार विस्तारै मेरा लेख कविता गीत अन्य पत्रीकाहरुमा छापीन थाले ।
मेरा थुप्रै लेखहरु कान्तिपुर दैनिक लगायत अन्य पत्रिकामा छापीसकेका छन् । अहिले म मानविकी क्याम्पसहरुमा सवैभन्दा बढि विद्यार्थीको चाप भएको आर।आर। क्यामपसमा स्नातक तह प्रथम वर्ष पत्रकारिता समुह मा अध्ययनरत छु । यहाँ पढाई सुरु भएको लगभग डेड महिना भइसक्यो २८ दिन बस्ने ठाउँ नभएर उभिएरै पढें तर पनि मलाई पढ्न कुनै अप्ठेरो लागेको छैन किनभने म अहिले भिडभाड होहल्ला सवैकुरा पचाउन सक्ने भइसकेकी छु ।
Tuesday, May 26
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment