Tuesday, May 26

ग्राहाकहरु मारमा

ग्राहाकहरु मारमा

। पशुपतिनाथको दर्शन गरेर आफ्नो कोठातिर फर्कदै थिए । पुरानो बसपार्कमा एकजना साथीसँगा भेटभयो धेरै पछि भेट भएको हुनाले होटलमा बसेर गफगर्दे नास्ता गर्ने निर्णय गर् यौ र बसपार्कको एउटा होटलभित्र छिर् यौ । होटल मध्यम खालको थियो । मेरो साथीले २ कप कफि अर्डर गर्नुभयो । हाम्रो अगाडी बस्नुभएका २ जनाले २ प्लेट छोलासमोसा अर्डर गर्नुभयो । उहाहरु विद्यार्थी हुनुहुन्थ्यो सायद

उहाँ र हामीविच कुनै चिनाजान थिएन ।

हामीहरुको टेवलमा कफि उहाँहरुको टेवलमा छोला समौसा साथै टिक्की दुधमलाई मिठाई आदीइत्यादी राखेर जानुभयो वेटर उहाँहरु अचम्म पर्नुभयो किनकी उहाँहरुले अर्डर गर्नु भएको छोलासमोसा मात्रै थियो । टेवलमा ल्याइसकेपछि फर्काउनु जस्तो पनि भएनु मेनु हेरेर १ प्लेटलाई १८ पर्ने छोलासमोसा अर्डर गर्नुभएको हुनाले उहाँहरु एक आपसमा हास्दै खान थाल्नु भयो । छोलासमोसा माथी धेरै चिज राखेर वेटरले ल्याउनु भएको देख्दा मलाई अचम्म लाग्यो । हामी पनि कफिको पैसा तिर्दै वहिर निस्क्यौं ति विद्यार्थीहरुले ३६ तिर्नुभयो तर विल ९४ रुपैया आएको रहेछ । यो कुरा थाहापाएपछि विचरा ति विद्यार्थीहरु मुखामुख गर्न थाले । दुईटैको मिलाएर जम्माजम्मी ९० रु भयो र ९० रु तिरेर उहाँहरु आफ्नो बाटो लाग्नु भयो । त्यो दिनभरि रातभरी ति विद्यार्थीहरुबारेमा सोच्नमात्रै सिमीत रहे म ।

सोचें ति विचराहरुले गाडी चढेर जानुपर्ने थियो होला पैसाजति त त्यो होटलमै तिरेर जानुभयो गाडीभाडा कहाँबाट तिरेहोलान इत्यादी इत्यादी यो घट्नाले मेरो दिनको आराम र रातको निन्द्रा नै खोसेको थियो । मैले काठमाण्डौका केहि होटल चियोचर्चा गर्ने निर्णय गरें । भोटाहिटीका केहि पसलमा मेनुमा एक किसमको मुल्य लेखीएको भेट्टाए भने तिर्ने बेला बढि तिनुपर्ने समस्या भेट्टाए । रत्नपार्कमा रहेका होटलहरुको स्थितिपनि भोटाहिटी भन्दा फरक छैन यद्यपि असनका होटलहरुमा मेनुअनुसार खाजाखाना दिने र पैसा लिने नियम रहेछ । बानेश्वरका केहि होटलहरुमा तरकारी रोटी माग्दा जेरी पनि दिनुहुन्छ । म मान्छु कि जेरी कम्विनेसन गरेको हुनसक्छ तर न्यून बर्गीय रोटीतरकारी मात्र खान चाहन्छ । उसीत वढि पैसा छैन भने किन जेरी पनि राख्नु पर् यो

यसमा मेरो भन्नु के छ भने मेनुअनुसार ग्राहकले अर्डर गर्छ भने किन त्यसमा थपीथपी अरु कुरा दिनुपर् यो भेनुमा एककिसमको मुल्यतोकीएको छ भने किन मुखले वढि पैसा माग्नुपर् यो यदि मुखैले पैसा भाग्ने र मनपरिले खानेकुरा दिने हो भने भेनुको के काम मेनु पुरानो भएको हो भने परिवर्तन किन नगरीएको

होटल ब्यवसाथीहरुले ग्राहाकहरुलाई मर्कामा पार्ने काम होइन यो ग्राहक आफ्नो आर्थीक अवस्थ्ाा अनुसारकै होटलमा जान्छ र त्यही अनुरुप खानेकुरा खानचाहन्छ होटल यवसायी अधिकार प्राप्तीको लागी सरकारसँग लड्नुभन्दा पहिले कर्तब्य पालना गर्नभए ुकसो होला

चन्द गीता






No comments:

Post a Comment