Tuesday, May 26

यातायातको विग्रदो स्थिति

हाम्रो दुर्दशा

भनिन्छ कथा चाहे दन्त्य होस चाहे यथार्थपरक जब सुन्ािन्छ त्यो काल्पनिक र अवास्तविक लाग्छ हो कथा साच्चेै यस्तै लाग्छ तर जब कथाका तथ्य भेटीन्छन् जनमानसले विस्वास गरिहाल्छ तब कथा अकाल्पनिक र वास्ताविक लाग्छ ।

हामीहरुलाई कसैले दोस्रो विश्वयुद्धको कुरा गर्नुभयो भने हामी उहाँहरुको कुरामा विश्वास गर्दैनौ बरु तथ्य खोज्न इतिहास खोतल्छौ जब दोस्रो विश्व युद्धको कुरा इतिहासमा पाउछैा अनि विश्वास गर्छौ ।

आजभोली सडक दुर्घटनामा मृत्यु शिर्षकका समाचारहरु साचार माध्यमबाट नाआएको दिनै छैन । यी दुर्घटनाका बारेमा जान्न हामी न त इतिहास खोतल्छौ न त तथ्य नै किनकी यी घटनाहरु प्रत्यक्ष रुपमा देखीरहेका छौ र भोगी रहेका छौ ।

कहिले बस ट्रक मोटरसाइकल जस्ता सवारी साधनको ठक्करबाट त कहिले यि सवारी साधनले किचेर मानिसको मृत्यु भएको र घाइते भएका समाचारहरु हाम्रा सामु ताजा छन् भने कैयौ यस्ता घटनाहरु घटिरहेको छन जुन कागजमा लेखेर अटाउदैनन् जुन मिडियामा नआएका होलान । सडक साँगुरा हुनु सवारी चालकको लापरवाहि सवारी साधनमा भएको खराबी र सवारहरुको चाप बढी भएको कारण यस्ता घटना घट्ने गरेकेा पाइन्छ । साँगुरो सडकको कारण भएको दुर्घटनालाई यहाँ लेख्न चाहन्छु जुन मिडीयामा आएको थिएन ।

यसै जेष्ठ १९ गते शनिवारको कुरा हो म महेन्द्रनगरवाट बैतडी जाँदै थिए । हामी विहानको चिसो हावा खाँदै प्राकृतिक छटाले भरिपुर्ण डोटी जिल्लाको अठासी भन्ने ठाँउमा पुग्यौ त्यहाँदेखे म चढेको बस रोकियो यात्रु सबै बाहिर ओर्लीयौ । विहानको ९ः१५ वजेको थियो । साँगुरो सडक भएकाले ट्न नसक्दा कान्लामा ठोक्किएर सो दुर्घटना भएको रहेछ । सो यात्रु मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको मैले थाहा पाए र मैले प्रत्यदर्शीसँग सो घटनाको बारेमा सोधे मृतक सोहीा खलासी ३० वर्षीय ओम बहादुर सीजाली हुनु हुदोरहेछ साथै १० वर्षीया पासाङ लामा र अन्य दुई जना यात्रु सामान्य घाइते भएका थिए । सडक साँगुरो भएकोले अन्य वसहरुपनि ठप्प थिए पछि अरुहरु वसका यात्रीहरुको सहयोगमा उचाली यातायात सुचारु त भयो तर घटनामा परेका यात्रीहरुकेा र सो ार गरियो या गरिएन थाहा भएन । म चढेको वस गुडयो लगभग तिन घण्टापछि डडेल्धुरा पुगे त्यहाँ पुगेपछि १८ गते जिप दुर्घटना भएको रहेछ सो दुर्घटनामा परि ५ जना घाइते भएका रहेछन ।

यी दुवै घटना मिडीयामा आएनन् उहाँहरुले ाउनु भयो अथवा पाउनु भएन दोषीलाई कारवाही भयो या भएन कुनै पत्तो भएन । यी घटना ओझेलमा परे ।

त्यसैगरी यहि असोज १६ गते विहीवारको कुरा हो मैले टा्न्सक्रीप्ट बनाउन किर्तिपुरवाट भक्तपुरमा जानु पर्ने थियो रत्नपार्कको गाडी कुरेर नयाँ वजार चोकमा बसेकी थिए लगभग सवा १ घण्टा बस कुरे तर जस्तो पनि बस आउँथे सबै भरिभराउ आउथे साथै यात्रुहरु ढोकामा उभीएर आउदै थिए अन्तमा कुनै उपाय नपाएपछि एउटा माइक्रो आयो त्यसको नजिकै गए म आउनुस् दिदी बल्खुमा सिट खाली हुन्छ भन्दै खलासी ले मलाई माइक्रो भीत्र धकेल्यो । म पनि उभिएर जान तम्तयार भए वस गुडयो त्रि।वि। को तिनकुने नपुग्दै २ मिनेट नजादै माइक्रोको ढोका जोडले मेरो टाउकोमा बज्रीन पुग्यो मेरा हात वस बाट छुटे मेरो भएको पोलीबै लथालीङग भए । म सडकमा लडे र मैले उभीन कोसीस गरे तर म फनफनी घुम्न थाले म जोरले कराउन थाले पछि के भयो मलाई केहि थाहा भएन । बल्खु पुगेपछि आफुलार्इै पानीले भिजेकी पाँए मेरा सामानहरु एकजना यात्रु दाजुले समाउनु भएको थियो माइक्रोका डाईभरले मलाई मेडिकलमा गई औषधी खान आग्रह गर्नुभयो मैले आफुलाई केहि नभएको जस्तो लागेर मेडीकल जान मानीन पछि मैले मेरो जनिकै बस्नु भएकी दिदीलाई म भिजेको र मेरा सामान अरुले समाउनुको कारण सोधे म बेहोस भएकाले मलाई होसमा ल्याउन पानीले भिजाउनु भएको रहेछ उहाँहरुले । उहाँहरुको भनाई अनुसार यदि म भुईमा लडने बेला मलाई मदत गर्न उहाँहरु सफल नहुनुभएको भए मेरो टाउको फुट्ने सम्भावना थियो अरे म खुब रोए अनि खलासीलाई सोधे ढोका कसरी बन्द भएको हो उहाँले भन्नुभयो-पछाडीबाट कसैले बन्द गरेको अरे । मैले खलासीलाई माइक्रो नं। सोध्दै भाडा तिरेर रत्नपार्कमा ओर्लीए ।

१ हप्ता भित्र बनाउनु पर्ने थियो भक्तपुर गएर बनाएर ल्याइदिने मान्छे कोहि नभएकाले म रुदै भक्तपुर गए भक्तपुरको काम सकाएर किर्तिपुर फर्के । कोठामा पुगेपछि थाहा पाँए मेरो दायाँ हात र दायाँ खुट्टामा चोट लागेको रहेछ । साथै दायाँ छातीको भित्रपट्टी चोट लागेको रहेछ जुन अहिले पनि दख्छ। मेरो अमुल्य जिवन बचाइदिनु भएका अपरिचित दिदी र दाजुहरुलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।

कुकुरको पुच्छरमा १२ वर्ष लौरो बाँधे पनि बाङ्गै भनेझै नेपालको यातायातको स्थितीमा कुनै सुधार आएको छैन । दिन प्रतिदिन यस्ता घटनाहरुमा बृद्धी भईरहेको छ जसको कारण कैयौको अकालमै ज्यान गईरहेको छ भने कैयौ घाइते भई जीवन पाएर पानी मृत्य भए सरहको जीवन बिताउन वाध्य भएका छन । हाम्रो जीवन अमुल्य छ त्यसैले अमुल्य जीवनको सुरक्षा गरौ ।

यस्ता दुर्घटना हुन नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । यातायात सम्वन्धी कडा नियम बनाउनै पर्छ नीयम विपरीत चल्नेलाई कडा भन्दाकडा कारवाही गरिनु पर्छ ।साँगुरा सडकहरु फराकिला बनाइनु अत्यन्तै आवश्यक छ । अनुमति पत्रबिना सवारी चलाउनु हुनेहरुलाई पैसा खाएर त्यतीकै नछोडीयोस् टा्फिक संकेतप्रहरीलाई इसारा गर्न सजिलोका लागी प्रयोग नगरीयोस् ।

चन्द गीता

गिरेगडा-७ बदुरकोट बैतडी ।



br>
भनिन्छ कथा चाहे दन्त्य होस चाहे यथार्थपरक जब सुन्ािन्छ त्यो काल्पनिक र अवास्तविक लाग्छ हो कथा साच्चेै यस्तै लाग्छ तर जब कथाका तथ्य भेटीन्छन् जनमानसले विस्वास गरिहाल्छ तब कथा अकाल्पनिक र वास्ताविक लाग्छ ।

हामीहरुलाई कसैले दोस्रो विश्वयुद्धको कुरा गर्नुभयो भने हामी उहाँहरुको कुरामा विश्वास गर्दैनौ बरु तथ्य खोज्न इतिहास खोतल्छौ जब दोस्रो विश्व युद्धको कुरा इतिहासमा पाउछैा अनि विश्वास गर्छौ ।

आजभोली सडक दुर्घटनामा मृत्यु शिर्षकका समाचारहरु साचार माध्यमबाट नाआएको दिनै छैन । यी दुर्घटनाका बारेमा जान्न हामी न त इतिहास खोतल्छौ न त तथ्य नै किनकी यी घटनाहरु प्रत्यक्ष रुपमा देखीरहेका छौ र भोगी रहेका छौ ।

कहिले बस ट्रक मोटरसाइकल जस्ता सवारी साधनको ठक्करबाट त कहिले यि सवारी साधनले किचेर मानिसको मृत्यु भएको र घाइते भएका समाचारहरु हाम्रा सामु ताजा छन् भने कैयौ यस्ता घटनाहरु घटिरहेको छन जुन कागजमा लेखेर अटाउदैनन् जुन मिडियामा नआएका होलान । सडक साँगुरा हुनु सवारी चालकको लापरवाहि सवारी साधनमा भएको खराबी र सवारहरुको चाप बढी भएको कारण यस्ता घटना घट्ने गरेकेा पाइन्छ । साँगुरो सडकको कारण भएको दुर्घटनालाई यहाँ लेख्न चाहन्छु जुन मिडीयामा आएको थिएन ।

यसै जेष्ठ १९ गते शनिवारको कुरा हो म महेन्द्रनगरवाट बैतडी जाँदै थिए । हामी विहानको चिसो हावा खाँदै प्राकृतिक छटाले भरिपुर्ण डोटी जिल्लाको अठासी भन्ने ठाँउमा पुग्यौ त्यहाँदेखे म चढेको बस रोकियो यात्रु सबै बाहिर ओर्लीयौ । विहानको ९ः१५ वजेको थियो । साँगुरो सडक भएकाले ट्न नसक्दा कान्लामा ठोक्किएर सो दुर्घटना भएको रहेछ । सो यात्रु मध्ये एकजनाको घटनास्थलमै मृत्यु भएको मैले थाहा पाए र मैले प्रत्यदर्शीसँग सो घटनाको बारेमा सोधे मृतक सोहीा खलासी ३० वर्षीय ओम बहादुर सीजाली हुनु हुदोरहेछ साथै १० वर्षीया पासाङ लामा र अन्य दुई जना यात्रु सामान्य घाइते भएका थिए । सडक साँगुरो भएकोले अन्य वसहरुपनि ठप्प थिए पछि अरुहरु वसका यात्रीहरुको सहयोगमा उचाली यातायात सुचारु त भयो तर घटनामा परेका यात्रीहरुकेा र सो ार गरियो या गरिएन थाहा भएन । म चढेको वस गुडयो लगभग तिन घण्टापछि डडेल्धुरा पुगे त्यहाँ पुगेपछि १८ गते जिप दुर्घटना भएको रहेछ सो दुर्घटनामा परि ५ जना घाइते भएका रहेछन ।

यी दुवै घटना मिडीयामा आएनन् उहाँहरुले ाउनु भयो अथवा पाउनु भएन दोषीलाई कारवाही भयो या भएन कुनै पत्तो भएन । यी घटना ओझेलमा परे ।

त्यसैगरी यहि असोज १६ गते विहीवारको कुरा हो मैले टा्न्सक्रीप्ट बनाउन किर्तिपुरवाट भक्तपुरमा जानु पर्ने थियो रत्नपार्कको गाडी कुरेर नयाँ वजार चोकमा बसेकी थिए लगभग सवा १ घण्टा बस कुरे तर जस्तो पनि बस आउँथे सबै भरिभराउ आउथे साथै यात्रुहरु ढोकामा उभीएर आउदै थिए अन्तमा कुनै उपाय नपाएपछि एउटा माइक्रो आयो त्यसको नजिकै गए म आउनुस् दिदी बल्खुमा सिट खाली हुन्छ भन्दै खलासी ले मलाई माइक्रो भीत्र धकेल्यो । म पनि उभिएर जान तम्तयार भए वस गुडयो त्रि।वि। को तिनकुने नपुग्दै २ मिनेट नजादै माइक्रोको ढोका जोडले मेरो टाउकोमा बज्रीन पुग्यो मेरा हात वस बाट छुटे मेरो भएको पोलीबै लथालीङग भए । म सडकमा लडे र मैले उभीन कोसीस गरे तर म फनफनी घुम्न थाले म जोरले कराउन थाले पछि के भयो मलाई केहि थाहा भएन । बल्खु पुगेपछि आफुलार्इै पानीले भिजेकी पाँए मेरा सामानहरु एकजना यात्रु दाजुले समाउनु भएको थियो माइक्रोका डाईभरले मलाई मेडिकलमा गई औषधी खान आग्रह गर्नुभयो मैले आफुलाई केहि नभएको जस्तो लागेर मेडीकल जान मानीन पछि मैले मेरो जनिकै बस्नु भएकी दिदीलाई म भिजेको र मेरा सामान अरुले समाउनुको कारण सोधे म बेहोस भएकाले मलाई होसमा ल्याउन पानीले भिजाउनु भएको रहेछ उहाँहरुले । उहाँहरुको भनाई अनुसार यदि म भुईमा लडने बेला मलाई मदत गर्न उहाँहरु सफल नहुनुभएको भए मेरो टाउको फुट्ने सम्भावना थियो अरे म खुब रोए अनि खलासीलाई सोधे ढोका कसरी बन्द भएको हो उहाँले भन्नुभयो-पछाडीबाट कसैले बन्द गरेको अरे । मैले खलासीलाई माइक्रो नं। सोध्दै भाडा तिरेर रत्नपार्कमा ओर्लीए ।

१ हप्ता भित्र बनाउनु पर्ने थियो भक्तपुर गएर बनाएर ल्याइदिने मान्छे कोहि नभएकाले म रुदै भक्तपुर गए भक्तपुरको काम सकाएर किर्तिपुर फर्के । कोठामा पुगेपछि थाहा पाँए मेरो दायाँ हात र दायाँ खुट्टामा चोट लागेको रहेछ । साथै दायाँ छातीको भित्रपट्टी चोट लागेको रहेछ जुन अहिले पनि दख्छ। मेरो अमुल्य जिवन बचाइदिनु भएका अपरिचित दिदी र दाजुहरुलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।

कुकुरको पुच्छरमा १२ वर्ष लौरो बाँधे पनि बाङ्गै भनेझै नेपालको यातायातको स्थितीमा कुनै सुधार आएको छैन । दिन प्रतिदिन यस्ता घटनाहरुमा बृद्धी भईरहेको छ जसको कारण कैयौको अकालमै ज्यान गईरहेको छ भने कैयौ घाइते भई जीवन पाएर पानी मृत्य भए सरहको जीवन बिताउन वाध्य भएका छन । हाम्रो जीवन अमुल्य छ त्यसैले अमुल्य जीवनको सुरक्षा गरौ ।

यस्ता दुर्घटना हुन नदिन सम्वन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । यातायात सम्वन्धी कडा नियम बनाउनै पर्छ नीयम विपरीत चल्नेलाई कडा भन्दाकडा कारवाही गरिनु पर्छ ।साँगुरा सडकहरु फराकिला बनाइनु अत्यन्तै आवश्यक छ । अनुमति पत्रबिना सवारी चलाउनु हुनेहरुलाई पैसा खाएर त्यतीकै नछोडीयोस् टा्फिक संकेतप्रहरीलाई इसारा गर्न सजिलोका लागी प्रयोग नगरीयोस् ।

चन्द गीता

गिरेगडा-७ बदुरकोट बैतडी ।


ग्राहाकहरु मारमा

ग्राहाकहरु मारमा

। पशुपतिनाथको दर्शन गरेर आफ्नो कोठातिर फर्कदै थिए । पुरानो बसपार्कमा एकजना साथीसँगा भेटभयो धेरै पछि भेट भएको हुनाले होटलमा बसेर गफगर्दे नास्ता गर्ने निर्णय गर् यौ र बसपार्कको एउटा होटलभित्र छिर् यौ । होटल मध्यम खालको थियो । मेरो साथीले २ कप कफि अर्डर गर्नुभयो । हाम्रो अगाडी बस्नुभएका २ जनाले २ प्लेट छोलासमोसा अर्डर गर्नुभयो । उहाहरु विद्यार्थी हुनुहुन्थ्यो सायद

उहाँ र हामीविच कुनै चिनाजान थिएन ।

हामीहरुको टेवलमा कफि उहाँहरुको टेवलमा छोला समौसा साथै टिक्की दुधमलाई मिठाई आदीइत्यादी राखेर जानुभयो वेटर उहाँहरु अचम्म पर्नुभयो किनकी उहाँहरुले अर्डर गर्नु भएको छोलासमोसा मात्रै थियो । टेवलमा ल्याइसकेपछि फर्काउनु जस्तो पनि भएनु मेनु हेरेर १ प्लेटलाई १८ पर्ने छोलासमोसा अर्डर गर्नुभएको हुनाले उहाँहरु एक आपसमा हास्दै खान थाल्नु भयो । छोलासमोसा माथी धेरै चिज राखेर वेटरले ल्याउनु भएको देख्दा मलाई अचम्म लाग्यो । हामी पनि कफिको पैसा तिर्दै वहिर निस्क्यौं ति विद्यार्थीहरुले ३६ तिर्नुभयो तर विल ९४ रुपैया आएको रहेछ । यो कुरा थाहापाएपछि विचरा ति विद्यार्थीहरु मुखामुख गर्न थाले । दुईटैको मिलाएर जम्माजम्मी ९० रु भयो र ९० रु तिरेर उहाँहरु आफ्नो बाटो लाग्नु भयो । त्यो दिनभरि रातभरी ति विद्यार्थीहरुबारेमा सोच्नमात्रै सिमीत रहे म ।

सोचें ति विचराहरुले गाडी चढेर जानुपर्ने थियो होला पैसाजति त त्यो होटलमै तिरेर जानुभयो गाडीभाडा कहाँबाट तिरेहोलान इत्यादी इत्यादी यो घट्नाले मेरो दिनको आराम र रातको निन्द्रा नै खोसेको थियो । मैले काठमाण्डौका केहि होटल चियोचर्चा गर्ने निर्णय गरें । भोटाहिटीका केहि पसलमा मेनुमा एक किसमको मुल्य लेखीएको भेट्टाए भने तिर्ने बेला बढि तिनुपर्ने समस्या भेट्टाए । रत्नपार्कमा रहेका होटलहरुको स्थितिपनि भोटाहिटी भन्दा फरक छैन यद्यपि असनका होटलहरुमा मेनुअनुसार खाजाखाना दिने र पैसा लिने नियम रहेछ । बानेश्वरका केहि होटलहरुमा तरकारी रोटी माग्दा जेरी पनि दिनुहुन्छ । म मान्छु कि जेरी कम्विनेसन गरेको हुनसक्छ तर न्यून बर्गीय रोटीतरकारी मात्र खान चाहन्छ । उसीत वढि पैसा छैन भने किन जेरी पनि राख्नु पर् यो

यसमा मेरो भन्नु के छ भने मेनुअनुसार ग्राहकले अर्डर गर्छ भने किन त्यसमा थपीथपी अरु कुरा दिनुपर् यो भेनुमा एककिसमको मुल्यतोकीएको छ भने किन मुखले वढि पैसा माग्नुपर् यो यदि मुखैले पैसा भाग्ने र मनपरिले खानेकुरा दिने हो भने भेनुको के काम मेनु पुरानो भएको हो भने परिवर्तन किन नगरीएको

होटल ब्यवसाथीहरुले ग्राहाकहरुलाई मर्कामा पार्ने काम होइन यो ग्राहक आफ्नो आर्थीक अवस्थ्ाा अनुसारकै होटलमा जान्छ र त्यही अनुरुप खानेकुरा खानचाहन्छ होटल यवसायी अधिकार प्राप्तीको लागी सरकारसँग लड्नुभन्दा पहिले कर्तब्य पालना गर्नभए ुकसो होला

चन्द गीता






प्लस टु को कमाल



। २०६१ सालमा प्रथम श्रेणीमा एस एल सी गरेकी हीरा पन्त आर्थीक स्थिति कमजोर भएका कारण उच्च शिाबाट बिाच भइन्। घरमै बसेर पढ्ने ईच्छा राखेकि हीरका लागि त्यो पनि सम्भव भएन। क्ापिकिताब किन्ने पैसा पनि थिएन उनिसित। सदरमुकाम गएर पढेको भए क्याम्पसले उनलाई निसल्क पढाउने करा थियो तर को लिएर बस्नसक्ने न त उनको स्थिति नै थियो न समाजले बसन नै दिन्थ्यो।

े उसको धोको केवल धोकोमै सिमित रयो। उनि घरमै घाँसदाउरा गनृ थालिन्। ग्ाउलेहरु उनका आमाबाबलाई विहे गरिदेउ हीराको भन्थे पढेर पनि के काम आखिर छोरी अर्काको घर जाने माल न हो भनि उनका आमाबाबका कान भर्थे। क्हिलेकाहि त उनका आमाबाब पनि डराउथे कि पछि कस्तो केटा पो पाईने हो भनेर। तर यो विवाह विषयमा हरिा आफना बाआमालाई सम्झाउन सफल भईन्।



वि।स। २०६४ सालमा गाउँमै उच्चमावि खलेपछि हीरालाई उक्त उच्चमाविले ५०५छात्रवृति दिने निर्णय गर् यो र केहिमात्रामा किताब कापि पनि दिने निर्णय गरकाले हरिाले उचचनिपउे भईन्।६१ सालमा कअि पास भएकि हीराले हिम्मत हारिनन्।३ वर्षपछि ११ मा शङ्कायमा भर्ना भईन्।मेजर ईङ्लिस पढ्छिन् उनि। बच्चाहरुलाई पनि पढाउछिन्। अहिले उनले आफनो शैकिर







वैक्तिक खर्च आफै लाि छन्। उनको विहे गर्न पछि रामो्र केटा पाईदैनकि भनेर डराउने उनका बाआमालाई अहिले केटा राज्न गाहो्र परिरहेको छ। पहिले हीरालाई हेर्ने समाजको कदृष्टि सदृष्टिमा परिणत भएको छ।



त्स्तै लीष्मले २०६० सालमा बगलेखान मावि बाट कअि उत्तिर्ण गरिन्। जेहेन्दार तथा गरिब लमिले कअि५९।३५ अक आएको थियो। उनकन बवा उनि पेटमै छँदा स्वर्गबास हनभएको थियो। भारि बोकेको पैसाले उनले मावि समम पढेकि थिईन्। गाउँमा उचच मावि नभएका कारण उनि पनि उच्च शिषाबाट बिाचत भएकि थिईन्। विज्ञान पढ्र्ने ईच्षा भएकाले उनले प्राईभेटबाट अरु विषय पढिनन्। आर्थिक स्थिति रामो्र नभएका कारण उनले बाहिर गएर पढ्न नसकेकि हन् ।हाल उनका दाज ईनईस्पेक्टर छन् उनि काचनपरमा नसर्िङ् पढ्दै छिन् ४ वर्षको अन्तरालपछि पढ्दा पनि उनि पहिले जतिकै जान्ने छिन्।



बगलेखान माबिबाट कअि उत्तिर्ण गरेका २५ छात्रा सोहि माबि उच्चमावि बनेपछि हाल त्यहि पढिरहेका छन्। उनिहरु कोहि लनय मा काम गर्छन् भने कोहि वोर्डिङमा पढाउँछन्। यि छात्राहरुले विभिन्न समह खोलेका छन्।sनै समहले महिलाका समस्या समाधान सम्बन्धि कदम चालेको छ भने कनैले सरसफाई अभियान। ीतनै छात्राहरुको एउटा समहले प्ैाढ शिषा एसएलसी पास गरेपछि छोरीको विहे गर्न आतर बाआमा पनि अहिले छोरिलाई पनि पढाउन पर्नेमा जोड दिन्छन्। विहे गरेका छेारिहरुका घरतिर क्याम्पस छैन भने माईतमै बसालेर क्याम्पस पढाएछन्। विहे गरेर उच्च शिााालागि माइत सेकाहरु मध्ये पशपति विमला सन्ध्याराधार माया हन्।



त्यस्तै बैतडि जिल्लाको तल्लो स्वराडमा पनि २०६४ सालमै २ वटा उच्चमावि खलेका छन् त्यहाका सासससरा आफ्ना बहारीहरुलाई क्यम्ामपस पढाईरहेका छन्।sल्पान थापाको परार साल विहे भएको हो २ वर्ष घरमै वहारिको काम गरिन् उनका श्रीमान गोपाल भारतको दिल्लीको एउटा होटलमा काम गर्छन्। हाल उनि विहान कयाम्पस जान्छिन् दिउसो पसलमा। एनका ससराले सानो किराना पसल खोलिदिएका छन्। घरको काममा पनि उनि उत्तिकै परिपक्व छिन्। उनि भन्छिन् - ँ मेले त सासससरा पनि बाआमा भन्दा रामा्र पाएकि छ मलाई पढ्न कत्ति पनि गाहो्र लागेको छैन तिमी पढ मात्रे काम हामि गरिहालछौ भन्न हन्छ घरमा तर पनि म काममा सघाउछ।”



२०६४ साल अगाडी कअि मा रामो्र अक ल्याएर पनि विभिनन आर्थिक सामाजीकसमस्याले गर्दा उच्च शिााबाट बिाचत बैतडीका दिदीबहिनी हरुल २०६४ सालमा उच्च मावि खलेका हनाले पनः पढने अवसर पाएका छन्।










काठमाण्डांैका स्कुल

काठमाण्डांैका स्कुल

चन्द गीता

६ वर्ष देखि ललितपुरको कुनै स्कुलमा पढाउँदै आउनुभएका प्रविण किसोरले यसै असारमा काठमाण्डौको राम्रो पारिश्रमिक पाईने स्कुलमा शिष्कका लागि उउथि गर्नुभएको रहेछ। उहाँलाई उक्त स्कुलबाट जाँचका लागि बोलाईएछ शि हुनका लागि लिइएको सम्पर्ण जाँचमा उहाँँ उत्तीर्ण हुनुभएछ तर दर्भाग्य यदकभचखबतष्यल अबिकक मा उहाँँ फेल हुनुभएछ । फेल यो कारणले कि उहाँँ गणितको टिचर। प्रस्न समाधान गदै जानुभएछ । अन्तमा उहाँँले निकाल्नुभएको प्रस्नको उत्तर उत्तरमालासँग मिलेनछ। बिद्यार्थीहरुले पुस्तकमा बिस्वास गरेछन् यसैकारणले उहाँँ रामो्र पारिश्रमिक पाईने स्कुलको जागीरबाट बिाचत हुनुभएछ र पहिलेकै स्कुलमा पढाउन बाध्य हुनुभएछ ।

त्यसैगरि सस्कृति अधिकारीको पीडा पनि प्रविणको भन्दा फरक रहेनछ उहाँँ ८ वर्षदेखि अर्धाखाँची जिल्लाको एउटा माध्यमिक स्कुलमा माविमा पढाउनुहुदोरहेछ हाल काठमाण्डौमा बस्नुहुदोरहेछ उहाँँ पनि यदकभचखबतष्यल अबिकक बाटै निकालिनु भएको रहेछ । १ घण्टा बितिसक्दा पनि एउटै प्रस्नमा अडिनुभएको रहेछ।

कुरा १ हप्ता अगाडिको हो विसालनगर जानुे माइको्रमा भेटिएका पिडीतद्दय पुस्तक प्रकाशनगृह र लेखकहरुलाई यस्ताउस्ता भन्दै हुनुहुनुथ्यो। उहाँहरुको मुखबाट लेखक सुन्ने बितिक्कै केहि बुभुने कोसिस गरे। कुरा यस्तो रहेछ - किसोरले समाधान गर्नुभएको प्रस्नको उत्तर सहि र उत्तरमालाको उत्तर गलत रहेछ। सँस्कृतिले समाधान गनुभएको त प्रस्नै गलत रहेछ कहाँबाट समाधान हुनु बिडम्बनाको कुरो बिद्यार्थीहरुले नयु शिक्षक भन्दा किताबमा बढि बिस्वास गरेछन् ।

बिद्यार्थीहरु किताबमा यति बिस्वास गर्छन भने गलत कुरा सिकीराहुन्छन् उनिहरु । नयाँ शिक्षकको जागीरै जानुेबिधार्थीले थाहै नपाउने कस्तो गलत छापिदोरहेछमैले त २ जनाको मात्र पीडा देखे किताब गलत छापिएका कारण कतिले के के मौका गमाए होलान् सिक्ने मान्छे कति गलत सिकिुराहोलान् यि प्रस्न र प्रविणरसँस्कृतिको पीडाले रातभरि मेरो साथ छाडेन।मैले किताबहरुमा यस्तो के गल्ती हुदोरहेछ भनेर अनुसन्धान गर्ने मानसिकता बनाए।

कला प्रकाशनतलेजयुनाईटेडएकताबिधार्थी र भुडीपुराण जस्ता थपै्र प्रकाशन गृहले प्रकाशन गरेका शन्दर्भ किताब पढे। ६ देखि १० सम्मका किताबहरुमा थपै्र गल्ती भेट्टाए । कुनै प्रस्न गलत त कुनै उत्तर। कुनैमा सुत्र गलत छन् भने कुनैमात एउटा अजबउतभच को परिभाषा अर्कोमा। च्ााैथो÷पाँचौ सास्करणमा पनि यस्ता गल्ति भेटिनु भनेको पक्कै पनि लेखक÷सम्पादक र प्रकाशन गृहका लागि लाजमर्दाे कुरा हो भने बिधार्थीका लागी चिन्ताको विषय। पुस्तकमा यस्तो गल्ति कसरी हुन्छ लेखकले हतार गरेका हुन् कि या प्रकाशनगृहहरुबिच कस्ा्ले कति छिटो कति किताब प्रकाशित गर्नु सक्छ भन्ने प्रतिस्पर्धा चलेको यस्ता कैयौ प्रस्न प्रविण÷सँस्कृतिलाई भेटेकै दिन देखि मेरो मनमा उब्जिरहेका छन्। फेरि अर्को प्रस्न आफैलाई गरे। यि प्रस्नको समाधान कसरि गर्ने नभए मैले पनि केहि मौका गुमाउनपो पर्छ किप्रस्नमाथि प्रस्न गरे।

सम्बन्धित किताबहरुका लेखक प्रकाशक साथैे केहि क्षिक र मनावैज्ञानिक हरुबाट यि प्रस्नको उत्तर खाज्ने निर्णय गरे। धेरै लेखकप्रकाशक हरुलाई किताबमा गल्ति हुनुका कारण सोधेँ। अधिकाँसबाट हतारमा किताब प्रकाशित गनुपर्दाटाइप गर्दाशुद्दाशुद्दी गर्दा र सम्पादन गर्दा गल्ति हुन्छ भन्ने उत्तर पाए भने कतिले त केही बताउनै चाहेनन्। सम्पादन गर्दा गल्ति भएकोलाई पुनः सच्याउन सकिदैन र कि सम्पादकले अल्छि गरेका हुनु् सम्पादक फलानो भनेर ठला र रङ्गीन अषरबमा छट्टै नाम त लेखिएको हुन्छ के त्यो पदको लागि मात्र लेखिएको हुन्छ त हाल प्राईभिट पब्लिकेशनहरुले एकसेएक किताब प्रकाशित गरेका छन् तर अधिकाँसमा धेरै गलत छ। एउटा गाईडमा ४्र÷५ जना लेखकहरुको नाम हुन्छ सबैको सोचाई हुन्छ कि धेरै लेखकहरुले लेखेका छन् किताब रामो्र हुनुपर्छ भनेर । तर भित्र हेर्दा थुपै्र गल्ति। बढि लेखकको नाम राखेर पब्लिकेशनहरुको नाम बिकाउन खोजिएको हो कि किताब बढि बेच्न खोजिएको हो या लेखकहरुको विज्ञापन दिईएको हो मेरा मनमा फेरि थुप्रै प्ररुन खडा भईहाले ।

प्रविण÷सँस्कृतिको पीडा साथै अन्य कुराको केहि जनकारी पछि मनोवैज्ञानिक हिसाबले बिधार्थीले किताब र नयाँ शिक्षकमध्ये कसमा बढि विस्वास गर्छन् भनि एकजना मनोवैज्ञानिकलाई सोधेकि थिए। उहाँँले बिधार्थीमा भरपर्छ भन्नभाथ्यो । किताबको अभाव भएका बेला भएका किताबहरुमा पनि यस्ता गल्ति भेटिनु कहाँसम्म उचित छबिद्यार्थीहरुले कति गलत कुरा सिकिरहेका छन् भन्ने कुरा सजिलै अनमान गर्नु सकिन्छ। हुनु त प्रसिद्द राष्ट्रि्रय र अन्तराष्ट््रिय पब्लिकेशनहरुमा पनि कहिकतै गल्तिभएकै हुन्छ तर त्यस्ता पब्लिकेशनहरुमा नितिनीयम लाग हुन्छन गल्ति अनसार सजाय हुन्छ। प्राईभिट पब्लिकेशनहरुमा त अति गल्ति भेटिईरहेका छन् । लेखक सम्पादकको सानो गल्तिले बिधार्थीको ठलो भईरहेको छ । यस सम्बन्धमा नेपालमा कुनै अनुगमनकर्ता छन् कि छैनन् छन् भने कहाँ छन् कहिँे तिनीहरु अनुसन्धान गर्नुपर्ने परिस्थितीमा त छैनन्

नेपालमा च्याउँ जस्तै उम्रीरहेका प्राईभिट पब्लिकेशनहरुले च्याउँको जस्तै स्वाद दिन सके कसो होला








कलेजको पहिलो दिन

कलेजको पहिलो दिन

फयाकल्टि सोध्दा अक्क न बक्क

ठुल्दादासँग २०६१÷५÷१९ गते फर्म लिन मंगल उच्च मा।वि। गएकै दिनदेखि मेरो उच्च शिषा शुरु भएको थियो । त्यो पहिलो दिदादाले मलाई कषाकोठामा परयाइदिनभएको थियो । सुदुरपश्चिमको बैतडी जिल्लाबाट आएकी थिएँ लामो कुर्तासलवार लगाएकी थिएँ विस्तारै कषमा प्रवेश गरें । सबै नौला अनुहारछात्रा छात्र सबै पाइन्ट सर्ट टाई छालाको जुत्तामा चिटिक्क परेका सबै मलाई अचम्म मानेर हेरिरहें ।

काठमाडौं आएको दुई दिन मात्रै भएको थियो सुदुरपश्चिमेली भएकाले नेपाली बोल्न फिटिक्कै नआउने सबै परिचय गरौंन भनी हात अगाडी सार्थे ूघर बैतडी नाम गीताू यत्ति मात्रै भन्थें । कलेजमा पढाई भएको थुप्रो भइसकेको रहेछ । पहिलो पिरियड के हो भन्ने पनि थाहा थिएन अंग्रेजीमा पढाउने गुरुहरुले पनि त्यसैले पनि हुनसक्छ मैले के को पढाई भैरहेछ भनेर थाहा नपाएको ।

विहानको आठ ८ः०० बज्यो अरु विद्यार्थीहरु खाजा खान क्यान्टिनतिर लागे । म एक्लै टोलाएर बसिरहें । १५ मिनेटपछि सबै विद्यार्थीहरु आ-आफ्नो केठातिरातिर फर्के म पनि जुनकोठामा दादाले जानु भन्नुभएको थियो त्यसैकोठाभित्र गएँ । यद्यपि त्यो केठामा के को पढाई हुन्छ भन्ने पनि थहा थिएन । त्यो केाठामा पढाई हुन्छ भनेर सोधुँ भने पनि कसरी आफूलाई नेपाली बोल्न आउँदैन जे पर्ला पर्ला भनेर बेाचमा चुपचाप बसिरहें कोठाभित्र गुरुको प्रवेश भयो उहाँले मलाई मेरो परिचय भन्न लगाउनु भयो । टक्क उभिएर भनें - ूमेरो नाम गीता चन्द हो मेरो घर बैतडी जिल्लामा पर्छू अरु पनि धेरै कुरा भन्न मन लागीरहेको थियो तर के गर्ने पुरानै कुरा ः- नेपाली बोल्न आउँदैनथ्यो ।

म चुपचाप लागेको देखेर गरुले भन्नुभयो ूजर्नालिजम् पढ्ने मान्छेले त बाठो पो हुनुपर्छ ू उहाँले जर्नालिजम् भनेको सुन्दा म अक्मक्क परे जर्नालिजम् भन्या के हो पढाई सुरु भयो । आमसाचार भनेको यस्तो हो उस्तो हो भन्दै हुनुहुन्थ्यो सरले सरले पढाउनुभएको केहि बुझिन । सर बाहिर निस्कनुभएपछि एकजना मसँगै बसेकी छात्रा सुसन ले मलाई सोधिन् - तिमी कुन फ्याकेल्टीको हो भगवानसँग गुहार मागे हे भगवान फ्याकेल्टी भनेको के हो उसले लगातार प्रश्न गरिन् - कमस्र आट्स एजिुकेसन के हो म झनै फसादमा परे । विद्याकसम् केहि उत्तर नदिएपछि सुसन र उसका साथीहरु मुखामुख गरेको देख्दा आँफै लाज्जीत भए आफैले आफैलाई धिक्कारे आफैलाई पाखे भने ।

सोचे साथीहरुसँग त बोल्न सकिरहेकी छैन म के पढुँला पाँचौ पिरीयड गणितको रहेछ त्यसै कोठाभित्र बसिरहे । गणित पढ्ने विद्यार्थी र गुरुको कोठा भित्र प्रवेश भयो । सिम्पल पार्टसियल फ्रेक्सनको पढाई भइरहेको रहेछ । धन्य हो यो सरले चाँहि मेरो परिचय सोध्नु भएन । गुरुले अंग्रेजीमा पढाउँदै जानुभयो । सत्य सत्य धरोधर्म त्यो च्यप्टरको यस क् पनि वुझिन किनकी ९-१० मा ऐच्छिक गणित नपढेकाले पाचौँ पपिरियडको समाप्तीसँगै हाम्रो छुट्टी भयो । सवै छात्रछात्रा घरतिर लागे । म पनि आफ्नो डेरातिर लागे । बाटोभरी एउटै बारेमा सोचीरहें । नेपाली सिक्छु ।

म एस।एल।सी। पास हुँदा मेरो परिवार लगायत मेरो टोलका सवै खुसी हुनुभएको थियो । यद्यपी उच्चशिका लागि गाउनहुँदा हामी केहि खुःखी थियौ । गाउँ वाहिर गएर पढ्न साह्रै गार् हो थियो किनकी छोरीलाई पढाउन बाहिर पठाउनुहुदैन भन्ने गलत विचार गाउँलेहरुले मेरा आमाबाबाको दिमागमा भरिदिएका थिए । सानैदेखि पढाईमा अत्यन्तै रुचि भएकाले घरमै बसेर भएपनि पढ्ने इच्छा आमाबाबा सामराखेपछि भारतबाट बाबाले किताब किनेर ल्याईदिनुभयो । २ महिना घरमै बसेर पढंे । मेरो घर भारतको नजिकै भएकाले हिन्दी पढ्न बुझ्न लेख्न गाह्रो भएन । त्यतिबेला नेपाल द्धन्दात्मक परिस्थितिमा थियो । जसको कारण घरमा बसेर पनि पढ्न पाइएन गाउँलेहरु विहे गरिदेउ छोरीलाई पढाए पनि नपढाएपनि आखिर अर्काको घर जाने न हो भनेर बाबाका कान भर्थे । तर मेरा आमाबाबा गाउँलेहरुको कुरामा असहमत हुनुहुन्थ्यो । घरमा बसेर पढ्ने वातावरण एकाएक विग्रेपछि मैले काठमाडौका लागि २०६१।५।१४ गते घर छाडे घरकी कान्छी छोरी आमाबाबाबाट कहिल्यै टाढा नगएकी एक्कासी घर छोड्दा मेरो मुटु नै चुँडीएजस्तो भएको थियो । मेरा हातखुट्टा अपाङ्गका जस्ता भएका थिए । आमासँग सदरमुकाम गडी आएकी थिए । एक रात सदरमुकामै वितायौं । उज्यालो भयो ७ बजेको गाडीमा म काठमाडौ का लागि चढें । रुदै गरेको मेरी आमालाई सदसमुकाम मै छोडेर आए । कहिल्यै वसमा यात्रा नगरेको हुनाले बाटोभरि बान्ता भएर मेरो लामो दुरिको यात्रा दुःखद रहेको थियो । १७ गते विहान ११ बजे नयाँ वसपार्क पुगे । चिल्लो वसपार्क म त स्वर्ग पुगे जस्तै लाग्यो । वित्यास पनि लाग्यो । अव कहाँ जाने मेरो दादा कीर्तिपुरमा वस्नुहुन्थ्यो । उहाँसँगै बस्न काठमाडौ आएकी थिए । उहाँलाई फोन गरेर बोलाउनु पर्ने थियो फोन गर्न कहाँ जाने सडक क्रस गर्न पनि आउँदैनथ्यो । के गर्ने कता जाने म दोधारमा परे तर दादा मलाई लिन वसपार्क आउनुभएको रहेछ । मैले उहाँलाई देख्ने वित्तिकै खुसिले गदगद भए । म दादासँगै उहाँको डेरामा गए । उहाँले मलाई गणित र पत्रकारीता पढ्नुपर्छ भन्नुभयो । तर अरुहरु पत्रकारीता नपढ भन्थे यो विषय गार् हो छ यसमा बाठो मान्छेको मात्र काम छ तिमी यो पढ्न सक्तिनौ भन्थे कताकता डर लाग्थ्यो म के पढ्दैछु मेरो भविस्य उज्यालोको सट्टा अन्धकारमा डुब्ने पो हो कि आफैलाई प्रस्न गर्थे । पत्रकारीता भनेको के हो थाहै थिएन तर पनि मैले हिम्मत गरे ूसोंचे यदि पत्रकारिता गाह्रो छ भने जसरी भएपनि पत्रकारिता नै पढ्छु । केहि दिनपछि सबैकुराको आइडिया आइहाल्ला । ू मेरो मातृभाषा डोटेली भएकाले नेपाली बोल्न पनि आउँदैनथ्यो तर नेपाली भाषा सिक्न मलाई ७ दिनपनि लागेन ४ दिनमै म फर्र नेपाली वोल्न थाले ।

नढांटी भन्ने हो भने ८ महिनासम्म कलेज जाने र घर फर्कनेमा मात्रै सिमीत थिए । पत्रपत्रीका पढ्ने बानी नै थिएन किनकी गाउँमा भित्तामा टाँस्न भारतवाट अमर-उजाला भन्ने पुराना पत्रिका ल्याउँथ्यो त्यो बाहेक अन्य कुनै पत्रिका देखिकै थिएन । ८ महिनाको काठमाडौ बसाईपछि पत्रपत्रिका पढ्ने बानी बसाले । कीर्तिपुरमा बसाई भएकाले स्थानीय पत्रिकामा प्रशिषार्थी भएर समात्रार पठाउन थाले मेरा सबै समाचार छापीन्थे । विस्तार विस्तारै मेरा लेख कविता गीत अन्य पत्रीकाहरुमा छापीन थाले ।

मेरा थुप्रै लेखहरु कान्तिपुर दैनिक लगायत अन्य पत्रिकामा छापीसकेका छन् । अहिले म मानविकी क्याम्पसहरुमा सवैभन्दा बढि विद्यार्थीको चाप भएको आर।आर। क्यामपसमा स्नातक तह प्रथम वर्ष पत्रकारिता समुह मा अध्ययनरत छु । यहाँ पढाई सुरु भएको लगभग डेड महिना भइसक्यो २८ दिन बस्ने ठाउँ नभएर उभिएरै पढें तर पनि मलाई पढ्न कुनै अप्ठेरो लागेको छैन किनभने म अहिले भिडभाड होहल्ला सवैकुरा पचाउन सक्ने भइसकेकी छु ।






सर्ट कट

गीता चन्द

सर्टकट
सर्टकट
<>
हरेक वर्ष धुमधाम मनाइृने फागू पर्व यसपाली पुजारीकॊ मृत्य भएकाले मनाईएन।

>
रोडीदेवल गाबिसको तिताबै भन्ने ठाउमा ुहने यो पर्वमा दुई दिनसम्म ठुलो मेला लाग्ने गर्दछ। मेलामा भाकल गरेका खसि रागा काट्ने चलन छ।



गिरेगडा गाबिसमा भेटनरी नहुदा अनगिन्ति पशुहरुको मृत्य भएको छ।

यो ठाउमा अहिले सम्म पशुस्वास्थ्य सेवाको सबिधा छैन। पुशहरु यो रोग लागेपछि घासपानि खान छाड्ने आखाबाट आसु झार्ने दुब्लाउदै र अन्तमा मर्ने गरेका छन्।

यद्धपि कुन रोगका कारण मरिरहेका छन् भन्ने कुरा पत्ता लागेको छैन।

ज्ञद्द फागन ण्टद्ध

श्रीकेदार नागार्जुन उच्च माविले हिजो विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

ड गतेदेखि सुरु भएको उक्त महोत्सव खेलकुदहाजीरिजवाफहिज्जे प्रतियोगिता र सास्कृतिक कार्यक्रम गरी बाह्र गते सम्म मनाईयो।

यो विधालय चौसट्ठी सालमा उच्च मावि बनेको हो यहा शिक्षा शास्त्रका नेपाली र अंग्रेजि विषयको पढाई हुन्छ।

म्ानसीक रोगी बढे

म्ानसीक रोगी बढे

चन्द गीता

म गिरेगडा गाबिसको वडा नं।७को एउटा सानो टोलमा बस्छु यो टोलको जम्मा जनसंख्या ९६ जना छ। जसमध्ये हाल ८जनाको मानसीक सन्तुलन ठीक छैन।

दुई जनाको मृत्यु भइसकेको छ भने आठ जनालाई निको भईसकेको छ।यसरी मानसीक रोगीहरुको संख्या सोह्र जना हुन आउछ यो पाच पर्ष भित्रको मानसीक रोगीहरुको संख्या हो। मेरो गाउका यि मानसीक सन्तुलन बिगॆ्रकाहरुका बारेमा मैले चियोचर्चा गरे सोधखोज गरे। यो खानदानी रोग हो देवताका कारण लागेको हो भन्ने प्रतिकृया पाए।

गाउलेहरुबाट यस्तो प्रतिकृया पाएपछि म कसैलाई केही नभनि बैतडी जिल्लाका केही गाउहरुमा मानसीक सन्तुलन बिग्रेका हरुको बारेमा जाकारी लिन गए। गिरेगडाका प्रत्येक टोलमा गए त्यहा गएर रोगीहरुलाई प्रत्यक्ष भेटेयहाका रोगीहरुको संख्या र यिनिहरुको स्थिती देखेर मेरो मष्तिष्कमा पनि केही असर पर्न गयो भन्दा यो आफैमा हास्यास्पद कुरा हुन्छ र तपाईहरुलाई यि कुरा मन गढन्ते लाग्लान्। यद्दपि साचो कुरा यही हो।यि रोगीहरुको बारेमा गहिरिएर साच्ने हो भने जसलाई पनि असर पर्छ होला।

ल्ाागौ दशरथ चन्द नगरपालीका तिर। जर्ग निवासी अमिता अहिले १८ वर्षकि भईन्। उनको पोहोर साल २७ वर्षको केटासंग धुमधाम विवाह भएको थियो। विहे भएको केही महिनामै उनको मानसीक सन्तुलन गुम्यो। उनि रातभरी हल्ला गर्ने अपाच्य गाली गर्ने खाना नखाने ढुंगाले जो पायो उसैलाई हिर्काउने र दिशापिशाप खाने जस्ता कार्य गर्न थालिन्। देवताको कारण हो भनेर घर र माईती पक्षले अनेकन पुजापाठ पनि गरे अस्पताल पनि पुरयाए तर उनको स्वास्थ्मा कुनै परिर्वतन आएन। अहिले उनि माईती घरमै बसीरहेकि छिन्।

त्यसैगरि नगरपालिकाकै अर्को कापडिगाउ निवासी कल्लु नाम परिवर्तन १२ वर्षदेखि मानसिक रोगी छिन्।उनका २ छोरी र१ छोरा छन् तर छोरीहरु ीवहे गरेर आफ्नो घर गए भने छोरा मुम्बई। उनि घरमा एक्लै बस्छिन्। उपचारका लागि उनका छोराले मुम्बै लगेपनि त्यहा गएपछि बढि भएपछि घर ल्याइएको उनका छिमेकिले बताए। उनि पहिला जो उनको नजिक गयो उसलाई काट्न जान्थिन तर अहिले उनि आफै गुनगुनाउने गर्छिन्।

नगरपालिकाको छिमेकि गाबिस ग्वाल्लेकमा एकै परिवारका ५ जना मानसीक सन्तुलन बिग्रेका छन्। २ दाजुभाई ३१ र ३५ का दबैले १० सम्म पढेका छन्। यिनिहरु कसैलाई जाई लाग्दैनन्खेतीपाती गर्छन् तर गोबर खाने घास खाने गीत गाउने नाच्ने जस्ता कृयाकलाप गर्छन्जसलाई देखेपनि हामिलाई छिटै सन्चो होस् भनेर भगवानसंग पा्रथना गरिदिनस् भन्छन्। त्यस्तै यसै गाउका असोक २४ वर्षका छन् उनको पनि अवस्था दयालाग्दो छ ।उनि आफै हास्छन् कहिले रोइरहन्छन् माटोमा सुतिरहन्छन्। उनले ०६० सालमा एसएलसी गरेका हुन तर माथि भने पढ्न सकेनन्। कारण मानसीक असन्क्तलन।

म्ाानसीक रोगकै कारण यहा १ जना केटिको ०६५ चैत्रमा मृत्य भएको छ। उनले मानसीक असन्तुलन कै कारण १० पास गर्न सकिनन्। उनलाई उपचारका लागि काचनफर भारतको खटिमा र टनकपुर लगियो तर उनलाई झन् रोगले च्याप्न थालेपछि काठमाण्डांैको पाटन अस्पतालमा नाम टिपाइयो तर काठमाण्डौ लैजान १ दिनमात्र थियो उनले पा्रण त्यागिन्

अब लागौ रोडीदेवलतिर।

यहा पनि अन्य ठाउको जस्तै स्थिती छ। ५ वर्षयता देखि एकै परिवारका ५ जनाको मानसीक सन्तुलन बिग्रेपछि घरछोड्न बाध्य छन् यहाका २ परिवार। जग्गाको कारण देवता लागेकोले यि परिवारले घर छाड्न परेको हो। यसै गाबिसको बिजुलमा १५ जनाको एउटा पविार छ। जसमध्ये मानसीक रोगका कारण २ जनाको १ वर्षभित्र मृत्य भएको छ भने ४ जना अझ विरामी छन्।

आम्चौरा गाबिस निवासी बिरु प्नि मानसीक रोगका सीकार छन्। उनि आफ्नो पविारलाई दिनसम्म दुःख दिन्छन तर नचिनेका मान्छेलाई केही नगर्ने परिवार सो्रतले बताएको छ। उनि २ छाराका बाबु हन्।

यहा रोगीहरुको बारेमा जति लेखे सकिदैन धेरै कुरा लेखेर मानसीक भारी बढाउनुभन्दा छोटकरीमा टुंग्याउछ।

मैले देखेका अधिकांस रोगीहरु खानदानी छन्। भन्नाले बाउबाजेको पनि मानस्कि रोगका कारण मृत्य भएका हरुको संख्या बढि छ। १५ देखि ६५ वर्षसम्मका मानिसहरु यो रोगबाट बढि पिडित छन्। रामो्र जागीर खाईरहेका र शिक्षितहरु ब्ढि पिडित छन्। केही रेागीहरु अस्पताल पनि गईसके तर अस्पताल जादा रोग बढि हुने हुदा अस्पताल जानुभन्दा दविदेवताको पुजा गर्न बेस ठानि पुजापाठ गर्छन फलस्वरुप ५०प्रतिशत रोगीलाई साचो भएको दाबि गर्छन यहाका जनता।

यहाका जनताका प्रतिकृया अनुसार जग्गा धनसम्पति का कारण देवताले यसतो गरेको हुनसक्ने सम्भावना छ। म्ानसीक रोगकेा कारण भेाली केही गर्नुपर्छ भन्ने जागरिला युवाहरु म्ाानसीक रोगकै कारण केहीगर्न सकिरहेका छैनन्। केही परिवारले घरजग्गा छोडेका छन्। मैले भेटेका २० जनामा १७ जनाले देवताको पुजामा गाइने फाग र विवाहमा गाइने सगुन गीत ठाडी भाका गाउछन आधा रात घुम्ने गर्छन्। के कारणले यस्तो भएको होला के देवताको कारण यस्तो भएको हो के यो खानदानी र सरुवा रोग हो रोगीलाई अस्पताल लैजादाबढि हुनुका पछाडी के कारण होला के यो रोग कहिल्यै निको हुदैन बरिष्ठ मानसीक रोग विशेषज्ञ डाक्टरहरुका सल्लाह सुझावको प्रतिक्षामा बस्नेछु

गिरेगडा ७ बदरकोट बैतड



Sunday, May 24

प्रहरी दाजु लाई पत्र

प्रहरी दाजु लाई पत्र
आदरणीय दाजु गगन दर्शन ढोग !

सर्बप्रथम मेहनत र कडापरिश्रमका बाबजुद असै हुनुभएकोमा हार्दीक बधाईज्ञापन गर्दछु । सहपरिवार यहाँ कुसलै छौं दाजु । हजुरको स्वास्थ्य लागी दाजु हजुरप्रहरी हुनुभएपछि ूछोरा विग्रे पुलीस छोरी विग्रेनस्र भन्नेू भनाइलाई झलझली सम्झदै यो पत्र कोरीरहेकी छु । २०६३ बैसाख १२ गते मोरङ्गको बेलबारी स्थित बेसक्याम्पका ११ जना कर्मचारीले स्थानीय सपनाको बलात्कार पछि हत्या गरेका थिए । गाउँमा श्रीमती सहित ४÷५ छोराछोरीका बुवाभइसकेकाहरु अर्को विहे गरिरहेका छन् । पहिली श्रीमती र छोराछोरीलाई अन्धकारको भुमरीमा घचेटेर अन्यौनमा पारीरहेका छन केहि प्रहरीहरु ।

प्रहरीद्धारा बलात्कार घुसपैठारी चन्दा असुली हत्यािहंसा जस्ता समाचार हाम्रा आँखा सामु ताजा छन् । कुनै कुनै टेलीसृफ्ला चलचीत्र र गाइजात्राका गीतहरुमा प्रहरीलाई सानो बनाउन खोजीएको हुन्छ । कुनै घटना घट्दा प्रहरीलाइै घट्नास्थलमा ढिलो पुगेको देखाइन्छ । यस्ता यस्ता समाचार देख्दा र टेलीभीजनमा दृश्यदेख्दा उल्लीखीत भनाई सत्य पो हो कि भन्ने शंका लागीरहेको छ ।

सबैसँग रगतको नाता नभएपनि नेपाल आमाकी सुपुत्री भएका नाताले हजुरलगाएत नेपालआमाले जन्माएका लाखौं नेपाली प्रहरी सपुत हरुलाई बहिनी बनेर केहि भन्न चाहेकी छु । प्रहरी भनेका राष्टका हुन देश र जनताको र अन्य अपराधको निर्मुल पार्नु पिडीतहरुलाई न्याय दिलाउनु नै प्रहरीको कामकर्तब्य हो । त्यसैले दाजुहरु अनुसासनको दायराधित्र रहेर काम गर्नुहोला असत्यको बाटो सदाकालागी त्यागीदिनुहोला । पैसाको लोभ र लालचमा फसेर कसैको दवावमा आएर कुनै पनि काम नगर्नुलोला । दर्जाबढाउन गर्ने नहुने काम पनि यदाकदा भएको सुन्छु जनताको सेवा गर्नु हजुरहरुको काम हो दर्जा आफै बढ्छ ।

केहि प्रहरीका पशुजन्य ब्यवहार र घृणाीत कार्यले ूछोरा विग्रे पुलीसू भन्ने भनाईमा तेल थपेको छ । प्रहरी पोष्टकै बदनाम भइरहेको छ । प्रहरी पोष्टको बलात्कार भइरहेका छ । त्यसैले ूछोरा विग्रे पुलीसू भन्ने भनाइलाई उल्ट्याउनुहोस् । नेपालमा भइरहेका हत्यािहंसा लुटपाट बलात्कार भ्रष्टाचार चोरीडकैती रोक्नुहोस् देखाई दिनुहोस् आफ्नो पोशाकको शक्ति ।

अन्तमा दुःख कष्ट आँधी तुफान बाढिपहिरो असिना भिडन्तलाई पचाएर पाउनुभएको पोशाक पद र फुलीको बदनाम हुन नदिनुहोस् विद्या बुद्धि परिश्रम साहस इमान्दारीता र निस्पष भएर काम गर्नुहेला विजय हजुरहरुकै हुनेछ । यहि आग्रहका साथ विदा हुन्छ । हजुरी बहिनी !

गीता चन्द

गिरेगडा - बदुरकोट बैतडी<
स्नातक प्रथम बर्ष

विदेशमोह रहर कि बाध्यता

विदेशमोह रहर कि बाध्यता
हाम्रो देश द्धन्दात्मक स्थितिमा छ भन्दैमा अर्को देशमा गई पढ्ने के अर्काको देशमा सुरभएर पढिएला ू हामीले त हाम्रा देशका दुर्गम ठाउँहरुलाई विकास गरेर सुगम बनाउनु छ यदि हामी सानो कष्ट आउँदैमा अर्कोको देशमा गएरपढ्न बस्न थल्यौ भने हाम्रो दुर्गम जिल्ला कहिले सुगम बन्लान्

यस्ता प्रश्नले मलाई शत दिन परिोल्न थाल्यो र मैले घरमै बसेर भएपनि नेपालमै पढ्ने निर्णय गरेकी थिए । किनकी मेरो देश नेपाल हो मेरो धर्मकर्म यहि नेपालसँग साइनु गाँस्छ । हामी सबै नेपाली नेपालका हिमाल तराई पहाड जंगल र पानीले बनेका छौं विभिन्न संस्कार सभ्यता र भाषाले िसंगरीएका छौ । त्यसैले हामीले नेपालका पाँचै विकास षेत्रसँग हात बढाउनुपर्छ चौध अाचल पचहत्तर जिल्लासँग मित लगाउनु पर्छ भन्नेमेरो मान्यता हो । केहि समयको अन्तरालपछि काठमाडौ आएर पढ्ने मौका पाँए । छिमेकी मुलुक भारतमा गएर पढ्न नरुचाउने मलाई काठमाडौमा वस्ने मानिसको स्थिती देख्दा साह्रै अपसोच लाग्यो ।

यहाँ त शहरको भुजा खाएर ठुला भएका र गाउँको ढिडों खाएर ठुलावडा भएका सवैलाई गुहुको मुला बढेझै विदेशमोह देखे । यहाँका नेता अभिनेता किुचिकारसुचिकार पत्रकार अलपत्रकार सवै विदेश जान आतुर रहेछन् । यहाँका भ्म्ख् भर्ने ठाउँमा मान्छेको घुईँचो देख्दा मेरो मस्तिष्कले प्रश्न गर् यो के यिनै हुन नेपाली जो सगरमाथालाई शिरमा राखेर हास्न सक्तैन मेची महाकालीभित्र अटाउन सक्तैन हिमालको सेतो फेटा गुतेर पहाडको हरियो भोटो पहिरेर तराईको पहिलो कछाड लगाएर चावर्ण छत्तिस जातको फुलवारीमा छम्छमाएर नाच्न सक्तैन नेपाली भाषा साहित्य र संस्कारमा रमाउन सक्तैन । के यी अर्काको देशमा स्वतन्त्र भएर बाँच्न सक्लान मेरो मस्तिष्कले फेरी प्रश्न गर् यो । गाउँबाट पढ्न भनि शहरछिरेका अहिलेका शिषित भनाउदाहरु गाउँ फर्कन लाज मन्छन् किनकी उनीहरुमा विदेशमोह पलाएको छ । यस्ता विदेशमोहिलाई देख्दा हाम्रा दुर्गम ठाउँ कहिले सुगम बन्लान भन्ने चिन्ता लाग्छ । विदेश गएका नेपालीहरु जन नेपाल फर्कन्छन् अनि कताकता नमिलेका र नसुहाउँदा बोली बोल्छन् ।

अनि मेरो मस्तिष्कले प्रश्न किन नगरोस के यिनै हुन् नेपाली नेपाली हुन त नेपाली भावन नेपाली पन र नेपाली विचार चाहिन्छ नेपालको विग्रदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै मेरो मस्तिष्कले प्रश्न गर्न छोडी सकेको छ ।

सवै नेपाली रहरले मात्रै नभएर बाध्यताले विदेश पलायन भईरहेका छन् । किनकी यहाँ आफ्ना अनिवार्य आवस्यकता पुरा गर्न कठिन परेको छ । यहा राणातन्त्र राजतन्त्र प्रजातन्त्र हुँदै लोकतन्त्र आउदासम्म पनि गरीविको रेखामुनी जीवन गरिरहनुभएकानेपालीको गरीविको रेखा झन गाढा भइरहेको छ ।

गरीविका कारणले यहाँ दिनहु हत्या िहंसा लुटपाट चोरी डकैती तोडफोड अपहरण चन्दा बलत्कार र भ्रष्टाचार जस्ता पशुजन्यव्यवहार र घृणित कार्यहरु भईरहेका न् । जसकोकारण नेपालको आर्थिक स्थिति खस्कदो छ । कुनै पनि काम समानुपातिक तरिकाले भइरहेका छैनन् ा । हामी नेपाली भोकाएको कुरा कसले बुझ्ने हामं्रो भीक कसले भेटाउने नेपाली राजनीतिमा समस्या समाधानका उपाय निकाल्ने भन्दा समस्या पर सार्ने काम भईरहेका छन्् । युवा परिचालन समवन्धि राजनीतिको कुनै चासो नभएको आभास हुन्छ । फलस्वरुप अधिकंश नेपाली युवाहरु आफ्नो अनिश्चित भविस्यको चिन्ताले विदेश जान वाध्य छन् । नत्र उनीहरुभित्र नेपाली भावना मनमुटुमा कोइलीको कुहुकुहु नेपालका तालतलैया साथै आँखामा माछापुच्छ्रे र अन्नपुर्णको झल्को नआएको होइन ।

आफ्नो देशको विकासमा लाग्नु पर्ने श्रम र शैषिक दुःखको कुरा हो जनशक्ति बाहिरीन रुँष्टकै लागिदखको करा हो।

युवाहरु देशका कर्णधार हुन् देशको भविष्य युवाहरुको हातमा छ । त्यसैले युवा शक्तिको सदुपयोगको लागि सरकारले उनिहरुलाई उचित अवसर दिने खालका योजना तजुमा गर्नु पर्दछ । विदेश जान निरुत्साहित गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ ।

अन्तमा विदेशजाने नेपालीहरु आफ्ने हिमाली तपो भुमि प्राकृतिक क््रिुयाभुमि विरावेशंगनाहरुको जन्मभुमि नेपाललाई कार्यभुमि बनाईरहन पाउन ।

रुखबाट खस्दा एक महिला गम्भिर घाइते

रुखबाट खस्दा एक महिला गम्भिर घाइते
गीता चन्द बैतडीद्दछ जंगलमा स्याउला काट्न गएकि द्धछ वर्षिय महिला रुखबाट खसेर गम्भिर घाइते भएकि छिन्। नार्गाजुन गाबिस निवासी उक्त महिला स्याउला काट्न भनि घरबाट निस्केकि थिइन् तर उनि मध्यानह्न पाच बज्दा सम्म पनि घर नफर्केपछि गाउलेहरु उनलाई जंगलमा खोज्न गएका थिए। उनि बेहोस् अवस्थामा रुखक। फेदमुनि फेला परेकि थिइन्। ग्ााउलेहरुले उनलाई डोलामा बोकेर घर ल्याएका थिए। उनलाई होस्मा ल्याउन नजिकैको स्वास्थ्यचौकीका अहेवलाई बोलाईएको थियो। अहेवल द्दबोतल ग्लुकोज चढाएपछि उनि होसमा आएकि थिईन्। उनको हातगोडा र ढाडमा गम्भिर चोट आएको र उपचारका लागि अस्पताल लैजान अहेवले सल्लाह दिनुभएको थियो यद्धपि घरको आर्थिक अवस्था दयनिय भएकाले उनको उपचार हुन सकेको छैन।

नागरिक दैनिकमा पकाशित

मोवाइल आतंक
देशमा आएको परिवर्तनसंगै बैतडीमा पनि धेरै कुराहरु परिवर्तन आएको छ । कुनै सकारात्मक परिवर्तन त कुनै नकारात्मक परिवर्तन ।
कक्षा ५ मा पढ्ने विद्यार्थीले गोजिमा मोवाईल बोकि स्कुल पढ्न जानु मोवाइलले विद्यार्थीमा ल्याएको नकारात्मक परिवर्तन हो । बैतडीका अधिकांश गा।वि।स।हरुमा मोवाईल नभएका मानिसहरु कुनै भेटिन्नन् ।
दशरथ चन्द नगरपालिका लगायत ५२ ओटा गा।वि।स।मा वढी मोवाइल प्रयोग गरेको पाइन्छ । ग्वाल्लेक गा।वि।स। नागार्जुन गेडिदेवल आम्चौरा पाचेश्वर महाकाली मेलौली सलेना दुर्गाभवानी हटैशज दशरथ चन्द नगरपालिका र गिरेगडा गा।वि।स।हरुमा त स्काई नमस्ते र इण्डियन सिमको लागि २÷२ ओटा मोवाईल सेट बोक्ने गरेका छन् । सदरमुकाम भन्दा पनि तल्लो स्वराडतिर इण्डियन मोवाइलको प्रयोग वढी छ । यद्वपि त्यहाँ चार्ज गर्न विजुली नभएकाले मोवाईल उपभोक्तालाई अप्ठेरो परेको छ ।
साचारका साधानको पहुँच सवै ठाउँमा हुनु खुसीको खवर हो मोवाइल वोक्नु पनि राम्रै कुरा हो तर सौखको रुपमा प्राथमिक शिक्षा लिइरहेका स्कुलेहरुले मोवाइल बोक्नु कहाँसम्म उचित कुरा छ यो तपाई हामी सजिलै अनुमान गर्न सक्छौ ।
महाकाली अाचालभरि फोन गरेको २ रुपैयाँ पनि लाग्दैन । इण्डियन मोवाइलफोन त एकदमै सस्ता छन् । त्यसैले यहाँ केटाकेटीहरु फोनमा लगातार ५ घण्टा पनि कुरा गरिदिन्छन् । जहाँ पायो त्यही मिसकल गर्ने राती फोन गरेर डिष्टर्व गर्ने जस्तो अनुचित प्रयोग भईरहेको छ मोवाइलको । सस्ता सस्ता चाइनिज मोवाइलहरुवाट केटिहरुको फोटो खिच्ने र मोवाइलको स्क्रिनमा फोटॊ राखी मेरो गर्लप्रुेण्ड हो भन्दै हिड्छन यहाँका केहि केटाहरु ।
१० जना केटाहरुले आफ्नो मोवाइलको स्क्रिनमा केटीहरुको फोटोराखेको र यो को हो भन्दा गर्लप्रुेन्ड भनेको मैले प्रत्यक्ष देखेसुनेकीछु । यस्तो गर्नेहरुको नाम पत्रिकामा जान्छ है भन्दा सवैले आगामी दिनहरुमा यस्तो नगर्ने प्रतिवद्धता व्यक्त गर्दै फोटो डिलिट गरेका थिए ।
मोवाइलकै प्रसंगमा एउटा रोचक घटना म यहाँ प्रस्तुत गर्दैछु । कुरा २०६५ सालको चैते दशैंको हो म हाम्रो कुलदेवता गोपजीशी मन्दिरमा पाचमीको दिन मैले भाकल गरि मन्दिरमा चढाउन लगिएका घण्टा ध्वजाहरुमा अक्षताले पुजा गरिरहेकी थिए पडितले मन्त्र पढ्दै हुनुहुन्थ्यो । अक्षताले पुजा गरिसकेपछि उहाँले मेरो दायाँहातमा जल राखीदिनुभयो उहाँ फेरी मन्त्र पढन थाल्नु भयो र तिमीले जेकामका लागि भाकल गरेकी छौ ति कुरा सम्झ भन्नुभयो । म मनमनै सम्झिन थाले । यतिकै बाहुनवाजेकै मोवाइल बज्यो र भन्न थाल्यो । ुअगर तुम मिलजाओ जमाना छोड्देंगे हमु हजुरको फोन वज्दै छ रिसिभ गर्नुहुन्छ कि मैले उहाँलाई भने फोनउठाउन खल्तिमा हातमात्र के हालेको थियो फोन बज्न वन्द भयो बाजे मनमनै गुनगुनाउनुभयो । के भो बाजे मैले उहाँलाई प्रश्न गरे । ूखै कसले पो मुसिकौल गर्छू उहाँले उत्तर दिनुभयो । मेरो पुजा भंग गर् यो त्यो मोवाइलको रिङटीनले । तनमन लगाएर भक्ति भावनामा डुवेकि म अहिले पनि दुःखी छु ।

उहाँले मोवाईल बोक्नुहुन्न भन्ने मेरो मतलव कतै होइन यद्वपी पुजागर्नेवेला स्विच अफ गर्नुभएको भए उचित हुन्थ्यो भन्ने मात्रै मेरो सोचाई हो । विद्यार्थीको हकमा कलम बोक्नुपर्ने खल्तिमा मोवाइल वोकि त्यसको अनुचित प्रयोग गर्नु विद्यार्थीका लागि कत्तिपनि उचित छैन । यो विद्यार्थी तल खस्केको संकेत हो ।
धनिमानिका छोराछोरीले मोवाइल वोक्दा त आर्थिक अवस्थामा कुनै असर पर्दैन तर गरिवहरुकालागि यो गलपासो बनेको छ । मोवाइल त जसोतसो किनियो तर रिचार्ज गर्न पैसा चहिन्छ । र व्याट्री चार्ज गर्न पनि टाढा जानुपर्छ तल्लो स्वराडका केहि आमा वावु दुःखेसो पोख्छन ।
बच्चाहरुलाई खानलाउन दिन नसकेको भए आमावावुले दुःखेसो पोख्नु ठिकै हो तर मोवाइलको उपभोग गराउन नसक्दा दुःखेसो सुनाउने आमावावुको त्यो दुःखेसो होइन बरु विद्याथर्ीैलाई आवश्यक कुराहरु किनिदिनुस् । र विद्यार्थीहरु पनि यो कुरा बुझिहाल्नुस् कि तपाईको अहिलेको काम केवल पढ्नु हो त्यसैले ज्ञानका कितावहरु किनिमाग्नुस् आमावावुसंंग । नयाँ नयाँ कुरा सिक्नुस् आपुूले जानेका कुराहरु अरुलाई पनि सिकाउनुस् । समय परिस्थिति अनुसार मोवाइलको प्रयोग पनि गर्नुस् तर मात्र उचित प्रयोग । कक्षा ५ मा पढ्ने साना विद्यार्थीहरुलाई मेरो अनुरोध छ कि तपाइको मोवाइल वोक्ने समय आउँछ पक्कै पनि त्यो मौका नगुमाउनुहोला तर विन्ती १ सुनौलो विद्यार्थी जीवनमा पढ्ने मौका पनि नगुमाउनुस् है १

चन्द गीता
बैतडीगिरेगडा ठ बदरकोट

सुगूरले निम्त्यायो समस्या

सुगूरले निम्त्यायो समस्या चन्द गीता बैतडी तपाईहरुमध्ये कति जनाले सुगूर देख्नभएको छ अ पक्कै पनि चिडियाखाना वा जंगलमा देख्नुभएको छ होला। तर बेतडी जिल्लाको तल्लो र मध्य स्वराडबासीहरुले सुगूर हेर्न न चिडियाखाना जानुपर्छ न त जंगल नै।यहाका जनताहरु जगली जनावर बाघभालुस्यालर सुगूर पिडित छन्। अन्य जंगली जनावरको तुलनामा सुगूरले बिगत छ वर्षदेखि यहाका जनताहरुलाई नोक्सान पुरयाउदै आईरहेको छ। यहाका अधिकांस गाबिसहरुमा रानीजंगल सामुदायिक बन छन्यि जंगल ठुल्ठुला जंगली जनावर बस्ने घना भईसकेका छन्। जसको कारण जंगली जनावरलाई आक्रमण गर्न सजिलो भएको छ।
ख्ाास गरेर जंगली जनावरले खेतमा लगाएको अन्नबाली सखाप पार्नुका साथै गराहरुमा ठुल्ठुला प्वाल पारी माटो कुल्चने हुनाले यहाको उर्बरा माटो सखाप हुने अवस्था आएको छ। संकटकालको बेला जनताका बन्दुकहरु जिल्ला प्रशासनमा जम्मा गरिएकाले सुगूर मार्न नपाउदा अहिले जताततै सुगूरको बिगबिगी छ यद्दपि गणतन्त्रको स्थापना सगै जम्मा भएका बन्दुकहरु फर्काइएपछि एक महिनाभित्र छ वटा सुगूर स्थानिय बासीहरुले मारिसकेका छन्। सुगूरले अन्नबाली नष्ट पार्नुका साथै मानिसहरुमाथि पनि आक्रमण गरिरहेको छ। गत चैत्र महिनामा आम्चौरा गाबिसस्थित निग्लाड भन्ने गाउमा एक मलिामाथि आक्रमण गर्दा उनि गम्भिर घाइते हुनुका साथै उनको मानसिक सन्तुलन गुमेको छ। ग्ााउलेहरु मिलेर टछ के।जी। तौल भएको सुगूर मारेपछि ठाकुर मन्दिरको कालो पाटमा राखी सबै गाउलेहरलाई बाडेकोले भगवान् निराश भई यस्तो गरेको हुनसक्ने स्थानिय बासिले बताए।यहा केही वर्ष अगाडी बाघ मार्दा सोही कालो पाटमा राखेर बाडेकोले सुगूरलाई पनि त्यसै गरि बाडेको िनंग्ालाडबासीले बताए।

Wednesday, May 20

महिलाका समस्या

महिलाहरुका समस्या संविधान सभाको चुनाव र पेट्ोलीयम मुल्य बृद्धिको चर्को बहस चलिरहेकाबेला यो समस्या राख्न त कदापी मन थिएन तर के गर्नु चुनाव र पेट पदार्थको के हुने हो बुझ्नै गाह्ो पर् यो । त्यसैले समस्या राखी हाल्छु म सुदुरपास्चिमको बदुरकोट भन्ने गाउँमा जन्मेकी हुँ मैले गाउँकै स्कुलमा पढेको पनि हो । त्यसैले गाउँका महिलाहरुको समस्याबारे मलाई धेर थोर थाहा छ । खै कहाँदेखी सुरुवात गरुँ
पढाईका अतिरीक्त बच्चाबेलामा म आमासँग मेलापात गर्न जान्थे मेरो वाल्यावस्था एकदम रमाइलो थियो तर आमा महिनावारी भएको बेला उहाको रुवाई र छट्पटाहटले म केहि दुःखी थिए । आमा राम्रोँंग खाना पनि खानुहुन्थेन मैले आमा किन रुनुहुन्छ भन्नेपनि थाहा पाएकी थिईन । यसका बारेमा गाउँभरि चियो चर्चागर्न थाले गाउँका अन्य महिला पनि यो समस्याबाट पिडित भएको मैले भेट्टाए र उहाहरुबाटै मैले थाहा पाए कि आमाको रुनुको कारण पेट दुखाई रहेछ भनेर स्कुलमा पदढा पनि मेरा साथीहरु महिनावारी भएको बेला डाँको छोडेर रुन्थे ।
आफु यो समस्याबाट पिडीत नभएपनि मेरी आमा गाउँका अरु महीला र मेरा साथीहरुको महिनावारी भएका बेलाको रुवाई र छट्पटाहटले मलाई यो विषयप्रतिको चासो बढ्दै गयो मैले यो समाधानका उपाय खोज्ने प्रयास गरे विभीन्न पुस्तकहरबाट केहिमात्रामा यो समस्या समाधानका उपाय भेट्टाएपनि महिनावारी भएको बेला आराम गर्ने झोलपदार्थ पिउने चिल्लोपिरो कम खाने र मनतातो पानीमा खुट्टा डुबाउने जस्ता उपाय मैले पिडीतहरुलाई बताए उहाहरुले मैले भने अनुसार सबैथोक गर्नुभएछ तर दुभाग्य समस्या समाधान भएन उहाँहरु अस्पतालपनि नगएका होइनन अस्पतालबाट पनि मैले बताए जस्तै सल्लाह दिनुभएछ डाक्टरहरुले ।
गाउँघरमा त बिहे गरेपछि यो आफै निकोहुदै जान्छ भन्नेपनि सोचाई छ फलस्वरुप धेरैले विहेपनि गरेका छन् । मलाई सधै यो प्रस्नले पिरोली राख्छ कि विहे भएपछि निको हुने भए मेरी आमाको पेट किन दुख्छ त मलाई यो विषय प्रति चासो नघटेकाले म जहाँभएपनि यस समस्याबारे सोधीखोजी गरिहाल्छु । मलाई त लाग्थ्यो कि यो समस्या गाउँका महिलाहरुलाई मात्र हो भनेर तर वास्तविकता त्यो होइन रहेछ ।




यो समस्यावाट शहरका महीलाहरु पनि पिडीत हुनुहुदो रहेछ भन्ने कुरा थाहा पाएँ । अधिकांश महिलाहरुलाई यस्तो अवस्थामा तल्लो पेट र ढाड दुख्नुका अतिरिक्त टाउको दुख्ने ज्वरो आउने खोकि लाग्ने िरंगटा लाग्ने र वाकवाकी लागी बान्ता हुने लष्न् । यस्तो पिडा सहन नसकेर धेरैले बु्रफीन र बु्रसेट जस्ता थुप्रै औषधीहरुको सेवन गर्दै आउनुभएको छ । केहि समयको लागी दुखाई कम भएपनि यस्ता औषधीहरुको सेवनबाट अनुहारमा खटीरा आउने शरिर मोटाउने र महिनाबारीमा अनियमितता आउने जस्ता नराम्रा असर देखा परिरहेका छन् । जसको कारण औषधी सेवन गर्ने कि नगर्ने भन्नेवारे पनि द्धिवीधामा पर्नुभएको छ पिडीत महीलाहरु दुःख को कुरा यो छ कि यदि यो समस्या सामान्य पेटदुखाई बाट बान्ताहुन सम्म पुग्न सक्छ भने पछि यसले ठुलो समस्याको रुपपनि त लिन सक्छ किनभने यो समस्याले द्रुत गति लिइरहेको छ । तपाइहरुमध्ये कसैलाई मैले उल्लेख गरेका कुराहरु मनगढन्ते लाग्न सक्छन यदि तपाई महिला समस्या सम्बन्धि चासो राख्नुहुन्छ भने तपाई जुनसुकै गाउँ र शहरमा जानुस उल्लीखीत कुराहरुमा शतप्रतिशन सत्यता पाउनु हुने छ ।
महिनावारी हुदा महिलाहरुको पेट दुखाईको समस्या समाधानका लागी पत्रपत्रिका रेडीयो टेलीभीजनहरुले केहि मात्रामा भएपनि पहल नगरेको होइन तर पनि समस्या ज्युँका त्यूँ छ । महिलाहरु यो समस्याका सिकार नै छन । मजस्ता घेरै महिलाहरुको जान्ने इच्छा छ होला आखिर महिनावारी भएको बेला किन यस्ता समस्या आउँछन के यो समस्याको कुनै उपचार छैन गाउँमा मेलापात गर्ने महीलादेखी लिएर आम जनताहरुकालागी समाचार संकलन गर्ने महिला पत्रकार पनि यो समस्याबाट पिडीत हुनुहुन्छ फलस्वरुप उहाँहरुलाई आफ्ना दैनीक काम गर्न अप्ठयारो परिरहेको छ ।मलाई पुर्ण आशा र विस्वास छ कि कान्तिपुर दैनीकले यो विषयप्रति चासो राखी बरिष्ट डाक्टर अर्थात स्त्रीरोग विशेषज्ञहरुका सल्लाह छाप्ने छ । हामी डाक्टरहरुको सल्लाह र सुझावको प्रतिश्रामा छौं । चन्द गीता बैतडी गिरेगडा-७ बदुरकोट < संविधान सभाको चुनाव र पेट्ोलीयम मुल्य बृद्धिको चर्को बहस चलिरहेकाबेला यो समस्या राख्न त कदापी मन थिएन तर के गर्नु चुनाव र पेट पदार्थको के हुने हो बुझ्नै गाह्ो पर् यो । त्यसैले समस्या राखी हाल्छु म सुदुरपास्चिमको बदुरकोट भन्ने गाउँमा जन्मेकी हुँ मैले गाउँकै स्कुलमा पढेको पनि हो । त्यसैले गाउँका महिलाहरुको समस्याबारे मलाई धेर थोर थाहा छ । खै कहाँदेखी सुरुवात गरुँ
पढाईका अतिरीक्त बच्चाबेलामा म आमासँग मेलापात गर्न जान्थे मेरो वाल्यावस्था एकदम रमाइलो थियो तर आमा महिनावारी भएको बेला उहाको रुवाई र छट्पटाहटले म केहि दुःखी थिए । आमा राम्रोँंग खाना पनि खानुहुन्थेन मैले आमा किन रुनुहुन्छ भन्नेपनि थाहा पाएकी थिईन । यसका बारेमा गाउँभरि चियो चर्चागर्न थाले गाउँका अन्य महिला पनि यो समस्याबाट पिडित भएको मैले भेट्टाए र उहाहरुबाटै मैले थाहा पाए कि आमाको रुनुको कारण पेट दुखाई रहेछ भनेर स्कुलमा पदढा पनि मेरा साथीहरु महिनावारी भएको बेला डाँको छोडेर रुन्थे ।
आफु यो समस्याबाट पिडीत नभएपनि मेरी आमा गाउँका अरु महीला र मेरा साथीहरुको महिनावारी भएका बेलाको रुवाई र छट्पटाहटले मलाई यो विषयप्रतिको चासो बढ्दै गयो मैले यो समाधानका उपाय खोज्ने प्रयास गरे विभीन्न पुस्तकहरबाट केहिमात्रामा यो समस्या समाधानका उपाय भेट्टाएपनि महिनावारी भएको बेला आराम गर्ने झोलपदार्थ पिउने चिल्लोपिरो कम खाने र मनतातो पानीमा खुट्टा डुबाउने जस्ता उपाय मैले पिडीतहरुलाई बताए उहाहरुले मैले भने अनुसार सबैथोक गर्नुभएछ तर दुभाग्य समस्या समाधान भएन उहाँहरु अस्पतालपनि नगएका होइनन अस्पतालबाट पनि मैले बताए जस्तै सल्लाह दिनुभएछ डाक्टरहरुले ।
गाउँघरमा त बिहे गरेपछि यो आफै निकोहुदै जान्छ भन्नेपनि सोचाई छ फलस्वरुप धेरैले विहेपनि गरेका छन् । मलाई सधै यो प्रस्नले पिरोली राख्छ कि विहे भएपछि निको हुने भए मेरी आमाको पेट किन दुख्छ त मलाई यो विषय प्रति चासो नघटेकाले म जहाँभएपनि यस समस्याबारे सोधीखोजी गरिहाल्छु । मलाई त लाग्थ्यो कि यो समस्या गाउँका महिलाहरुलाई मात्र हो भनेर तर वास्तविकता त्यो होइन रहेछ ।




यो समस्यावाट शहरका महीलाहरु पनि पिडीत हुनुहुदो रहेछ भन्ने कुरा थाहा पाएँ । अधिकांश महिलाहरुलाई यस्तो अवस्थामा तल्लो पेट र ढाड दुख्नुका अतिरिक्त टाउको दुख्ने ज्वरो आउने खोकि लाग्ने िरंगटा लाग्ने र वाकवाकी लागी बान्ता हुने लष्न् । यस्तो पिडा सहन नसकेर धेरैले बु्रफीन र बु्रसेट जस्ता थुप्रै औषधीहरुको सेवन गर्दै आउनुभएको छ । केहि समयको लागी दुखाई कम भएपनि यस्ता औषधीहरुको सेवनबाट अनुहारमा खटीरा आउने शरिर मोटाउने र महिनाबारीमा अनियमितता आउने जस्ता नराम्रा असर देखा परिरहेका छन् । जसको कारण औषधी सेवन गर्ने कि नगर्ने भन्नेवारे पनि द्धिवीधामा पर्नुभएको छ पिडीत महीलाहरु दुःख को कुरा यो छ कि यदि यो समस्या सामान्य पेटदुखाई बाट बान्ताहुन सम्म पुग्न सक्छ भने पछि यसले ठुलो समस्याको रुपपनि त लिन सक्छ किनभने यो समस्याले द्रुत गति लिइरहेको छ । तपाइहरुमध्ये कसैलाई मैले उल्लेख गरेका कुराहरु मनगढन्ते लाग्न सक्छन यदि तपाई महिला समस्या सम्बन्धि चासो राख्नुहुन्छ भने तपाई जुनसुकै गाउँ र शहरमा जानुस उल्लीखीत कुराहरुमा शतप्रतिशन सत्यता पाउनु हुने छ ।
महिनावारी हुदा महिलाहरुको पेट दुखाईको समस्या समाधानका लागी पत्रपत्रिका रेडीयो टेलीभीजनहरुले केहि मात्रामा भएपनि पहल नगरेको होइन तर पनि समस्या ज्युँका त्यूँ छ । महिलाहरु यो समस्याका सिकार नै छन । मजस्ता घेरै महिलाहरुको जान्ने इच्छा छ होला आखिर महिनावारी भएको बेला किन यस्ता समस्या आउँछन के यो समस्याको कुनै उपचार छैन गाउँमा मेलापात गर्ने महीलादेखी लिएर आम जनताहरुकालागी समाचार संकलन गर्ने महिला पत्रकार पनि यो समस्याबाट पिडीत हुनुहुन्छ फलस्वरुप उहाँहरुलाई आफ्ना दैनीक काम गर्न अप्ठयारो परिरहेको छ ।मलाई पुर्ण आशा र विस्वास छ कि कान्तिपुर दैनीकले यो विषयप्रति चासो राखी बरिष्ट डाक्टर अर्थात स्त्रीरोग विशेषज्ञहरुका सल्लाह छाप्ने छ । हामी डाक्टरहरुको सल्लाह र सुझावको प्रतिश्रामा छौं । चन्द गीता बैतडी गिरेगडा-७ बदुरकोट <

नयाँ नेपालमा

नयाँ नेपालमा पिनसुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खाद्यसंकट गीता चन्द सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा यस वर्ष छिट्टै खाद्यसंकट देखापरेको छ । आकासे पानीका भरमा उब्जनी हुने यि जिल्लाहरुमा यसपाली प्रकृतिले धोका दिएपछि खाद्यान्नको समस्या आएको हो ।
खाद्य संकटकै कारण अछाम र बाजुराका केहि गा।वि।स।हरुका जनता घाँस र कन्दमुल खोजेर खन वाध्य छन् । हिउँदेवाली असिनाले सखाप पार्नाले सुख्खा खडरी अतिवृष्टि अनावृष्टिका यस्ता समस्याहरु आइपर्छन । साथै यातायातमा सिन्डीकेट विवादको कारण खाद्यान्न ढुवानी हुन नसक्नुले पनि खाद्यान्न संकट आएको हो ।
अहिलेको समस्या टार्न खाद्य संस्थानले स्कर्टिङ गरेर खाद्यान्न ढुवानी गरेर खाद्यान्न पुर् याउने जनाएकोछ । तर यो समस्या यस वर्षको मात्रै होइन । हरेक वर्ष यो समस्या झेल्नुपर्ने सुदूरपश्चिमेलीहरुको समस्याको सामाधान खोजिएको पाइदैन । किन दोहोरिन्छन् यि समस्या
अरु जिल्लाहरुमा त यातायात र प्रतिस्पर्धी ढुवानीले व्यवस्थाले खाद्यासंस्थानको भर पर्नु पर्दैन । विकासका अरु सुचकले पछाडी परेको र खाद्यान्न संकट राष्ट्रिय समस्याका रुपमा संवोधन नभएकाले समस्याले जरा गाडीसकेको भान हुन्छ । यहाँका पहाडी जिल्लाहरुमा पैसा भएर पनि एक छाक खाद्यान्नको लागि १ हप्तासम्म खाद्य संस्थानको दैलो कुर्नुपर्ने नयाँ नेपालमा पनि पुरानै वाध्यता छ ।
यहाँका ६०५ जनता कृषिमा आश्रीत छन् यद्धपि राम्रो विउ विजन मल र सिचाइको अभावका कारण पर्याप्त मात्रामा खाद्यान्न उब्जाउन सकिएको छैन । यहाँका ७ जिल्लाका जनताले उब्जाएको खाद्यान्नले ३ महिना मात्रै पुग्छ अरु खाद्यान्नको लागि भारत लगायत अन्य तराईका जिल्लावाट किन्न पर्छ ।
देशभित्रकै उत्पादनले खाद्यअभाव नटर्नु राष्ट्रकै समस्या हो । सु।प।sा ७ ओटा जिल्लामा गत वर्ष एक लाख असीहजार मेटि्रकटन खाद्यान्न ल्याइएको थियो । यहाँको चौवीस लाख उनान्असी हजार आठसय सन्ताउन्न जनसंख्याको लागि १ वर्षमा २४७९८५७ ४७०५०० मेटि्रकटन खाद्यान्न चाहिन्छ । जसमध्ये ३७६८३३ मेटि्रकटन खाद्यान्न सु।प।मा उब्जनी हुन्छ र सवै उत्पादीत खाद्यान्न स।प।sा जनताले उपभोग गरेभने ९३६५८ मेटि्रकटन खाद्यान्न पुग्दैन । सु।प।sा ७ पहाडी जिल्लाहरुमा हरेक वर्ष १ लाख २३ हजार १७४ मेटि्रकटन खाद्यान्न हरेक वर्ष अपुग हुन्छ तर तराइका २ जिल्ला कैलाली र काचनपुरमा भने त्यहाँका जनताले खाएर पनि हरेक वर्ष २९५१६ मेटि्रकटन खाद्यान्न जोगिन्छ ।
यसरी सम्पुर्ण खाद्यान्न परिपुर्तिका लागि ९५ हजार मेटि्रकटन खाद्यान्न वाहिरवाट झिकाउनुपर्दछ । सुदूरपश्चिमका भोका जनताको जल्दोवल्दो समस्यप्रति न त राज्य गम्भिर छ न त सु।प।sाे राजनीतिक नेतृत्व ।
हरेक वर्ष सु।प।मा मात्रै किन खाद्यान्न संकट हुन्छ नेतृत्व पङ्तीले राज्यसित गम्भिरतापुर्वक समस्या राख्न नसकेको हो कि अथवा राज्यले नै प्राथमिकताका साथ यो समस्यप्रति ध्यान नदिएको हो नयाँ नेपालमा समस्या समाधानका लागि नयाँ नीति नयाँ उपाय ल्याइनुको सट्टा नयाँ नेपालमा नयाँ सरकारका लागि सु।प।sाे खाद्यसंकट नयाँ चुनौतिको रुपमा देखा परेको भान हुन्छ ।
भन्न त सम्वन्धित निकाय र सु।प।sा राजनीतिक व्यक्तित्वहरुले राम्रो विउविजन हुनुपर्छ िसंचाईको व्यवस्था हुनुपर्छ र भौतिक पुर्वाधारहरु हुनुपर्छ भन्दै आउनुभएको छ तर पनि समस्या ज्युँकात्यु छ उहाँहरुले भन्ने गरेका कुराहरु संविधानसभाको चुनावका वेला जनताका नाममा गरिएका भाषणहरु केवल भाषणमा मात्र सिमित रहेको सु।प।sाे वर्तमान समस्याले छर्ल¨याएकोछ । पोहोर साल कामचलाउ सरकार थियो त्यतिवेला सु।प।sाे खाद्यान्न टार्न नेपाल खाद्यान्न संस्थानवाट चामल ढुवानी गरियो । यस पाली पनि कामचलाउ सरकार छ । कताकता शंका लाग्छ । सु।प।sा जनताका लागि कामचलाउ खाद्यान्न उपलब्ध गराइने त होइन सु।प।sाे अन्य विकासको त कुरै छोडौ यद्धिपी खाद्यान्न संकटको पनि दिर्घकालीन समाधान अहिलेसम्म देखिएको छैन् । यो समस्या समाधानमा सु।प।sा राजनीतिक व्यक्तित्वहरु किन कमजोर देखिन्छ राजनीतिक व्यक्तीत्वहरुले खाद्या संस्थानवाट आपुर्ति मन्त्रालयलाई गम्भिरता वोध गराउन किन सकिरहेका छैनन् सु।प।sा राजनीतिक व्यक्तिहरु सु।प।sा समस्या समाधानका लागि किन एक ढिक्का भएनन् यसै महिनादेखि सु।प।sाे खाद्यान्न समस्याको समाधान होस् आगामी दिनहरुमा सु।प।मा खाद्यसंकट भन्ने समाचार कहीं सुन्न र पढ्न नपरोस नयाँ नेपालमा नयाँ भगवानसंग नयाँ तरिकाले गुहार १
बैतडी गिरेगडा - ७
बटुरकोट
सुदूरपश्चिम महाकाली
गीता चन्द सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा यस वर्ष छिट्टै खाद्यसंकट देखापरेको छ । आकासे पानीका भरमा उब्जनी हुने यि जिल्लाहरुमा यसपाली प्रकृतिले धोका दिएपछि खाद्यान्नको समस्या आएको हो ।
खाद्य संकटकै कारण अछाम र बाजुराका केहि गा।वि।स।हरुका जनता घाँस र कन्दमुल खोजेर खन वाध्य छन् । हिउँदेवाली असिनाले सखाप पार्नाले सुख्खा खडरी अतिवृष्टि अनावृष्टिका यस्ता समस्याहरु आइपर्छन । साथै यातायातमा सिन्डीकेट विवादको कारण खाद्यान्न ढुवानी हुन नसक्नुले पनि खाद्यान्न संकट आएको हो ।
अहिलेको समस्या टार्न खाद्य संस्थानले स्कर्टिङ गरेर खाद्यान्न ढुवानी गरेर खाद्यान्न पुर् याउने जनाएकोछ । तर यो समस्या यस वर्षको मात्रै होइन । हरेक वर्ष यो समस्या झेल्नुपर्ने सुदूरपश्चिमेलीहरुको समस्याको सामाधान खोजिएको पाइदैन । किन दोहोरिन्छन् यि समस्या
अरु जिल्लाहरुमा त यातायात र प्रतिस्पर्धी ढुवानीले व्यवस्थाले खाद्यासंस्थानको भर पर्नु पर्दैन । विकासका अरु सुचकले पछाडी परेको र खाद्यान्न संकट राष्ट्रिय समस्याका रुपमा संवोधन नभएकाले समस्याले जरा गाडीसकेको भान हुन्छ । यहाँका पहाडी जिल्लाहरुमा पैसा भएर पनि एक छाक खाद्यान्नको लागि १ हप्तासम्म खाद्य संस्थानको दैलो कुर्नुपर्ने नयाँ नेपालमा पनि पुरानै वाध्यता छ ।
यहाँका ६०५ जनता कृषिमा आश्रीत छन् यद्धपि राम्रो विउ विजन मल र सिचाइको अभावका कारण पर्याप्त मात्रामा खाद्यान्न उब्जाउन सकिएको छैन । यहाँका ७ जिल्लाका जनताले उब्जाएको खाद्यान्नले ३ महिना मात्रै पुग्छ अरु खाद्यान्नको लागि भारत लगायत अन्य तराईका जिल्लावाट किन्न पर्छ ।
देशभित्रकै उत्पादनले खाद्यअभाव नटर्नु राष्ट्रकै समस्या हो । सु।प।sा ७ ओटा जिल्लामा गत वर्ष एक लाख असीहजार मेटि्रकटन खाद्यान्न ल्याइएको थियो । यहाँको चौवीस लाख उनान्असी हजार आठसय सन्ताउन्न जनसंख्याको लागि १ वर्षमा २४७९८५७ ४७०५०० मेटि्रकटन खाद्यान्न चाहिन्छ । जसमध्ये ३७६८३३ मेटि्रकटन खाद्यान्न सु।प।मा उब्जनी हुन्छ र सवै उत्पादीत खाद्यान्न स।प।sा जनताले उपभोग गरेभने ९३६५८ मेटि्रकटन खाद्यान्न पुग्दैन । सु।प।sा ७ पहाडी जिल्लाहरुमा हरेक वर्ष १ लाख २३ हजार १७४ मेटि्रकटन खाद्यान्न हरेक वर्ष अपुग हुन्छ तर तराइका २ जिल्ला कैलाली र काचनपुरमा भने त्यहाँका जनताले खाएर पनि हरेक वर्ष २९५१६ मेटि्रकटन खाद्यान्न जोगिन्छ ।
यसरी सम्पुर्ण खाद्यान्न परिपुर्तिका लागि ९५ हजार मेटि्रकटन खाद्यान्न वाहिरवाट झिकाउनुपर्दछ । सुदूरपश्चिमका भोका जनताको जल्दोवल्दो समस्यप्रति न त राज्य गम्भिर छ न त सु।प।sाे राजनीतिक नेतृत्व ।
हरेक वर्ष सु।प।मा मात्रै किन खाद्यान्न संकट हुन्छ नेतृत्व पङ्तीले राज्यसित गम्भिरतापुर्वक समस्या राख्न नसकेको हो कि अथवा राज्यले नै प्राथमिकताका साथ यो समस्यप्रति ध्यान नदिएको हो नयाँ नेपालमा समस्या समाधानका लागि नयाँ नीति नयाँ उपाय ल्याइनुको सट्टा नयाँ नेपालमा नयाँ सरकारका लागि सु।प।sाे खाद्यसंकट नयाँ चुनौतिको रुपमा देखा परेको भान हुन्छ ।
भन्न त सम्वन्धित निकाय र सु।प।sा राजनीतिक व्यक्तित्वहरुले राम्रो विउविजन हुनुपर्छ िसंचाईको व्यवस्था हुनुपर्छ र भौतिक पुर्वाधारहरु हुनुपर्छ भन्दै आउनुभएको छ तर पनि समस्या ज्युँकात्यु छ उहाँहरुले भन्ने गरेका कुराहरु संविधानसभाको चुनावका वेला जनताका नाममा गरिएका भाषणहरु केवल भाषणमा मात्र सिमित रहेको सु।प।sाे वर्तमान समस्याले छर्ल¨याएकोछ । पोहोर साल कामचलाउ सरकार थियो त्यतिवेला सु।प।sाे खाद्यान्न टार्न नेपाल खाद्यान्न संस्थानवाट चामल ढुवानी गरियो । यस पाली पनि कामचलाउ सरकार छ । कताकता शंका लाग्छ । सु।प।sा जनताका लागि कामचलाउ खाद्यान्न उपलब्ध गराइने त होइन सु।प।sाे अन्य विकासको त कुरै छोडौ यद्धिपी खाद्यान्न संकटको पनि दिर्घकालीन समाधान अहिलेसम्म देखिएको छैन् । यो समस्या समाधानमा सु।प।sा राजनीतिक व्यक्तित्वहरु किन कमजोर देखिन्छ राजनीतिक व्यक्तीत्वहरुले खाद्या संस्थानवाट आपुर्ति मन्त्रालयलाई गम्भिरता वोध गराउन किन सकिरहेका छैनन् सु।प।sा राजनीतिक व्यक्तिहरु सु।प।sा समस्या समाधानका लागि किन एक ढिक्का भएनन् यसै महिनादेखि सु।प।sाे खाद्यान्न समस्याको समाधान होस् आगामी दिनहरुमा सु।प।मा खाद्यसंकट भन्ने समाचार कहीं सुन्न र पढ्न नपरोस नयाँ नेपालमा नयाँ भगवानसंग नयाँ तरिकाले गुहार १
बैतडी गिरेगडा - ७
बटुरकोट
सुदूरपश्चिम महाकाली

Sunday, May 17

चटपटे व्यापारमा महिला

कान्तिपर दैनिक चट्पटे ब्यापारमा महिला धनमाया २ वर्ष अगाडी घरेल श्रमिकको काम गर्थिन्। उनका श्रीमान हलिया। उनिहरुलाई समाजले हेर्ने दृष्टि नै फरक थियो। यिनिहरु दिनभरि काम गर्थे २ बच्चाका अभिभावक यिनि जसोतसो घर चलाउथे। कहिलेकाहि त भोकै पनि नबसेका होईनन्। स्कल जाने उमेरका बच्चाहरुले स्कल जान पाएका थिएनन्।स्थायि घर मोरङ् भएका तिनै दम्पति हाल काठमाण्डौको बानेस्वरमा बस्छन्। धनमाया चट्पटे र पानिपरि बॆच्छिन् भने उनका श्रीमानले मःमः र चाटको पसल खोलेका छन्। उनिहरु बिहान ९ बजे कोठाबाट निस्कन्छन् नयाँबाँनेश्वरपरानोबानेश्वर र कोटेश्वर सम्म जान्छन् साँझ ७ बजे पछि मात्र कोठामा फर्कन्छन्। कमाई एकदम रामो्र भएको बताउछन्।बच्चाहरुको स्कलको खर्च र घर खर्च छट्याएर पनि केहि बचत हने पनि ति दम्पति बताउछन्। ६वर्षकि छोरी र ८वर्षको छोरा जेभियर ईन्टरनेश्नल एकेडेमीमा पढ्छन्। कनै लखपतिका बच्चाहरु भन्दा कम्ति सानले पालेका छैनन् तिनिहरुले आफ्ना बच्चाहरुलाई।त्यसैगरि आइ ए पढेर कनै जागिर नपाएपछि गगा अगाडी पढ्नबाट बन्चित भईन् आमाबाबाकि एक्लि छोरि सबै जिम्मेवारी उनकै टाउकोमा थियो। आम्दानीको कनै सो्रत छैन आमाबाबा बृद्द छन् उमेरले २५ नाघिसकेकि गगालाई पढ्ने ठलो इच्छा थियो उनले आफनो ईच्छालाई साकार पारेकि छन्। उनि बालवाटार वरिपरि चट्पटे र चाट बेच्छिन्। दैनिक १२ देखि १५ सय सम्म कमाउछिन्। यसको लागि धेरै लगानि लाग्दैन उनि भन्छिन्७३डठद्दद्दस ँआमाबाबालाइृ्र सखसाथ राखेकि छ मेरो पढाईको लागीपनि धेरै खर्च लाग्दैन अँ साच्चि बैकमा पनि जम्मा गर्ने गरेकि छ।” उनि आफनो ाख _िन्। ँ अर्काको देशमा गएर टवाईलेट सफागर्नेअर्काृका कपडा धने भाडा माभुने काम गर्नभन्दा त आफनै देशमा काम गर्न रामो्। ५रुको चटपट दिदै मलाई उनले भनिन्।”रमा चावहिल चच्चेपाटी देखि लिएर विसालनगर सम्म चनाचट्पटे बेच्छिन् ३० वर्षिय रमा दैनिक १००० कमाउछिन् १ वर्ष अघिदखि यो ब्यापार र गर्दै एमा ३ बच्चाकि आमा हन्। उनका श्रीमान विदेश जानभएको रहेछ। हाल सासससरा छोराछोरी र आफ गरि ६ जनाको परिवार रहेछउनको। उनि भन्छिन् ७३डठद्दद्दस ँ उहाँ बाहिर जानभएपछि सबै जिम्मेवारी मैले नै निभाउन परेको छ सासाससरा बृद्द छन् श्रीमानले पठाएको पैसाले खर्च टर्दैन त्यसैले यो काम थालेकि हँ।” भ्ााटभटेनिमा पनि महिला चट्पटे बेच्दै गरेका भेटिन्छन्। ४ महिना अघि वायोडाटा लिई जागिरको खोजिमा धाउने गीताले १ हप्ता अगाडी देखिमात्र चट्पटे र पानीपरी बेच्न थालेकि छन् उनि आर।आर। क्याम्पसमा अध्ययनरत छिन्। आजभोली महिला आत्मनिर्भर हने लहर बढेको छ तर योग्यता अनसारको जागरि नपाउदा थपै्र महिला दिदीबहिनीहरु आत्मबिसवास गमाउछन्। ज्ागिर गरिराख्दा पनि बिभिन्न किसमका आर्थिक मानसीक सामाजीक र शारीरिक शोषण झेल्दै आएका छन् महिलाहरु। तर यो पेश्ामा कनै किसमको शोषण नभएको जि_िक् गर्छन् यि लचट्पटे भएतापनि पछिल्लो समयदेखि महिलाको सङ्ख्यामा बृद्दि भएको छ ।गीता चन्द द्यबष्तबमष्नष्तगदबष्तबमष्२थबजयय।अयु

Saturday, May 16

अिहंसाबादी बनौं

कान्तिपर दैनिकमा प्रकाशित अिहंसाबादी बनौं बैतडी जिल्लाको तल्लो स्वराड अर्थात ककाडी भन्ने गाउँमा उदयदेव मन्दिर अवस्थित छ । सातवटा राठहरुको सा´ा यो मन्दिर विशेष गरी ठकुरी र महताहरुको कुल देवता हो ।
असोज र चैत्रको दशैंमा यो मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । उदयदेव कुलदेवता भएका मानिसहरु बैतडीको विभिन्न कुना र काप्चामा बसोवास गर्दछन् साथै भारतको ´ुलाघाट पिथौरागढमा पनि यो कुल देवता भएका मानिसहरुको वसोवास छ ।
जो जहाँ बसे पनि पर्वका बेला भाकल गरिराखेका रांगा र श्वसीको बली दिन भक्तालुहरु यो मन्दिरमा आइपुग्छन् । केही वर्षदेखि माओवादीले यो मन्दिरमा बलि गर्न रोक लगाएका थिए जसको कारण यो मन्दिरमा पुजापाठ पनि बन्द भएको थियो । तर ३ वर्षको अन्तरालपछि २०६३ चैत्रदेखि यो मन्दिरमा पुनः पुजापाठ शुरु भएको छ । यसपालि देशमा शान्ति छाएकोले परदेशिएका सबै दशैं मनाउन घर आएका छन् ।
देशमा छाएको शान्तिसँगै मैले पनि आफ्नो कुल देवताको दर्शन गर्ने मौका पाएँ । तीन वर्ष अगाडी दर्शन गएकी थिए त्यतिवेला र अहिलेको तुलना गर्दा मन्दिर पुगुन्जेलसम्म धेरै सुधार भएको पाएँ । मेरो गाउँबाट मन्दिर जान जंगलको बाटो भएर हिड्नु पर्छ जंगलमा काँडाहरुले घोच्थ्यो बाटो साँघुरो थियो । मेरो बाबाले मलाई बोकेर मन्दिरसम्म पुर् याउनु भएको मलाई राम्रोसँग सम्´ना छ । मन्दिर पुग्न दुई दिन लाग्थ्यो त्यसैले बाटोमा राती बास बस्नुपथ्र्यो बस्नको लागि कोठा पनि पाइदैनथ्यो तर यसपाली मलाई िहंड्न कुनै पनि अप्ठयारोको सामाना गर्नुपरेन काँडाको तल्लो दहीमा राति बास बस्यौं कोठा पनि राम्रै दिनुभएकोमा माओवादीहरुलाई धन्यवाद नदिई बस्न सक्दिन ।
सप्तमीको दिन घरबाट हिडेका हामीहरु अष्टमीको दिन साँ´ पाँच बजे ककाडी मन्दिर पुग्यौं । मन्दिरको परिक्रमा गरिसकेपछि ब्राहमणबाट टीका लगाई आराम गर्न बस्यौं उदयदेव मन्दिरको विभिन्न दिशाबाट भक्तालुहरु राँगा र सखीलाई िसंगारेर बाजागाजा र ´ण्डाध्वजाका साथ आउँदै थिए जुन हेर्न एकदमै रमाइलो लागिरहेको थियो ।
सबै राँगा र खसीलाई पाँच पटक मन्दिरको परिक्रमा गराई बाँधिइदै थियो । यस्तो क्रम अष्टमीको राती लगभग बाह्र बजेसम्म रहयो । नवमीको दिन विहानै सबै भक्तालुहरु नुहाई धुवाई फलफुल र अगरबत्ती हातमा राखी मन्दिरको दर्शन गरिरहेका थिए । मैले मन्दिरको पुरै अवलोकन गरें । टन्टलापुर घाम लागिरहेको थियो । राँगा र कयौं खसीहरु मैले देखें । तिनीहरुका आँखाबाट आँशुका धारा बगिरहेको थियो । मलाई लाग्छ तिनीहरुलाई पनि थाहा थियो होला कि हाम्रो हत्या हुँदैछ भनेर ।
सबैभन्दा पहिले खौल मा बाधिएको राँगालाई त्यहाँको प्रमुख साउन जातिले काट्ने चलन छ परम्परागत रीति अनुसार पहिलो राँगो काटिसके पछि एक एक गर्दै सबै राँगाहरुको र खसीहरुको विभत्स किसिमले हत्या गरियो ।
यी हजारौं निरिह प्राणिहरुको हत्याले मेरो मनमा ठूलो चोट थप्यो । एकछिनलाई मेरो आँखा रसाए र मैले त्यहाँका एकजना मुखियालाई प्रश्न सोधें - अङ्कल आस्थाका प्रतिक भगवानको पुजा त फुलगुच्छाले पो गर्ने हो बाले नदिई हुँदैन उहाँले भन्नुभयो - ूपरम्परादेखि चलिआएको रीतिरिवाज हो हामी यसलाई कसरी तोड्न सक्छौं नानीू।
त्यतिबेला मेरो मनमा केही प्रश्नहरु लगातार उब्जिरहे मैलो मनमनै सोचें यदि माओवादीहरुले बलिप्रथा रोक्नुपर्छ भनेपछि त तपाईहरु परम्परा सबै भुल्नुहुन्थ्यो होला तर ……।sे गर्नु मैले केही भन्न सकिन । केवल यति मात्रै सोचिरहें कि मन्दिर देवालय भनेका त सफा सुग्घर सुगन्धमय फुलधुपको वासना र चराचुरुङ्गीको चिरविराहटले भरिपुर्ण पो हुनुपर्छ । ३ वर्षपछि आस्था विश्वास राखेर श्रदा भक्तिले भगवानको दर्शन गर्न म त्यहाँ पुगेकी थिए भगवानको दर्शन गरियो तर घर फर्किदा अगरबत्तिको सुगन्ध साथमा लिएर फर्कनुको सट्टा रगतको आहल टेक्दै घर फर्के । पवित्र मन्दिरलाई रक्तकुण्डमा परिणत भएको देख्दा हामी भक्तालुहरु पापका भागी बनेको जस्तो भान भयो मलाई । हामी सबैले अिहंसावादी बनी बलिप्रथा बन्द गर्न सक्यौं भने निरिह प्राणीको हत्यामा कमी आउँथ्यो कि

चन्द गीता गिरेगडा-७ बदुरकोट बैतडी

Wednesday, May 13

यस्तो रहेछ कुवाकोट

कुवाकोट बैतडी जील्लाको पुचैर्ाडीतिर पर्छ । मल्लो स्वराडको नामले पनि कुवाकोटलाइ चिन्न सकिन्छ । िवं।सं। २०५४।५५ सालतिर पहिलो पटक कुवाकोटको नाम सुनेकि थिए जतिबेला म ९।१० वर्षकि थिए । पछि त जब सरकार र माओवादी बीच चर्को द्धन्द्ध चल्यो र कुवाकोट नामसित म अभ्यस्थ भए।यद्धपि कुवाकोट कस्तो छ भन्ने कुरा थाहा थिएन । कुवाकोटनामसित यो अर्थमा अभ्यस्थ भएकि थिएकि विधालय स्तरमा पढ्दा गाउँघरका चोकहरु च्ौाताहरु र स्कूलमा माओवादीका कार्यक्रम हुन्थे जसमा हामी विधार्थिहरुले पनि भाग लिनु पथ्र्यो र आफ्ना प्रतिभा देखाउनु पथ्र्यो । कयौँ दिनसम्म माओवादीसँग हिड्नुपथ्र्यो माओवादीका उक्त कार्यक्रममा उपस्थित नभए र उनिहरुसँग नहिडे उनिहरु दबाव दिन्थे भन्थे कुवाकोटपुर् याउला । त्यतिबेला केाहि मान्छे बुझेर रुचि राखेर उनिहरुको कार्यकममा भाग लिन्थे भने कोहि दबावमा आएर । म पनि उनिहरुका कतिपय कार्यक्रममा सहभागी भएकि थिए र कैयौँ पल्ट उनिहरुसँग हिडेकि थिए तर कुवाकोटपुर् याउला भनेर धम्काउने माओवादीको कर्यप्रति अति नै जिज्ञासा थियो। त्यसैक्रममा वि स २०६१ साल वैसाख १६ गते पुर्चौडिकि एकजना दिदी माओवादीको अभियानमा आउनुभएकि सीता बम हामो गाउँमा पुगेकि थिइन् मैले उनलाइ कुवाकोट र पर्चौडीका बारेमा सोधेकि थिए । उनले ज्यादै दयालाग्दा कुरा गरेकि थिइन् । त्यहाँका मान्छेहरुको बारेमा कुरा सुन्दा त मलाइ साहै अचम्म लागेको थियो । त्यहुका मान्छेहरु नचिनेको मान्छेसँग बोल्नै डराउँछन्रे त्यो दिदीले मलाइ भन्नुभएकि थिइन् वैनी तपाइँको गाउँ त कति रामो छ ठाउँ पनि खाने पानी बिजुली सबै कुराको व्यवस्था छ यस्तो ठाउँमा बस्न पाए तंंं…………।” त्यो दिदीको कुराले कुवाकोटभ्रमण गर्ने इच्छा जागेको थियो । मेरा भावि केहि योजना मध्ये कुवाकोट घुम्ने पनि योजना त्यतिबेलै बनाइसकेकि थिए । यसपाली भएको सविधानसभा र्िनर्वाचनको चुनावमा कुवाकोटजाने काम पर् यो मेरो कुवाकोट घुम्ने धोको पूरा भयो । ११ नं। गाडीमा धेरै दिनपछि त्यहाँ पुगे त्यहाँको भौगोलिक स्थिती अचम्म र डरलाग्दो रहेछ जताततै भिरपाखामलाइ त जता हेरे पनि अँध्यारो लाग्ने त्यहाँका आइमाईसँग बोल्न खोज्दा पनि उनिहरु नबोल्नेमलाई देख्दा डराएका थिए । उनिहरु डराउनाको कारण थाहा पाउन सकिन । त्यो गाउँमा एउटा स्कुल देखे स्कुलको बारेमा केहि बुझ्नुपर् यो भनि स्कुल नजिकै गए । स्कुल टाकुरामा छ यताउति भिरैभिर छन् त्यो स्कुलमा झयालढोका केहि छैन भत्कला जस्तो स्कुल । त्यो स्कुल कस्तो हो थाहै छैन । स्कुल नजिकै भेटिएको एकजना भाईलाई स्ााेध्नपर् यो भनि त्यो भाइ भएकै ठाउँमा गए। उसलाइ नाम सोधेँ उसले आफ्नो नाम भन्नै मानेन कतिमा पढ्छौ भनि सोध्दा ४ मा भन्थ्यो स्कुलको नाम के हो भाइ मैले प्रस्न गरे प्रतिउत्तरमा थाहा छैन भन्यो। ४ म्ा पढ्ने स्कुलको नाम थाहा नपाउने त्यो स्कुलमा कस्तेा पढाइ हन्छ होला मैले आफैलाइ प्रस्न गरे ४मा पढ्ने विधार्थी तिमीलाइ स्कुलको नाम थाहा रहेनछ तिम्रो शिछकले स्कुलको नाम बताउन हन्न उसले भन्यो मास्टरले अआ पढाउछन् स्कुलको नाम भन्दैनन् । त्यो भाईसित गफ गर्दै भाई र स्कुलको फोटो खिच्न मात्रै के लागेकी थिए उसले फोटो खिच्न दिएन । त्यहाँका भिरहरुको पनि फोटो खिचेर ल्याउने मनसाय थियो कनै पनि चिजको फोटो खिच्न दिएन भाईले किन यस्तो गरेको मैले सोधेँ उसले त्येा पनि बताएन म त्यहाँ बाट निरास भएर हिँडे । तल खोलामा एकजना वैनि १२।१४ सँग भेट भयो उसले माओवादीको अभियानमा जाँदा हामो गाउँ भ्रमण गरिसकेकि रहिछन्। उसले भने राम्रो व्यवहार गरिन् । आफ्नो घरमा लगेर पानि पिउन दिइन् ँके खानहन्छ दिदी तपाइँको गाउँमा जस्तो यहाँ केहि पाइदैन’’उनले मलिन अनहार लगाएर भनिन् । त्यहाँका मान्छेहरु नचिनेको मान्छेसँग बोल्नै डराउने तर त्यो वैनी चाँहि खलेर मसित बोलिन्। उनि घरबाट बाहिर गएरै होला अरुसँग बोल्न सक्ने भएकिछिन् । मलाई त्यो वैनीलाई देखेर मनमा अली खुसी पलायो। च्ाारदिनको कुवाकोटबसाई मेरोलागि चार वर्षको बसाईजस्तेा लाग्यो। घरफर्किने बेला सकुसल घर पुग्छु जस्तो लागेको थिएन त्यहाँको गोरेटो बाटोजहाँ ढुँगा मँुडा काँडाहरु । मलाई हिड्न साह्रै गाह्रौ पर् यो । भ्ागवानलाइ गुहार्दे हिडे। ढुगाँमुडाले खुट्टामा घाउ भएर रगतआएको अहिले झलझली सम्झीरहेछु काँडा अहिले पनि खुट्टामा भिजेकोछ त्यहाँको भौगोलिक स्थिती स्कुलको स्थिती त्यहाँका डराएका मान्छेहरु अहिले पनि मेरो मानसपटलमा घुमिरहेका छन्। ँकुवाकोटघुम्ने धोको’’त पुरा भयो यद्धपि ँव्यवस्थित कुवाकोट’’ घुम्ने धोको पछयौरिमा गाँठो पारेर बसेकिछु । गीता चन्दगिरेगडा७ बदरकोट बैतडी नष्तगदबष्तबमष्२थबजयय।अयु

सौचालय विहिन विद्यालय

सौचालय विहिन विद्यालय भन्दा सवैलाई पत्यार नलाग्ला । बैतडी जिल्लाका अधिकांश विद्यालयहरुमा शौचालय छैनन् । भएका शौचालय पनि पानीको अभावमा प्रयोग विहीन वनेका छन् । कुनै कुनै स्कुलका छात्रछात्राहरु छाडीहरु भित्र शौच गर्छन् भने झाडी नभएका अर्थात् घना वस्ति भएका ठाउँका स्कुलका छात्रछात्राहरु खुला सौच गर्न बाध्य छन । उदाहरणको लागी वगलेखान नानीगाड धिर्मडा रन्तोली बलार तितावै आम्चौर लगायत अन्य थुप्रै स्कुलहरु शौचालय विहिन छन । सदरमुकामदेखि लगभग ४कोश टाढा नागार्जुन गा।वि।स। मा अवस्थित बगलेखानको कुरा गरौ । वि।सं। २०४२ फाल्गुन १२ गते स्थापना भएको यो स्कुल यसै वर्षदेखि उच्च मा।वि। वनेको छ । हाल यहाँ ११सम्मकोपढाई हुन्छ । पढाई राम्रो हुने भएका कारण दशरथचन्द नगरपालीका ग्वाल्लेख गिरेगडा महारुद्र नागार्जुन रोडीदेवल लगायत अन्य गा।वि।स। का विद्यार्थ यहाँ पढ्न आउँछन् । विभीन्न किसिमका खेलकुद लगायत अन्य कार्यक्रम पनि यहाँ हुदै आएका छन् । खेल्नको लागी चउरको पनि राम्रो व्यवस्था छ । यद्यपि पानी र शौचालय नहुदा चारवर्ष अगाडी निर्माण गरिएको छ कोठाको पक्की शौचालय पानी नहुँदा प्रयोग विहिन छ । विगत २२ वर्षदेखि सवै झाडी भित्र गएर सौच गर्न बाध्य छन् । विषेश गरि सौचालय नहुदा छात्राहरु वढि मर्कामा परेका छन् । बगलेखानमा अध्ययनरत छात्राछात्राहरु आफ्नो दुःखेसो यसरी पोख्छन्- ूविहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमा वस्नुपर्छ सौचालय नगई ६ घण्टा बस्न सकिदैन । सौच गर्न झाडी खोज्न डाँडाकाँडा दौडनु पर्छ झाडीभित्र पस्दा काँडाहरुले कपडा च्यातिन्छन् झाडीभित्र पनि कसैले देख्ने पो होकि भन्ने डर शौचालय भित्र जाने हो भने पानी छैन ।ू२ वर्ष अगाडी एस।एल।सी पास गरी घरमै वसेकी हीरा पन्त सोहि विद्यालय उच्च मा।वि। वनेपछि अहिले एघारमा पढ्दै छिन् । उनको गुनासो यस्तो छ -ूपहिले यहँ सौचालय नहुँदा ५ वर्ष झाडिभित्र सौच गरियो बल्ल शौचालय निर्माण भएको थियो त पानी छैन भएका झडी पनि स्थानीय बासीन्दाले दाउराका लागी सखाप पारीसकेका छन । अव हामीले सौच गर्न कहाँ जाने हामी जवान छौ खुला ठाउँमा दिशापिसाप गर्नु आफ्नै लागी लाजमर्दो कुरा हो ।ूत्यसैगरी नागार्जुन गा।वि।स। को अर्को स्कुलतिर लागौ । कक्षा १ देखि कक्षा ५ सम्म पढाइ हुने यो स्कुलको नाम नानी गाड प्रा।वि। हो ।यो स्कुलमा करिव ५ वर्ष अगाडी सौचालय निर्माण गरियो पानीको पनि राम्रै तकेहि महिनादेखि यहाँ पानीको अभव छ पानी नभकोले शौचालयभित्र छिर्नजस्तो छैन स्कुलका नानीहरु जहाँपायो त्यहि दिशापिसाप गरिदिन्छन । यो स्कुल बाटोको नजिकै रहेको हुनाले यताउति जाँदा नाक थुनेर हिड्नु पर्ने बटुवाहरुको वाध्यता छ । यस्तै गिरेगा गा।वि।स को धिर्मडाको प्रा।वि। स्कुलमा शौचालय नै छैन नानीहरु जथाभावी दिशापिसाप गरिदिन्छन यहाँ त विद्यार्थीमात्रै होइन शिक्षककर्मचारीहरुपनि जथाभावी दिशा पिसाव गर्छन बाटोमा हिड्ने मान्छेले यिनीहरुको दिशापिसापको गन्धले नाक थुनेर हिड्नुपर्ने वाध्यता त थियो नै दिशा गर्नेलाई हैन देख्नेलाई लाज हुन्छ भनेझै बटुवाहरु लाजले आखाँ वन्द गरेर हिडनुपर्छ भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ । त्यसैगरि तल्लो स्वराडका कतिपय विद्यालयहरुमा पक्की सौचालय छन तर पानीको अभाव छ भने कतिपय स्कुलहरुमा शौचालय नै छैनन् । छोरा छोरीलाई स्कुल पढाउनुपर्छ भन्ने घरपरिवारको सोचाईले विद्यायमा अध्ययन गर्ने छात्रछात्राहरुको सङख्या बढेको छ । एस।एल।सी पास गरि घरमा बसेकाहरुपनि उच्च मा।वि।बनेपछि अहिले पढ्न विद्यालय जान थालेका छन् तर स्कुलमा आधारभुत आवश्यकताभित्र पर्ने पानी छैन । दिशा पिसाव गर्न सौचालय छैन जसको कारण विद्यार्थी ठुलो मर्कामा परेका छन । खुला ठाउँमा सौच गर्नुपर्ने बाध्यताले उनीहरु आफु लज्जित भएको महसुश गर्छन । सरकारले बैतड जिल्लामा प्रा।वि। उच्च मा।वि। लगायत त्रि।वि।द्धारा सम्वन्धन प्राप्त कलेज त खोलीदिएको छ यद्यपि शिषा भौतिक सुविधाको पुर्ती गरेको छैन । अहिलेको समयमा हेर्ने हो भने सौचालयपनि अनिवार्य अवश्यकता वनिसकेको छ । विभिन्न देशहरुमा सौचालयलाई दिशापिशाप गर्ने ठाउँका रुपमा मात्र नलिई विश्राम गर्ने स्थलका रुपमा पनि लिन थालिएको छ । महात्मा गान्धि आफ्नो डेढ घण्टाको समय सौचालयमा विताउथे त्यस्तै नेपालकै कुरा गर्ने हो भने गणेशमान िसंह शौचालयमा गई केहि सिर्जना गर्थे । सौचालय कति आवस्यक छ भन्ने कुरा यसबाट थाहा हुन्छ । शैचालय सम्वन्धि विभिन्न सम्मेलन हुन्छन् हालसालै भारतको दिल्लीमा शौचालयको सम्मेलन भयो तत्पश्चात काठमाण्डौका अस्तब्यस्त शैचालयको वारेमा कान्छिपुर दैनिक मार्फत पढ्न पाइयो । यो समस्या शहरको मात्रै होइन गाउँघरका शौचालयको अवस्था काठमाण्डौका शौचालयको भन्दा पनि दयनिय छ । बैतडीमा स्कुल जस्ता शैक्षिक क्षेत्र सौचालय विहिन छन् भने अन्य सार्वजानिक ठाउँको अवस्था कस्तो होला त्यहाँका जनताको घरको स्थिति कस्तो होला सौचालय नहुदा सबैले जथाभावी दिशापिशाप गर्नाले सवैलाई नकारात्मक असर परिरहेको छ । झडापखाला आँउ हैजा टाइफाइड र मलेरीयाजस्ता रोग फैलिएका छन् । शौचालय नहुदा हामी असभ्य ठहरीएका छौ बैतडीमा शौचालय नहुँदाको समस्याप्रति राज्यको ध्यानकार्षण गराउन चाहन्छु सार्वजनीक घरघरमा शौचालय र पानीकोव्ालाई दिए राम्रो हुन्थ्यो यो समस्याप्रति राज्य र विभिन्न संघसस्थाले ध्यान दिने हो कि

जात नमिल्दा …॥

ूहे भगवान १० बर्ष अगाडी देखी तेरो पुजा गर्दै आएकि छु । तैले मेरो मागेको सबैथोक पुरा गरेको छस् तर एउटा कुरा म कदापी चाहन्थिन त्यो किन मलाई दिइस् म तलाई भन्दै आएकी थिए कि भगवान ! मेरो कुनै केटा संग लभ नपरोस् म आफ्नो पढाई पुरा गरुँ आफ्नो खुट्टामा उभिउँ अनि मेरो घरमा मेरो हात माग्न कोहि आओस् भनेर माग्ने गर्थे मेरो इच्छा विपरीत तैले किन गरिस् ू यी कुरा मैले भनेको होइन दुई बर्ष अगाडी आर आर क्याम्पस वी।ए। तृतीय बर्षमा अध्ययनरत एकजना दिदीले भनेकी थिइन् । चट्ट जिउडाल मिलेकी मीठो स्वभावकी उनी २०६२÷१०÷०१ गते पशुपति मन्दिरमा आफ्नो टाउको ठोक्दै भगवानलाई गाली गरीरहेकी थिइन् केहि समय उनका आस्चर्यजनक कि्रयाकलाप हेर्न सिमीत थिएं म तर उनीअति नै रुन कराउन थाले पछि मन भरि आँट बटुल्दै उनको छेउमा गएर सोधेकी थिए- ूदिदी तपाईलाई के भयो किन यसरी ………… मात्रै के भनेकी थिए उनी मलाई अंगालो मार्दै रोएकी थिइन् । अपरिचित त्यो पनि म भन्दा ठूली युवतीले एक्कासी अंगालो मार्दा अलि अप्ठयारो महसुस गरेकी थिएं । जे भएपनि वास्तविकता थाहा पाउनु जरुरी ठानेर उनलाई ब्यागबाट पानी झिकेर पानी पिउन दिएकी थिए केहिवेरपछि उनले सबै कुरा मलाई भनेकी थिइन् । मिनभवन क्याम्पस एम।वि। एस। प्रथम बर्षमा अध्ययनरत मगर जातको केटालाई मनपराउने रहिछन् उनी । आफुभन्दा माथिल्लो कक्षामा पढ्ने केटा भएको हुनाले मन पराउने कुरा भन्न नसकेकी रहिछन् । उतातिर केटाले पनि यिनलाई असाध्यै मनपराउने रहेछ तर केटी ब्राह्मण जातकी भएकाले केटाले पनि भन्न नसकेको रहेछ । विस्तार विस्तारै यि दुईको भेट बाक्लो हुन थाले पछि केटीको घरमा यो कुरा थाहा पाएका रहेछन् । आमाबाबुले घरबाट अर्कै केटा खोजेछन् र छोरीलाई हामी भन्दा निचजातको केटासंग प्रेम गरिछस् त्यसलाई छोडीदे हामीले खोजेको केटासंग विहेगर भनेर समयसमयमा दवाब दिईरहेका रहेछन् । आफुले मन पराएको केटालाई छोडेर अर्काको रोजाइको केटाप्रति जिवन समर्पण गर्नुपर्ने डरले उनी मन्दिरमा भगवानलाई गाली गर्दै रोएकी रहीछन् । २०६२ सालको यो घटना त्यहि टुङगीएको थियो । प्रेमको घटनालाई लिएर रुँदै गरेकी एकजना अपरिचीत युवतीलाई पानी दिएर सान्त पारि मन्दिरमै छोडेर म केहि दुःख गुठो पारेर घरतीर फर्केकी थिए । तर अचम्म र खुसीको कुरा के छ भने यसपाली माघ १ गते मंगलबार विहान ७ः३० बजे पशुपति मन्दिरमा पुगकी थिए म । जुन युवतीलाई दुइ बर्ष अगाडी ठीक त्यसै दिन त्यहि समयमा रुदै गरेको अवस्थामा फेला पारेकी थिएँ त्यहि युवतीलाई त्यो दिन हेर्दाखेरी जिउडाल मिलेको होनहार युवकसीत भगवानको दर्शन गरिरहेका देखे साथै काखमा सानो बच्चा पनि । साहै्र हर्षित भएँ सोधीहाले - ूतपाई परार साल यहि मन्दिरमा रुदैू ………। उनले जवाफ फर्काइहालीन् । ूहो बैनी म त्यहि केटि हो । उहाँ मेरो श्रीमान जसलाई मन पराउथे त्यहि केटा उहाँ कसरी विहे भयो मैले प्रस्न गरे उनले तुरुन्त उत्तर फर्काइन ूमेरो घरमा विहेको दबाव आउन थालेपछि मैले उहासँंग विहेको प्रस्ताव राखे उहाले मेरो प्रस्ताव सहजै स्वीकार्नु भयो । उहाँको घरमा कुरा गर् यौं मेरो घरमा नमानेपनि उहाँको घरमा मान्नुभयो र हामी दुइटैको सहमती अनुसार पोहोर साल दशैमा भागेर पोखरा गयौ त्यहाको विन्दवासीनी मन्दिरमा बिहे गर् यौू । मैले फेरी सोधे-अनि तपाईको माइती घरमा के भयो उत्तर दिइन के हुनुनी हाम्रो विहेको कुरा थाहा पाएपछि केहि महिना गाली गरे फोन गरेर आमाबाबुले मलाई हातखुट्टा काट्ने मार्ने धम्की दिए माइतमा आउनै दिएनन् तर हामी दुईटैलाई यसपालीको दशंैमा घरमा बोलाएर टिकाटालो लगाई केहि दाइजो दिएर पठाए । अहिले सबै खुसी छन् । उहाँ बैकमा काम गर्नुहुन्छ म होटलमा । उनी निकै मख्ख थिइन हुस्दै मैले भने काखमा बोकेको चैं के नी बच्चालाई चुम्वन गर्दै हाम्रो प्रेमको चीनारी गुडीया उनले भनिन् । सांच्ची गुडीयाजस्तै थिइन ति नानी । ुउपहारु नाम राखेका रहेछन् नानीको । सफल दाम्पत्य जीवनको शुभकामना िदंदै म उहाँहरुबाट छुट्टीए ।२०६२ माघ १ गते र २०६४ माघ १ गतेको एकै जनाको घटनालाई झलझली सम्झदै यो लेख लेख्न हतारो गरेकी हुँ । जात नमिले पनि मनमिलेर विहे गरेर सफल दाम्पत्य जीवन बिताईरहेका एक दाम्पतिको उदारहण हो यो । तर यस्ता कयौं घटनाहरु छन् केटाकेटीको जात नमिलेर हजारौं विहे भाँडीएका छन् । केटा र केटीको मनमिले पनि उनीहरुको विहेको अगाडी पर्खाल बनेर आएको छ जात । कतिपयजात मिले नमिले पनि प्रेम गर्नेहरु भावनामा डुबेर उत्सुकता र उत्तेजनाले भरिएको दिमागलाई कन्ट्रोल गर्न नसकेर केहिछिनको आवेगमै आएर बिहेगर्ने निर्णय गर्छन् । र घरवाट बिहे गरिदिएनन् भने भागेर विहे गर्छन । यसरी भागेर विहे गर्दा केटा र केटीले परिवारवाट भाग्नेले गालीगलखानुपर्ने हुन्छ भने कतिपय आफुले मन पराएको संग विहे नहुँदा आत्महत्या गर्दछन् । आफ्ना भविस्यका सपना एकछिनमै खरानी बनाउछन् । त्यसैगरी जात नमिलेरै विहे नगरेका कयौं पागल भएका घटना पनि हामी सुन्दै र देख्दै आएका छौं । जसको कारण आफुसंग भएको संभावना र समाजलाई गर्ने योगदान चक्नाचुर परिरहेछन् भगवानले दिएको चम्कीलो अपहार ्रजीवनु अन्धकारमा डुवाइरहेछन् । जीवन निरश बनाईरहेछन् पढाई ओरालो लागाइरहेका छन् । घरबाट खोजेका जातमिल्ने केटा÷केटीसंग विहे गर्नुर्पभन्ने आमा बाबुको दवावले छिट्टै र भागेर विहे गर्ने प्रबृत्ती बढेको पाइन्छ । साथै केटा या केटीको घरमा मा कुरा राख्दा हाम्रो रोजाईकोकेटा÷केटी संग विहे गर्नुपर्छ भन्छन। अन्तरजातीय बिहे गरेर जाँदा समाजमा वदनामका पात्र वनाउछन आफ्ना छोरा÷छोरीहरुलाई पछि फेरी तिनै आमाबुवा बुहारी भित्र्याउने र ज्वाई स्वीकार्ने काम गर्छन् ।मैले आमाबाबुलाई दोष दिएको जस्तो लाग्ला तर मैले भन्न खोजेको यति मात्र हो कि जब कुनै केटा वा केटी सही तरीकाले आफ्नो अन्य कार्य सँगसँगै प्रेमलाई पनि अगाडी बढाईरहेका छन् भने किन उनीहरुको इच्छा विपरीत चल्ने यदि उनीहरु प्रेममा गलत बाटोमा हिडीरहेका छन भने वरु सम्झाउनुहोस् । आमाबाबुले भनेको नमान्ने छोराछोरी कोही पनि हुदैनन् । उनीहरुलाई आफ्नै खुट्टामा उभीनु पर्छ भन्ने मानसीकता उत्पन्न हुने वातावरण सृजना गरीदिनुहोस् । प्रेममा उचीत ब्यवस्थापन भएन भने उनीहरुको जीवन तनावपुर्ण हुनसक्छ फलस्वरुप उनीहरु कुनै कामगर्न सक्दैनन् ।उमेर नपुग्दै विवाहको लागी दवाव दिनुभन्दा आफ्ना छोरा÷छोरीलाई यक्तित्ब निर्माण गर्न दबाव दिनुहोस् । फलानाका छोरा÷छोरीले भागेर विहे गरे बाउ-आमाले बुहारी भित्र्याएनन् अर्थात ज्वाई स्वीकारेनन् भन्ने जस्ता नकारात्मक असरपर्ने खालका समाचार सार्बजनीक हुन नदिनु नै उचित होला । साथै हामी पनि आफ्नो भबिश्यलाई ध्यानमा राखी पहिला निर्माण गरौं । समाजबाट भागेर होइन समाजसँग मिलेर विहे गर् यौ भने समाजमा सकारात्मक असर पर्ने छ । समाजले हामीलाई घृणा होइन स्वागत गर्ने छ ।

रक्सीको कारण......॥

बैतडीका गतिविधिलाई नियालेर ति गतिविधिहरुलाई मेरो मष्तिष्कको तराजुमा जोखेर हेर्दा राम्रा पक्षको तौल कम र नराम्रा पक्षको तौल वढी हुन आउँछ । म यस लेखमा शिक्षकका केहि कुराहरु उल्लेख गर्दैछु । जुन शिक्षकको पेशा विपरित हो । मैले वाध्य भएर केही शिक्षकहरुका नराम्रा पक्षहरु उल्लेख गर्नुपरेको छ । ताकि आगामी दिनहरुमा यि घटनाहरु नदोहोरिउन । त्यसै गरि विद्यार्थी र अन्य वर्गका कुरापनि यो लेखमा उल्लेख गर्दैछु । भनिन्छ यदि डाक्टरको हातवाट उपचारका क्रममा भएको सानो गल्तिले एकजना÷दुई जनाको ज्यान जान सक्छ तर शिक्षकका हातवाट भएको गल्तिले अनगिन्ती मानिसहरुको ज्यान जानसक्छ । र_िक्स सेवन गरेर गाउँघरमा हल्लाखल्ला मच्चाएको कारण प्रहरीले केहि शिक्षकलाई प्रहरिको थुनामा राख्यो यो घटना बैतडीको कुनै एक ठाउँको हो । एक दुईचोटी भएको गल्तिलाई भुलमान्न सकिन्छ तर पटक पटक शिक्षकवाट यस्ता गल्तिहरु हुनुभनेको सवैको लागि अपाच्य कुरा हो । सर्वसाधारणहरुले र_िक्स सेवन गर्नु त यहाँको लागि सामान्य कुरा हो तर शिक्षकले र_िक्स सेवन गरि हल्लाखल्ला गरि समाजमा विकृति ल्याउनु शिक्षकवर्गको शुद्ध पेशामाथि नै दाग लाग्नु हो । शिक्षकका यस्ता प्रवृत्तिले विद्यार्थीमा नकारात्मक असर पर्न गएको छ । यस्ता शिक्षकहरुले विद्यार्थीलाई के शिक्षा देलान भनि सजिलै पत्ता लगाउन सकिन्छ । यि शिक्षकले पढाएका विद्यार्थी पनि के कम । र_िक्सको नशामा रिसिवि भएका मान्छेहरुलाई मार्नभनि भरेको काठे बन्दुक लिएर जान्छन त्यसै गरि साम्ाान्य मानेहरुलाई र_िक्सको प्रसंगमा जोडेर हेर्ने हो भने तिनिहरुको त कुरै वेग्लै छ । र_िक्स निशेधित क्षेत्र वनाउन गठन गरिएको र_िक्स नियन्त्रण टोलीका प्रमुखहरुले नै र_िक्स ओसारपसार र सेवन गरि हल्ला गर्ने गरेपछि र_िक्स नियन्त्रण होला भनेर कल्पना गर्नुपनि व्यर्थ हो । यसको नकारात्मक असर बालवालिका र महिला माथि परेको छ । वाटोमा एक्लै महिला हिडनु जस्तो वातावरण छैन घरभित्रकै कुरा गर्ने हो भने पनि महिलाहरु पिडित छन् । महिलाले जहिले पनि आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै निराहार ब्रत वस्छिन । आफ्नो बच्चाको लागि पेटमै हुदाखेरी चिल्लो पिरो चिसो खानेकुरा खाइनन् । के आमालाई त्यस्ता खानेकुरा खान मन लाग्दैन थियो होला त उसले बच्चा विरामी हुन्छ भनेर यस्ता खानेकुराहरु खाइनन् तर जब छोरा र श्रीमान दुवै र_िक्सको नशामा घरमा हल्ला गर्छन । तब आमा डराएर एक कुनामा काँप्दै बसेकि हुन्छिन। के यहि हो उसले आफ्नो श्रीमानको दिर्घायुको कामनाको लागि गरेको तपस्याको फल के यहि हो उसको छोराले खाएको दुधको मोल अव्यवस्थित तरिकाले र_िक्स सेवन स्वयमको स्वास्थ्यको लागि हानिकारक हुनु वा साथै यसले मानिस स्वयम र घरपरिवारका व्यक्तित्वमा इज्जतमा दाग लाग्छ । समाजमा विकृति फैलाउनुका साथै पारिवारिक वातावरण सधै तनावपूर्ण हुन्छ । त्यसैले समयमै होसु पुर् याई आफ्नो व्यक्तित्व र बालवालिकाको लागि साथै समाजका खातिर र_िक्स विकि्र वितरण र सेवन गर्न बन्द गरौं ।

राष्टिय साक्षरता अभियान कार्यक्रम २०६५ ले धेरै कुरा सिकायो

माघ १ गतेदेखि शुरु भएको राष्ट्रिय साक्षरता अभियानको कापि कलम समात्न नजान्ने यहाँका अधिकांश महिलाले आफ्नो बारेमा समान्य जानकारी लेख्न सिकेका छन् । साक्षरता कक्षामा सहभागि हुनुभन्दा अगाडी हात कांपेर बल्लतल्ल नामलेख्नेहरुलाई यो अभियानले खरर्र लेख्न र करर्र पढ्न सक्ने बनाएको छ । ५९ वर्षको उमेरमा जानकी भट्ट सिद्धपुर कापिकलम बोकि साक्षरता कक्षामा पढ्न जान्छिन । बृद्ध उमेरमा आफ्नो नाम लेख्न र अंक चिनेर सानोतिनो हिसाव गर्न जानेकोमा मख्ख छिन् । साक्षरता कक्षा दिनको २ घण्टा पढाउनुपर्ने नियम भएतापनि अशिक्षित र घरायसि काममा मात्र सिमित महिलाहरुलाई सामाजिक धारमा उभ्याउन दिनको ५÷६ घण्टा पढाउन पनि तयार छन् बैतडीका स्वयमसेवक । यहाँका निरक्षरहरुले यो साक्षरता अभियानवाट धेरै कुरा सिक्ने आशा गरेका छन् । साक्षरता कक्षाहरुमा पुरुषको सहभागिता फाट्टफुट्टमात्र देखिन्छ । आर्थिक अवस्था न्युन भएका र विभिन्न कारणवस औपचारिक शिक्षावाट विाचत १५ देखि २० वर्षसम्मका अविवाहित केटि पनि साक्षरता कक्षामा सहभागि छन् । आर्थिक अवस्था कमजोर भएका कारण पहिले पढ्न नसकेकी खिन्नु ढोली १५ गिरेगडा-६ पनि नियमित कक्षामा ूबच्चावेलामा आमालाई चोरेर स्कुल गए तर उहाँले म स्कुल गएको कुरा थाहापाउनुभएपछि मलाई मरणासन्न पिटनु भयो । उनले आँखावाट बरर्र आँशु झार्दै भनिन - अहिले पनि आमा वाबासंग दिल्ली जानुभाछ मैले नै पुरै घर सम्हालेकी छु ।ू खिन्नु भविश्यमा गएर केहि न केहि गर्ने प्रतिभा देखिन्थ्यो । उनि सवैभन्दा बढि जान्ने सहभागि भएको स्वयमसेवक जयन्ति लुहारले बताइन् । त्यसैगरी स-सना २ ओटा बच्चा बोकेर कल्पना साउँद २२ भुमिराज-३ पनि साक्षरता कक्षामा ठिक समयमा पुग्छिन । ूकिहंकतै बैठकमा जाँदा उपस्थितिमा औंठाछाप लगाउनुपथ्र्यो । पहिला पहिला मलाई साह्रै अप्ठेरो लाग्यो साक्षरता कक्षामा आउनथालेपछि नाम लेख्न सिकेकी छु अहिले मैले औंठाछाप लगाउनु बन्द गरिसकेकि छु ।ू कल्पना भन्छिन । घरको काम छिट्टै भ्याएर पढ्न जान्छिन लक्ष्मि कुँवर १६ कुवाकोट- ७ एसएलसी पास गर्ने धोको बोकेर पढ्न जान्छिन । उनले कक्षा ५ मा पढ्ने विद्यार्थीको जत्तिकै सिकिसकेकी छिन । अर्को वर्ष ५ कक्षाको परीक्षा दिई पछि नियमित स्कुल जाने योजना बनाएकि छिन् । यो साक्षरता अभियानबाट १५ देखि ४० वर्षसम्मका निरक्षरहरुले धेरै कुरा सिकिसकेको स्थानिय निरक्षकहरु वताउँछन् । यद्वपी कुनै कुनै कक्षाकेन्द्रहरुमा सहभागिहरु समयमा नआइदिने त्यसैगरी गा।वि।स। सचिवहरु गा।वि।स।नआउनाले फारमहरु भर्न गाह्रो भईहरेको पनि गुनासो स्वयमसेवकहरुको छ ।

एड्स भन्दा पनि ख्ातरनाक रोग भैसीहरुमा

वि।सं। २०५४ सालतिर बैतडी जिल्लको नागार्जुन र गिरेगाडा गा।वि।स। मा भैसीहरुमा देखा परेको खरि खोच्या रोग अहिले लगभग ३० ओटा गा।वि।स।मा फैलीएको छ । ग्वाल्लेक गिरेगडा नागाार्जुन रोडीदेवल आम्चौर पाजेश्वर कुलाउ शर्माली महाकाली उदयदेव विसालपुर मेलौली महारुद्र सलेना दुर्गास्थान दुर्गाभवानी गुरुखोंला लगायतका थुप्रै गा।वि।स।मा यो रोगको प्रकोप छ । यो रोगबाट विशेष गरेर गर्भवति भैसीहरु बढि संक्रमित छन् । यो रोग लागीसकेपछि भैसीका खुट्टा खिइएर धुलो निस्कने दिशा गर्न छोड्ने खुट्टा बाङगो हुने घुसं र पानी खान छोड्ने आखामा कचिरा देखापर्ने दुध मिठो नहुने पशु दुब्लाउदै जाने हुने ब्याउन नसक्ने जस्ता लषन् ।१० बर्ष देखी देखा परेको यो रोग मानीसमा लाग्ने एड्स रोग जस्तै सावित भएको छ । एड्स लागेपछि मान्छे ७÷८ बर्ष त बाच्छ एड्स भन्दा पनि बढि खतरनाक यो खरी रोग भैसीहरुमा लागे पछि २ बर्ष भन्दा बढि बाच्दैन ।खरि रोगका कारण बर्षेनी ३० देखी ४० ओटा सम्म भैसीको मुत्यु हुने गरेको छ ।ूगाउँहरुमा पशुसम्वन्धी कुनै सेवा साचालन नभएकाले भैसीहरुको मुत्युमा तीब्रता आएको बताउनुहुन्छ गिरेगडा निवासी धन बहादुर चन्दू माघ महिनादेखी असारसम्म यो रोगले भैसीहरुलाई बढि आक्रमण गर्दछ । यो समयमा भैसीहरुलाई एकदमै पिडा हुन्छ । यो रोग फैलीएको १० बर्ष बितीसक्दा सम्म पनि समस्या ज्युँका त्युँ छ । नागार्जुन गा।वि।स। निवासी भागिरथ पन्त भन्नु हुन्छ ू१ बर्षमा ३ ओटा भैसी खरि रोग बाट मरिसकेका छन् २५÷२५ हजार हालेर किनेका तिनओटै भैसीको मृत्यु भएपछि १५ हजारमा अर्को भैसी त्याएको छु यसमा पनि २ महिनादेखी त्यहि रोगका लषन देखा पर्न थालेका छन ।ू औषधी पनि धेरै गरिसके औषधीले कुनै असर नगरेको उहा अगाडी थप्नुहुन्छ । त्यसैगरि सोहि गा।वि।स। का मणिराम पन्तको पीडा पनि कम्ति छैन उहाँ रुदै आफ्नो दखेसो पोख्नुहुन्छ ूभैसीको दुध र घ्यु बेचेर नुनतेल किन्थे भैसीहरुमा खरिरोग लागेपछि पैसा आउनु त टाढाको कुरा हो बदलामा छ ओटा भैसीमरेपछि ठुलो धनरासी नष्ट भएको छ भैसी किन्दा किन्दा थाकीसकेको छु अब किन्दीन ।ूसदरमुकामदेखी टाढा रहेका थी गा।वि।स।हरुमा बाटोधाटो पनि राम्रो छैन घास काट्न भिरपाखामा जानुपर्छ । जसोतसो गरी पालनपोषण गरिएका भैसीहरुमा यो रोगले आक्रमण गरेपछि किसानहरु मर्कामा परेका छन् । आर्थीक स्थिती न्यन भएका यहाँका किसानहरु भैसीलाई यो रोगले सताउदा कुनै पनि काम गर्न जागरै नलाग्ने बताउछन् ।एक बर्षसम्म हरियो घाँस र अन्नै अन्नमा बच्चाजस्तै पालन पोषण गरेर पालेको भैसी खरी रोगले ग्रसीत हुदा ब्याउन नसकेर मरे पछि बदुरकोट निवासी सेतु देवी चन्द रुदै भन्नुहुन्छ ूयो भैसी २५ हजारमा ल्याएकी थिए केहि खान नपाई भैसीको मृत्यु भयो यसको मृत्युले मलाई स्तम्ध पारेको छ ।ू हुन पनि हो जसरी शिषकले बर्षभरि आफ्नो विद्यार्थीहरुलाई पढाएको हुन्छ यदि अन्तीम परिषामा फेलभए भने बर्षभरीको मेहनत खेर गएको शि गर्छन त्यसैगरि आम्दानीको अन्य कुनै स्रोत नभएका ग्रामीण समुदायका किसानहरुको निम्ती भैसीहरुमा हालेको लगानी डुब्नु पनि भाग्य नै खोसीए सरह हुन्छ ।यो रोगले भैसी नै निर्मुल हुने सम्भावन निम्त्याएको बताउनुहुन्छ पाचेस्वर गावीसका यज्ञराज भट्ट । यहाँका गाउँहरुमा स्वास्थ्यचौकी मात्र छन् । जहाँ स्वास्थ्यकर्मी मनपरीले स्वास्थ्यचौकी आउछन् भने पशुसेवाका लागी कदम चाल्नु टाढाको कुरा हो । यो रोग फैलीएको १० बर्ष वितिसक्दा पनि सम्वन्धित निकायले वेवास्था गरेको छ । बसे्रनी एक डेढलाखको पुँजी खेर गईरईरहेको छ ।यि किसानहरुको पिडामाथी कसैको ध्यान गएको छैन । आजै देखी यो रोग प्रति सम्वन्धित निकायले खोजगरि लागे भने पिडीत किसानहरुमा गुमेको खुसी फर्कन सक्छ लाखौको धनरासी बचत हुनसक्छ मेरो यो लेखमाथी पशुस्वास्थ्यसेवा विभागको आँखा परोस् ।गीता चन्दगिरेगडा-७ बदुरकोट बैतडी