Sunday, May 24

नागरिक दैनिकमा पकाशित

मोवाइल आतंक
देशमा आएको परिवर्तनसंगै बैतडीमा पनि धेरै कुराहरु परिवर्तन आएको छ । कुनै सकारात्मक परिवर्तन त कुनै नकारात्मक परिवर्तन ।
कक्षा ५ मा पढ्ने विद्यार्थीले गोजिमा मोवाईल बोकि स्कुल पढ्न जानु मोवाइलले विद्यार्थीमा ल्याएको नकारात्मक परिवर्तन हो । बैतडीका अधिकांश गा।वि।स।हरुमा मोवाईल नभएका मानिसहरु कुनै भेटिन्नन् ।
दशरथ चन्द नगरपालिका लगायत ५२ ओटा गा।वि।स।मा वढी मोवाइल प्रयोग गरेको पाइन्छ । ग्वाल्लेक गा।वि।स। नागार्जुन गेडिदेवल आम्चौरा पाचेश्वर महाकाली मेलौली सलेना दुर्गाभवानी हटैशज दशरथ चन्द नगरपालिका र गिरेगडा गा।वि।स।हरुमा त स्काई नमस्ते र इण्डियन सिमको लागि २÷२ ओटा मोवाईल सेट बोक्ने गरेका छन् । सदरमुकाम भन्दा पनि तल्लो स्वराडतिर इण्डियन मोवाइलको प्रयोग वढी छ । यद्वपि त्यहाँ चार्ज गर्न विजुली नभएकाले मोवाईल उपभोक्तालाई अप्ठेरो परेको छ ।
साचारका साधानको पहुँच सवै ठाउँमा हुनु खुसीको खवर हो मोवाइल वोक्नु पनि राम्रै कुरा हो तर सौखको रुपमा प्राथमिक शिक्षा लिइरहेका स्कुलेहरुले मोवाइल बोक्नु कहाँसम्म उचित कुरा छ यो तपाई हामी सजिलै अनुमान गर्न सक्छौ ।
महाकाली अाचालभरि फोन गरेको २ रुपैयाँ पनि लाग्दैन । इण्डियन मोवाइलफोन त एकदमै सस्ता छन् । त्यसैले यहाँ केटाकेटीहरु फोनमा लगातार ५ घण्टा पनि कुरा गरिदिन्छन् । जहाँ पायो त्यही मिसकल गर्ने राती फोन गरेर डिष्टर्व गर्ने जस्तो अनुचित प्रयोग भईरहेको छ मोवाइलको । सस्ता सस्ता चाइनिज मोवाइलहरुवाट केटिहरुको फोटो खिच्ने र मोवाइलको स्क्रिनमा फोटॊ राखी मेरो गर्लप्रुेण्ड हो भन्दै हिड्छन यहाँका केहि केटाहरु ।
१० जना केटाहरुले आफ्नो मोवाइलको स्क्रिनमा केटीहरुको फोटोराखेको र यो को हो भन्दा गर्लप्रुेन्ड भनेको मैले प्रत्यक्ष देखेसुनेकीछु । यस्तो गर्नेहरुको नाम पत्रिकामा जान्छ है भन्दा सवैले आगामी दिनहरुमा यस्तो नगर्ने प्रतिवद्धता व्यक्त गर्दै फोटो डिलिट गरेका थिए ।
मोवाइलकै प्रसंगमा एउटा रोचक घटना म यहाँ प्रस्तुत गर्दैछु । कुरा २०६५ सालको चैते दशैंको हो म हाम्रो कुलदेवता गोपजीशी मन्दिरमा पाचमीको दिन मैले भाकल गरि मन्दिरमा चढाउन लगिएका घण्टा ध्वजाहरुमा अक्षताले पुजा गरिरहेकी थिए पडितले मन्त्र पढ्दै हुनुहुन्थ्यो । अक्षताले पुजा गरिसकेपछि उहाँले मेरो दायाँहातमा जल राखीदिनुभयो उहाँ फेरी मन्त्र पढन थाल्नु भयो र तिमीले जेकामका लागि भाकल गरेकी छौ ति कुरा सम्झ भन्नुभयो । म मनमनै सम्झिन थाले । यतिकै बाहुनवाजेकै मोवाइल बज्यो र भन्न थाल्यो । ुअगर तुम मिलजाओ जमाना छोड्देंगे हमु हजुरको फोन वज्दै छ रिसिभ गर्नुहुन्छ कि मैले उहाँलाई भने फोनउठाउन खल्तिमा हातमात्र के हालेको थियो फोन बज्न वन्द भयो बाजे मनमनै गुनगुनाउनुभयो । के भो बाजे मैले उहाँलाई प्रश्न गरे । ूखै कसले पो मुसिकौल गर्छू उहाँले उत्तर दिनुभयो । मेरो पुजा भंग गर् यो त्यो मोवाइलको रिङटीनले । तनमन लगाएर भक्ति भावनामा डुवेकि म अहिले पनि दुःखी छु ।

उहाँले मोवाईल बोक्नुहुन्न भन्ने मेरो मतलव कतै होइन यद्वपी पुजागर्नेवेला स्विच अफ गर्नुभएको भए उचित हुन्थ्यो भन्ने मात्रै मेरो सोचाई हो । विद्यार्थीको हकमा कलम बोक्नुपर्ने खल्तिमा मोवाइल वोकि त्यसको अनुचित प्रयोग गर्नु विद्यार्थीका लागि कत्तिपनि उचित छैन । यो विद्यार्थी तल खस्केको संकेत हो ।
धनिमानिका छोराछोरीले मोवाइल वोक्दा त आर्थिक अवस्थामा कुनै असर पर्दैन तर गरिवहरुकालागि यो गलपासो बनेको छ । मोवाइल त जसोतसो किनियो तर रिचार्ज गर्न पैसा चहिन्छ । र व्याट्री चार्ज गर्न पनि टाढा जानुपर्छ तल्लो स्वराडका केहि आमा वावु दुःखेसो पोख्छन ।
बच्चाहरुलाई खानलाउन दिन नसकेको भए आमावावुले दुःखेसो पोख्नु ठिकै हो तर मोवाइलको उपभोग गराउन नसक्दा दुःखेसो सुनाउने आमावावुको त्यो दुःखेसो होइन बरु विद्याथर्ीैलाई आवश्यक कुराहरु किनिदिनुस् । र विद्यार्थीहरु पनि यो कुरा बुझिहाल्नुस् कि तपाईको अहिलेको काम केवल पढ्नु हो त्यसैले ज्ञानका कितावहरु किनिमाग्नुस् आमावावुसंंग । नयाँ नयाँ कुरा सिक्नुस् आपुूले जानेका कुराहरु अरुलाई पनि सिकाउनुस् । समय परिस्थिति अनुसार मोवाइलको प्रयोग पनि गर्नुस् तर मात्र उचित प्रयोग । कक्षा ५ मा पढ्ने साना विद्यार्थीहरुलाई मेरो अनुरोध छ कि तपाइको मोवाइल वोक्ने समय आउँछ पक्कै पनि त्यो मौका नगुमाउनुहोला तर विन्ती १ सुनौलो विद्यार्थी जीवनमा पढ्ने मौका पनि नगुमाउनुस् है १

चन्द गीता
बैतडीगिरेगडा ठ बदरकोट

1 comment:

  1. तपाई को पढाई कस्तो चलेको छ?? अनि कस्तो चलेको छ जिबन्

    ReplyDelete