कुवाकोट बैतडी जील्लाको पुचैर्ाडीतिर पर्छ । मल्लो स्वराडको नामले पनि कुवाकोटलाइ चिन्न सकिन्छ । िवं।सं। २०५४।५५ सालतिर पहिलो पटक कुवाकोटको नाम सुनेकि थिए जतिबेला म ९।१० वर्षकि थिए । पछि त जब सरकार र माओवादी बीच चर्को द्धन्द्ध चल्यो र कुवाकोट नामसित म अभ्यस्थ भए।यद्धपि कुवाकोट कस्तो छ भन्ने कुरा थाहा थिएन । कुवाकोटनामसित यो अर्थमा अभ्यस्थ भएकि थिएकि विधालय स्तरमा पढ्दा गाउँघरका चोकहरु च्ौाताहरु र स्कूलमा माओवादीका कार्यक्रम हुन्थे जसमा हामी विधार्थिहरुले पनि भाग लिनु पथ्र्यो र आफ्ना प्रतिभा देखाउनु पथ्र्यो । कयौँ दिनसम्म माओवादीसँग हिड्नुपथ्र्यो माओवादीका उक्त कार्यक्रममा उपस्थित नभए र उनिहरुसँग नहिडे उनिहरु दबाव दिन्थे भन्थे कुवाकोटपुर् याउला । त्यतिबेला केाहि मान्छे बुझेर रुचि राखेर उनिहरुको कार्यकममा भाग लिन्थे भने कोहि दबावमा आएर । म पनि उनिहरुका कतिपय कार्यक्रममा सहभागी भएकि थिए र कैयौँ पल्ट उनिहरुसँग हिडेकि थिए तर कुवाकोटपुर् याउला भनेर धम्काउने माओवादीको कर्यप्रति अति नै जिज्ञासा थियो। त्यसैक्रममा वि स २०६१ साल वैसाख १६ गते पुर्चौडिकि एकजना दिदी माओवादीको अभियानमा आउनुभएकि सीता बम हामो गाउँमा पुगेकि थिइन् मैले उनलाइ कुवाकोट र पर्चौडीका बारेमा सोधेकि थिए । उनले ज्यादै दयालाग्दा कुरा गरेकि थिइन् । त्यहाँका मान्छेहरुको बारेमा कुरा सुन्दा त मलाइ साहै अचम्म लागेको थियो । त्यहुका मान्छेहरु नचिनेको मान्छेसँग बोल्नै डराउँछन्रे त्यो दिदीले मलाइ भन्नुभएकि थिइन् वैनी तपाइँको गाउँ त कति रामो छ ठाउँ पनि खाने पानी बिजुली सबै कुराको व्यवस्था छ यस्तो ठाउँमा बस्न पाए तंंं…………।” त्यो दिदीको कुराले कुवाकोटभ्रमण गर्ने इच्छा जागेको थियो । मेरा भावि केहि योजना मध्ये कुवाकोट घुम्ने पनि योजना त्यतिबेलै बनाइसकेकि थिए । यसपाली भएको सविधानसभा र्िनर्वाचनको चुनावमा कुवाकोटजाने काम पर् यो मेरो कुवाकोट घुम्ने धोको पूरा भयो । ११ नं। गाडीमा धेरै दिनपछि त्यहाँ पुगे त्यहाँको भौगोलिक स्थिती अचम्म र डरलाग्दो रहेछ जताततै भिरपाखामलाइ त जता हेरे पनि अँध्यारो लाग्ने त्यहाँका आइमाईसँग बोल्न खोज्दा पनि उनिहरु नबोल्नेमलाई देख्दा डराएका थिए । उनिहरु डराउनाको कारण थाहा पाउन सकिन । त्यो गाउँमा एउटा स्कुल देखे स्कुलको बारेमा केहि बुझ्नुपर् यो भनि स्कुल नजिकै गए । स्कुल टाकुरामा छ यताउति भिरैभिर छन् त्यो स्कुलमा झयालढोका केहि छैन भत्कला जस्तो स्कुल । त्यो स्कुल कस्तो हो थाहै छैन । स्कुल नजिकै भेटिएको एकजना भाईलाई स्ााेध्नपर् यो भनि त्यो भाइ भएकै ठाउँमा गए। उसलाइ नाम सोधेँ उसले आफ्नो नाम भन्नै मानेन कतिमा पढ्छौ भनि सोध्दा ४ मा भन्थ्यो स्कुलको नाम के हो भाइ मैले प्रस्न गरे प्रतिउत्तरमा थाहा छैन भन्यो। ४ म्ा पढ्ने स्कुलको नाम थाहा नपाउने त्यो स्कुलमा कस्तेा पढाइ हन्छ होला मैले आफैलाइ प्रस्न गरे ४मा पढ्ने विधार्थी तिमीलाइ स्कुलको नाम थाहा रहेनछ तिम्रो शिछकले स्कुलको नाम बताउन हन्न उसले भन्यो मास्टरले अआ पढाउछन् स्कुलको नाम भन्दैनन् । त्यो भाईसित गफ गर्दै भाई र स्कुलको फोटो खिच्न मात्रै के लागेकी थिए उसले फोटो खिच्न दिएन । त्यहाँका भिरहरुको पनि फोटो खिचेर ल्याउने मनसाय थियो कनै पनि चिजको फोटो खिच्न दिएन भाईले किन यस्तो गरेको मैले सोधेँ उसले त्येा पनि बताएन म त्यहाँ बाट निरास भएर हिँडे । तल खोलामा एकजना वैनि १२।१४ सँग भेट भयो उसले माओवादीको अभियानमा जाँदा हामो गाउँ भ्रमण गरिसकेकि रहिछन्। उसले भने राम्रो व्यवहार गरिन् । आफ्नो घरमा लगेर पानि पिउन दिइन् ँके खानहन्छ दिदी तपाइँको गाउँमा जस्तो यहाँ केहि पाइदैन’’उनले मलिन अनहार लगाएर भनिन् । त्यहाँका मान्छेहरु नचिनेको मान्छेसँग बोल्नै डराउने तर त्यो वैनी चाँहि खलेर मसित बोलिन्। उनि घरबाट बाहिर गएरै होला अरुसँग बोल्न सक्ने भएकिछिन् । मलाई त्यो वैनीलाई देखेर मनमा अली खुसी पलायो। च्ाारदिनको कुवाकोटबसाई मेरोलागि चार वर्षको बसाईजस्तेा लाग्यो। घरफर्किने बेला सकुसल घर पुग्छु जस्तो लागेको थिएन त्यहाँको गोरेटो बाटोजहाँ ढुँगा मँुडा काँडाहरु । मलाई हिड्न साह्रै गाह्रौ पर् यो । भ्ागवानलाइ गुहार्दे हिडे। ढुगाँमुडाले खुट्टामा घाउ भएर रगतआएको अहिले झलझली सम्झीरहेछु काँडा अहिले पनि खुट्टामा भिजेकोछ त्यहाँको भौगोलिक स्थिती स्कुलको स्थिती त्यहाँका डराएका मान्छेहरु अहिले पनि मेरो मानसपटलमा घुमिरहेका छन्। ँकुवाकोटघुम्ने धोको’’त पुरा भयो यद्धपि ँव्यवस्थित कुवाकोट’’ घुम्ने धोको पछयौरिमा गाँठो पारेर बसेकिछु । गीता चन्दगिरेगडा७ बदरकोट बैतडी नष्तगदबष्तबमष्२थबजयय।अयु
Wednesday, May 13
Subscribe to:
Post Comments (Atom)
hello k ho yo?
ReplyDelete