पानी माग्न असीम
गीता चन्द
बैतडी
बैतडी जिल्लामा पानी नपरेपछि पानी माग्न गिरेगडा गाविस जेवलकटियाका वासिन्दा जितराठ असीम जान्छन्। बाजागाजा र ध्वजापतंगाका साथ ब्राह्मणलाई लगि मन्दिरमा पूजापाठ गरेपछि पानी पर्ने मान्यता छ।
असीम बैतडी जिल्लाको सुर्काल भन्ने ठाउमा पर्दछ। यहा पुग्न जेवलकटियादेखि छ घण्टा लाग्छ। यो ठाउमा पानी माग्न अरु पनि जान्छन् तर अरु जादा पानी नपर्ने र जितराठ गएर पुजापाठ गर्दा पानी पर्ने यहाका बासिन्दाको ठम्याई छ। ँगहु छरेपछि पानी परेनजितराठ असीमगई मागेपछि पानी पथ्र्यो यसपालि उनिहरुको जुठो परेका कारण उनिहरु गएनन् अरु पानी माग्न गए तर पानी परेनरोडीदेवल निवासी वसन्तीले भनिन्’त्यसैले खडेरीले गह नष्ट भएको हो।
मकै लगाउन पानी नपरेपछि यसै बैसाक १५ गते जितराठ असिम गएका थिए। पानी नपर्दासम्म घर नजाने संकल्पका साथ पुजापाठ गर्दै ३ दिनसम्म मन्दिरमा बसे। चौथो दिन झिस्मीसेमै पानी परेपछि उनिहरु घर फर्केका थिए। मकै लगाउन पानी त परयोदुर्भाग्य अहिले सम्म पानी पर्न बन्द नभएपछि मकैखेती पनि बिग्रने चिन्ताले यहाका बासिन्दाहरुलाई पिरोलेको छ।
Thursday, June 4
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment